फोरम गणतान्त्रिकका सभासद् रातारात धुलिखेलतिर


सवैका मोवाइल 'स्वीच अफ'

१० जेठ, काठमाण्डौ । मधेसी जनाधिकार फोरमबाट छुटेर मधेसी जनाधिकार फोरम गणतान्त्रिक खोलेका नेता जेपी गुप्ताले आफ्नो पक्षमा हस्ताक्षर गर्ने सभासद्लाई रातारात धुलिखेल पुर्‍याएका छन् ।
आफ्नो पक्षमा हस्ताक्षर गरेपनि फोरमको संस्थापन पक्षमै र्फकन सक्ने सम्भावना रहेकाले उनीहरुलाई काठमाण्डौं बाहिर लगेर राखिएको बताइएको छ । सोमबार साँझ एउटै गाडीमा राखेर धुलिखेल पुर्‍याइएका फोरम गणतान्त्रिकका सबै सभासद्लाई एक रिसोर्टमा राखिएको बिश्वस्त सूत्रले जनाएको छ ।
गुप्ताका पक्षमा हस्ताक्षर गर्ने कतिपयको नक्कली हस्ताक्षर भएको र उनीहरु आफ्नै पक्षमा रहेको फोरमको संस्थापन पक्षले दावी गरेको छ । मन्त्री नबनेको झोंकमा गुप्तातिर लागेका सभासद्हरु मन्त्रीको आश्वासन पाए पुनः संस्थापन पक्षतिर फर्किनसक्ने देखिएपछि गुप्ताले उनीहरुलाई काठमाण्डौं बाहिर लगेर राखेका हुन् ।
यो समाचार तयार पार्दासम्म फोरम गणतान्त्रिकका सवै सभासद्को फोन अफ छ । अध्यक्ष गुप्तासहित सवै सभासद् अहिले धुलिखेल रिसोर्टमा रहेको बताइएको छ । गुप्ता आजै ४ बजे फर्किएर निर्वाचन आयोगमा जाने तयारीमा रहेको बताइएको छ ।

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login