काठमाडौं, १० जेठ : माओवादीको शालिकराज जम्मरकट्टेल पक्षका मजदुर नेता कल्पदीप राईले सोमबार साँझ क्यासिनो अन्नाका मजदुर नेता अर्जुन धमलामाथि आक्रमण गरेका छन् । ज्ञानुमान ढंगोलमाथि आक्रमण गरेको आरोपमा पक्राउ परि धरौटीमा रिहा भएको भोलीपल्ट राईले क्यासिनो परिसरमा धमलालाई मोटरसाइकलले हानेका हुन् । मोटरसाइलकले हानेपछि धमला ढलेका थिए । त्यसपछि राईले छुरी देखाउँदै ‘तँ जस्ता दुई चार जनालाई नसिध्याई छाड्दिन’ भन्ने धम्क्याएको एक मजदुरले बताए । माओवादी मजदुर पछिल्लो समयमा तीन गुटमा विभाजित भएका छन् । अध्यक्ष प्रचण्ड निकटका जम्मरकट्टेल समूहले उपाध्यक्षद्वय मोहन बैद्य किरण र डा. बाबुराम भट्टराई निकटका मजदुर नेता तथा कार्यकतामाथि आक्रमण गर्दै आएका छन् ।
via mechikali
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!