मलंगवा, ।विगत एघार दिनदेखि र्सलाहीको सम्पूण स्वास्थ्य चौकी वन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । एघार दिन अघि र्सलाहीको गौरीशंकर उपस्वास्थ्य चौकीमा कार्यरत सिअहेव रामकृपाल महतोको महोत्तरीमा मोटर साइकल दुर्घटनामा परी मृत्यु भएको विरोधमा र्सलाहीका स्वास्थ्य सेवामा कार्यरत कर्मचारीले विविध माग राखि संयुक्त संर्घष समिति गठन गर्दै जिल्लाका सम्पूण स्वास्थ्य चौकी वन्द गराउदै आएका हुन । संयुक्त संर्घष समितिको वैठक सोमबार विहान वसी घटनाका विषयमा उच्च छानवीन आयोग गठन गर्नुपर्ने, मृतकलाई सहिद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपुर्ति दिनुपर्ने र मृतकका एक सदसियलाई रोजगारीको व्यवस्था गर्नुपर्ने जस्ता मागराख्दै सरकारलाई ४८ घण्टे अल्टिमेटम दिएको छ । ४८ टण्टा भित्र पनि आफना माग पुरा नभए र्सलाही, महोत्तरी र धनुषा समेतको सवै स्वास्थ्य सेवा केन्द्रहरु वन्द गराउने संयुक्त संर्घष समितिका संयोजक राम रुप रायले जानकारी दिनुभयो । घटनाका विषयमा गृहमन्त्रालय, स्वास्थ्य मंत्रलय र स्वास्थ्य विभागलाई जानकारी गर्राई सके पनि यस विषयमा कुनै सुनुवाई नभएकोले ४८ घण्टे अल्टिमेटम तथा भोलि महोत्तरीको वर्दिवासमा आउनुहुने स्वास्थ्य मंन्त्री शक्ति वस्नेतलाई ज्ञापन पत्र वुझाउने लगाएतको विषयमा आज संर्घष समितिले एक प्रेश विज्ञप्ती र्सार्वजनिक गरेको छ । यसरी स्वास्थ्य केन्द्र वन्दका कारण जिल्ला जनस्वास्थ्य केन्द्रमा उपस्वास्थ चौकीहरुमा औषधी लान नपाएर औषधी थन्कीएर वसेको त छदैछ, भने बढ्दो गर्मीका कारण लाग्ने झाडा पखाला, आँउ जस्ता सरुवाको रोगको उपचार नपाई जिल्लाका विरामीहरु अन्यत्र स्थानमा जान वाध्य भएका छन ।
janakpurtoday
0 commentaires