त्यो जहाजका यात्रुलाई अर्को जहाज व्यवस्था गरेर उडाउनु परेको छ । झट्ट सुन्दा विश्वास नलागे पनि घटना भने सत्य हो । मुसाले उड्न लागेको जहाज रोक्यो भन्ने कुरा कसैले पत्याउला ? कसरी पत्याउनु । मुसाले के गरेर जहाज रोक्न सक्छ ? कसैले पनि हत्तपत्त अनुमान लगाउन सक्दैन । तर, अस्टे्रलियाको सिड्नीमा उड्न लागेको एउटा जहाज मुसाले गर्दा रोकिनु पर्यो । त्यति मात्र होइन, त्यो जहाजका यात्रुलाई अर्को जहाज व्यवस्था गरेर उडाउनु परेको छ । झट्ट सुन्दा विश्वास नलागे पनि घटना भने सत्य हो । सिड्नीबाट बि्रस्बेन उड्न लागेको एउटा जहाजको इमरजेन्सी मेडिकल इक्विपमेन्टमा चारवटा मुसा भेटिए । उड्नै लागेको जहाजको कर्मचारी क्याबिनमा मुसा भेटिएपछि त्यहाँ हल्लीखल्ली मच्चियो । तर पनि जहाज उडाउन लागिएको थियो । यात्रीहरूले मुुसाले जहाजको कुनै तार काटेको त छैन ? भनेर आशंका गरे । जहाजका कर्मचारीले मुसाले तार काट्न नसक्ने दाबी गरे पनि यात्रुहरू मानेनन् । जसले गर्दा उनीहरूलाई झारेर जहाजको पूर्णरूपमा निरीक्षण गर्नुपर्यो । निर्धारित समयमै गन्तव्यमा पुग्न आतुर यात्रुहरूले आफूलाई अर्काे जहाजमा पठाउनुपर्ने माग राखे । एयरलाइन्सले उनीहरूलाई तत्कालै अर्को जहाज व्यवस्था गरेर उडायो । कर्मचारीहरूले जहाजबाट मुसा निकाले । अनि जहाजका तारहरूको चेक गराए । एयरलाइन्सले जहाजभित्र मुसा कसरी छिरे भन्ने कुराको अनुसन्धान गरिरहेको बताएको छ । मुसाले गर्दा उडान रद्द गर्नुपर्दा सम्बन्धित प्राविधिक तथा कर्मचारीहरू चकित परेका छन् । - एजेन्सीको सहयोगमा
nayapatrika
0 commentaires