लेखक किशोर नेपाल |
काठमाडौं क्षेत्रको सांस्कृतिक तथा भौगोलिक पक्षलाई एउटा महिलाको जीवनसँग जोडेर कलात्मक चित्रण गरिएकाले एउटा पाठकको हिसाबले यो उपन्यास पढ्ने सल्लाह म दिन्छु । लामो समयसम्म पत्रकारितामा लागेका र आफ्नो स्थान स्थापित गरिसकेका किशोर नेपालको साहित्यिक लेखन पनि पुरानो हो । लामो समयको अन्तरालपछि उनी भर्खरै दोस्रो उपन्यास पाताल लिएर साहित्यमा देखा परेका छन् । पत्रकारितामा राम्रो स्थान ओगटेका नेपालको साहित्यप्रतिको झुकाव तथा लेखन शिल्प केही पाठकले त भुलिसकेका पनि थिए होलान् । यस अर्थमा नेपाली साहित्यमा यस नयाँ उपन्यासले प्रवेश पाउनु र नेपालले आफ्नो लेखन यात्रालाई पुनः सक्रिय बनाउनु महत्त्वपूर्ण मान्न सकिन्छ । त्यसो त उनका निबन्धहरू साहित्यमा रुचाइएका निबन्धहरूमा पर्छन् । उनले यस उपन्यासमा दमयन्ती नामकी महिलालाई मुख्य पात्र बनाएर उसको शारीरिक चित्रण गर्दै मनोविश्लेषणात्मक रूपमा काठमाडौंको सेरोफेरोको कथालाई र परिवर्तन हुँदै गएको नेपाली समाजको चित्रण गरेका छन् । उपन्यास दमयन्ती, उसको परिवार र ऊ बसेको सेरोफेरोमा घुमेको छ । काठमाडौं अहिलेको स्वरूपमा आउनुभन्दा केही दशकअगाडिको चित्रण गरिएको उपन्यासमा थोरै त्यहाँको तत्कालीन चालचलन, संस्कृति तथा बनावट र रहनसहनका कुरालाई जोडिएको छ । यी सबै कुराहरू थ्ाोरै मात्र चित्रण गरिएकाले उपन्यासलाई पूर्णतः आञ्चलिक भन्न पनि सकिँदैन । त्यसो त उपन्यासमा चित्रण गरिएको काठमाडौंको काठ क्षेत्रको भाषा तथा अन्य स्थानीय पहिचानको विषय भने उठेको नै छैन । पुरुष भएर मुख्य पात्र महिलाको मनोविज्ञान तथा अन्य शारीरिक हाउभाउको चित्रण गर्न नेपाल सफल भएका छन् । तैपनि उनका चित्रणहरू पढ्दा-पढ्दै अधुरा लाग्छन् । विशेषगरी महिलाको यौन मानसिकता तथा शारीरिक सम्बन्धलाई नै चित्रण गरिएको यस उपन्यासमा दमयन्तीलाई असहज किसिममा यौनकुण्ठाले ग्रस्त भएको पात्रका रूपमा देखाउन खोजिएको छ । तर, आधुनिकतालाई थोरै जोडेर त्यसबाट आवश्यकताभन्दा पनि बढी व्याख्या र पात्रहरूलाई भगाउने गरिएको छ । यस अर्थमा उपन्यासमा चयन गरिएको मुख्य पात्रमाथि तथा अन्य पात्रहरूमाथि आवश्यक न्याय नगरिएको भान हुन्छ । दमयन्ती उसको बुढेसकालमा उसका बाल्यकाल, युवावस्था तथा उसको विवाहपछि एउटा महिलामा भएका आफ्ना परिवर्तनलाई भन्दै जान्छे । कयौँ ठाउँमा उसका भनाइहरू पत्यार गर्न सकिए पनि धेरै ठाउँमा बल गरेर उसका सम्झनाहरूलाई लम्ब्याइएको भान