सशस्त्र समूहको दबाबमा कर्मचारी नियुक्तिको खुलासा


नेपालगन्ज, जेष्ठ १० -  तराईका पृथकतावादी सशस्त्र समूहले दबाब दिएर नेपालगन्जका विभिन्न निजी तथा सरकारी कार्यालयहरूमा आफ्ना कार्यकर्ता नियुक्त गराएको थाहा भएको छ ।
जनतान्त्रिक तराई मधेस मुक्ति पार्टी (भगतसिंह) को दबाबमा मेडिकल कलेजको नर्सिङहोम र नेपालगन्ज नगरपालिकाले उनीहरूलाई नियुक्त गरेको हो । जबर्जस्ती चन्दा उठाएर सशस्त्र समूहलाई पुर्‍याउने नर्सिङहोमका सुपरभाइजर मनोज शर्मा र नगरपालिकाका सहयोगी राजेन्द्रसिंह सोडीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरू दुवै भगत सिंहका छिमेकी हुन् । उनीहरूले ६ महिनादेखि नगरभित्र चन्दा आतंक फैलाएको प्रहरीको दाबी छ । 'दर्जनौं गुनासा प्रहरीकहाँ आएका छन्,' प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले भने, '२ लाखदेखि ५ लाखसम्म माग्ने गरेको पाइयो ।'
नर्सिङहोमकै कर्मचारी सञ्जय रोकाको नामबाट झिकेको ९७२८१७७७२६ नम्बरको यूटीएल मोबाइलबाट शर्माले नेपालगन्जमा उद्योगी-व्यवसायी, चिकित्सक र वकिलबाट चन्दा मागेका थिए । रोकाले मोटरसाइकलको लाइसेन्स बनाउन दिएको नागरिकताको फोटोकपी दुरुपयोग गरेर शर्माले सिम झिकेका थिए । उनले झिकेर सशस्त्र समूहकहाँ पुर्‍याएका आठ थान फोनहरू प्रहरीले काटेको छ । 'शर्मा नगरभित्रका सम्पूर्ण गतिविधि र सूचनाहरू भगत सिंहकहाँ पुर्‍याउने व्यक्ति भएको पत्ता लागेको छ,' घिमिरेले भने । अभियुक्तहरूले प्रहरी गतिविधि बढेका बेला निष्त्रिmय रहने र केही सामान्य अवस्थामा सक्रिय भई चन्दा आतंक फैलाएको उनले बताए ।
नगरभित्र सशस्त्र समूहको चन्दा आतंक बढेको गुनासो आएपछि प्रहरीको विशेष अपरेसन टोलीले अनुसन्धान गरी शर्मा र सोडीको संलग्नता पत्ता लगाएको हो । उनीहरूविरुद्ध अपहरण उद्योगसम्बन्धी मुद्दा चलाइएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए । प्रहरीले सशस्त्र समूहको आग्रहमा कर्मचारी नियुक्त गर्ने नर्सिङहोम र नगरपालिकाका अधिकारीहरूको पनि बयान लिने उल्लेख गर्दै उनले भने, 'आपराधिक समूहलाई सघाउने जोकोहीमाथि कारबाही हुन्छ ।'
मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनौडियाले भने शर्माको सशस्त्र समूहसँगको सम्बन्धबारे आफू अनभिज्ञ रहेको बताए ।
प्रहरीले गरेको सोधपुछमा उनले सशस्त्र समूहको दबाबले भन्दा काममा अनुभवी भएर नियुक्त गरेको दाबी गरेका छन् । प्रहरी अधिकृतसँग नर्सिङहोमको सुरक्षाकै लागि भूमिगत समूहको आग्रह मानेको उनले स्वीकार गरेेको प्रहरी स्रोतले बतायो । 
सशस्त्र समूहका अध्यक्ष सिंहले कान्तिपुरलाई फोन गरी पक्राउ दुवैजना आफ्नो चिनजानका व्यक्ति भएका तर आफ्ना कार्यकर्ता नभएको दाबी गरे । प्रहरीले आफूसँग चिनजान भएका र परिवारका सदस्यमाथि पनि ज्यादती गरेको आरोप लगाउँदै उनले भने, 'मेरो रिस आफन्तलाई फेर्नु मानव अधिकारको
उल्लंघन हो ।'

via  ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login