भारतीयलाई नागरिकता सिफारिस गर्ने पक्राउ, रिहाइका लागि आन्दोलन

सुनसरी जिल्लाका सम्पूर्ण सरकारी कार्यालय बन्द- 
अमर खड्का, इटहरी, जेठ ९- भारतीय नागरिक जागिर मियाँलाई नागरिकताको सिफारिस गरेकोमा प्रहरीले पक्राउ गरेकालाई रिहा गर्नुपर्ने माग राख्दै विभिन्न कर्मचारी संगठनहरुले आज सुनसरी जिल्लाभरका सम्पूर्ण सरकारी कार्यालय बन्द गराएका छन्।      बिहीबार भारत अररिया जिल्लाका मियाँले नेपाली नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीमा निवेदन पेश गरेका थिए। छानबिनका क्रममा उनी भारतीय भएको र गैरकानुनी रुपमा नेपाली नागरिकताका लागि प्रयास गरेको फेला परेपछि नागरिकताका लागि सिफारिस गर्ने सुनसरी जल्पापुरका गाविस सचिव भुपाल श्रेष्ठ र कर्मचारी प्रकाश फुयाँललाई प्रहरीले पक्राउ गरेको थियो। श्रेष्ठ र फुयाँललाई तत्काल रिहाई गर्न माग राखेर कर्मचारी संगठनहरुले संयुक्त रुपमा सरकारी कार्यालय बन्दको कार्यक्रम राखेका हुन्। गाविस सचिवले आइतबार जिल्लाका ४९ वटै गाविसको काम ठप्प पारेका थिए। गाविस हकहित संरक्षण मञ्चका पूर्व केन्द्रीय सदस्य मणिराज पोखरेलले सचिव श्रेष्ठ र कर्मचारी फुयाँललाई नछाडेसम्म सरकारी कार्यालय अनिश्चितकालीन बन्द जारी राख्‍ने बताए।


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login