हुन्छ । उपन्यासको चरित्रगत चयन तथा विषयवस्तुमा प्रस्ट रूपमा नेपाल पसेका छन्, तर उनले क्रमिकतामा भने खासै ध्यान दिएका छैनन् । दमयन्तीले पहिला आफ्नो बाल्यकाल तथा स्कुलेजीवन घरको परिवेश सबै भनिसकेर मात्र घरमा उनको दिदी र दाइ भएको प्रसंग निकाल्छे । के उसको जीवनको बालअवस्थामा तथा स्कुलेजीवनमा नै पनि उनीहरूको केही भूमिका थिएन ? अचानक दाइ र दिदी भएको प्रसंगले प्रवेश पाउनुजस्ता केही घटनाले उपन्यास पढ्दै जाँदा उपन्यासलाई अति नाटकीय बनाइएको आभाष हुन्छ । आख्यानको पहिलो चरणमा दमयन्ती एउटा गाउँकी सहर नडुलेकी र पढ्न पनि ढिलो पठाइएकी पात्रको रूपमा उभ्याइएकी छे, तर त्यही समय उसको मनमा खेल्ने कुराहरू भने उच्च शिक्षा हासिल गरिसकेकी एउटा महिलाको जस्तो बनाइएको छ । यसले उपन्यासमा सहजता प्रकट गर्दैन र वाक्य तथा कथावस्तु लम्ब्याउनका लागि बढी बल गरेको पाइन्छ । तर, त्यही दमयन्तीमा छोटो समयमा आएको परिवर्तन, उसको विचार र परिवारमा उसलाई विश्वासपात्रका रूपमा हेर्न थालिएका घटनाले आख्यानलाई सजीवता प्रदान गरेका छन् । बालसुलभ चरित्रहरू सूक्ष्म रूपमा चित्रण नगरिए पनि नेपालले विभिन्न दायरा भने ओगट्न सफल भएका छन् । केही समयदेखि नेपाली आख्यानमा प्रयोग गर्न थालिएको एउटै विषयको लम्ब्याइ मात्रै भने यसमा छैन । समाजमा तथा एउटा व्यक्तिको जीवन विकासक्रममा आउने धेरैभन्दा धेरै विषय र परिवेश यस उपन्यासमा प्रवेश पराइएको छ । नेपालले उपन्यासमा वर्णन गरेको यो सहर परिवर्तन भएको स्थिति भने अत्यन्तै मार्मिक तथा वास्तविकतासँग नजिकाइएको छ । यस्ता केही पक्षहरूले उपन्यास सुरु गरिसकेपछि एउटा पाठक त्यसलाई पढ्न आतुर देखिन्छ । त्यसो त नेपाली आख्यानमा पछिल्लो समय लेख्न थालिएको परम्परको भंग गर्न नेपाल सफल भएका छन् । कथामा नेपालले अनावश्यक रूपमा बिम्ब तथा प्रतीकहरूको प्रयोग नगर्नुले उपन्यासको पढाइमा त्यति झन्झट भने मान्नुपर्दैन । अनावश्यक रूपमा पहिलो चरणमा छोरीसँग दमयन्तीले अंग्रेजी शब्दहरूको प्रयोग गरेकी छे जुन उसको बोलीचालीमा अन्य कुनै पनि ठाउँमा देखिँदैन । एउटा छोरी र छोरा जन्माएकी दमयन्ती पाँच वर्षको वैवाहिक जीवनपछि विधवा भएकी छ, तर उसले आफ्नो छोराको प्रसंग भने कुनै पनि ठाउँमा निकालेकी छैन । केही मात्रामा आधुनिक बन्न थालेका महिलाहरूले के आफ्ना सन्तानको कुरा गर्न छुटाउलान् र ? व्यावसायिक सफलतापश्चात विदेशयात्रा जाँदा आफ्नै श्रीमान्को सहयात्रीसँगको शारीरिक