सुकुम्बासीका ९१ घर-टहरामा जबर्जस्ती आगो लगाइयो

सागरनाथ वन विकास परियोजनाअन्तर्गत कर्मैया- ८ मा बनाइएका ९१ वटा सुकुम्बासीका घर-टहरा शुक्रबार भत्काइएको हो   
सर्लाही, २२  जेठ  सार्वजनिक जग्गा अतिक्रमण गरिएको भन्दै सुकुम्बासी परिवारका ९१ घर-टहरा भत्काइएका छन् । वनरक्षक, इलाका वन कार्यालय मूर्तियाका वनरक्षक र सशस्त्र  तथा जनपद प्रहरीको संयुक्त टोलीले घर-टहराभित्र राखिएको सुकुम्बासीका सरसामानसमेत निकाल्न नदिई बस्तीम्ाा आगो लगाएपछि सुकुम्बासीको बिचल्ली भएको छ ।  सागरनाथ वन विकास परियोजनाअन्तर्गत कर्मैया- ८ मा बनाइएका ९१ वटा सुकुम्बासीका घर-टहरा शुक्रबार भत्काइएको हो । परियोजना कार्यालयका वनरक्षक, इलाका वन कार्यालय मूर्तियाका वनरक्षक र सशस्त्र  तथा जनपद प्रहरीको संयुक्त टोलीले आगो लगाएर घर-टहरा नष्ट गरेको हो । प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले वन क्षेत्रमा बनाइएका ९१ वटा घर-टहरा नष्ट गरिएको बताए । वन अधिकृत रामसागर यादवले परियोजना क्षेत्रका २७ सय हेक्टर जमिन कब्जा गर्ने उद्देश्यले जथाभावी घर-टहरा बनाइएकाले नष्ट गरिएको दाबी गरे ।   सुकुम्बासीले भने घरभित्रको सरसामानसमेत निकाल्न नदिई आगो लगाएर घर-टहरा नष्ट गरेको गुनासो गरे ।  घटनाको भूमिअधिकारवादी विभिन्न संघसंगठनले विरोध जनाएका छन् । भू-हक मूल संघर्ष समिति, अखिल नेपाल सुकुम्बासी संघ र भूमिअधिकार मञ्च सर्लाहीले सुकुम्बासीको खाने, बस्ने अधिकारको हनन भएको भन्दै आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

nayapatrika 
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login