आफूलाई पत्रकार बताउने व्यक्तिले भारतीय राष्ट्रिय कङ्ग्रेस पार्टीका महासचिव एवं प्रवक्ता जनार्दन द्विवेदीमाथि जुत्ता प्रहारको प्रयास गरेका छन् । रामदेव प्रकरणका विषयमा जानकारी दिन पार्टी मुख्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा राजस्थानको नव सञ्चार पत्रिकाका सम्पादक बताउने सुनिल कुमारले द्विवेदीमाथि जुत्ता प्रहारको प्रयास गरेका हुन् । उनी द्विवेदीलाई प्रश्न सोध्ने बाहनामा नजिकसम्म पुगेका थिए । जुत्ता प्रहार गर्न प्रयास गर्ने सुनिल कुमारलाई पत्रकार सम्मेलनमा उपस्थित कङ्ग्रेस कार्यकर्ता र सुरक्षाकर्मीले कुटेका छन् । दिल्ली प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । महासचिव द्विवेदीले आफूमाथि जुत्ता प्रहार प्रयासको घटनालाई ुपूर्व नियोजितु भनी टिप्पणी गरेका छन् ।
janakpurtoday
0 commentaires