संसर्गले गर्दा आफू पाताल प्रवेश गरेको आभाष गर्नेगरी दमयन्तीलाई उभ्याइएको छ । परन्तु उसको पृष्ठभूमिले त्यती सहजै उसलाई पाताल प्रवेशको आभास हुनु स्वाभाविक लाग्दैन । यसले गर्दा उपन्यासको कथा छोट्याउन तथा बिट मार्नका लागि लेखक आत्तिएका हुन् कि भन्ने लाग्छ । उपन्यासमा आएका अन्य पात्रहरू भने आफ्नो उपस्थिति त्यति देखाउँदैनन् । दमयन्तीको पारिवारिक पात्रहरूबाहेक साथीसंगीहरूका घटनाले त्यति प्रवेश पाएका छैनन् जबकि दैनन्दिन संसर्गमा साथीभाइको उपस्थिति महत्त्वपूर्ण हुन्छ । यी कुराहरूमा कमजोर हुँदा-हुँदै पनि काठमाडौं क्षेत्रको सांस्कृतिक तथा भौगोलिक पक्षलाई एउटा महिलाको जीवनसँग जोडेर कलात्मक चित्रण गरिएकाले एउटा पाठकको हिसाबले यो उपन्यास पढ्ने सल्लाह म दिन्छु । पात्रहरूलाई आवश्यक ठाउँमा लगेर त्यहाँ नै एउटा परिस्थितिको सिर्जना गर्दै त्यस ठाउँमा पात्रहरूलाई कलात्मक हिसाबमा प्रस्तुत गर्न असफल रहे पनि किशोर नेपालले उपन्यासमा दमयन्तीलाई भाषाको माध्यमले धेरै विषय सोचाएका छन् । उनको व्याख्या गर्ने कला भने धेरै ठाउँमा प्रशंसा गर्न योग्य छ । दमयन्तीलाई अन्त्यमा लगेर उनको श्रीमान्को व्यवसाय गर्ने जिम्मा दिएर समाजमा महिलाले पनि केही गर्न सक्छन् र उनीहरूलाई अन्य कुराभन्दा पनि अवसरको सिर्जना गराइदिनु ठूलो भूमिका हुन्छ भन्ने कुरालाई राखिएको छ । सांगि्रला बुक्सले बजारमा ल्याएको यस उपन्यासले पक्कै पनि पाठकहरूलाई थोरै पहिलेको समय तथा छोटो समयमा भएको नेपाली समाज तथा काठमाडौंको चरम विकासको भने राम्रो झझल्को दिन्छ । यसका साथै उपन्यासले महिलाको सोचाइ तथा एउटा सफल मातृत्वका कारण पर्ने प्रभावजस्ता प्रसंगलाई भने राम्रोसँग केलाउन सकेको छ । लामो समयसम्म पत्रकारितामा लागेका र आफ्नो स्थान स्थापित गरिसकेका किशोर नेपालको साहित्यिक लेखन पनि पुरानो हो । लामो समयको अन्तरालपछि उनी भर्खरै दोस्रो उपन्यास पाताल लिएर साहित्यमा देखा परेका छन् । पत्रकारितामा राम्रो स्थान ओगटेका नेपालको साहित्यप्रतिको झुकाव तथा लेखन शिल्प केही पाठकले त भुलिसकेका पनि थिए होलान् । यस अर्थमा नेपाली साहित्यमा यस नयाँ उपन्यासले प्रवेश पाउनु र नेपालले आफ्नो लेखन यात्रालाई पुनः सक्रिय बनाउनु महत्त्वपूर्ण मान्न सकिन्छ । त्यसो त उनका निबन्धहरू साहित्यमा रुचाइएका निबन्धहरूमा पर्छन् । उनले यस उपन्यासमा दमयन्ती नामकी महिलालाई मुख्य पात्र बनाएर उसको शारीरिक चित्रण गर्दै मनोविश्लेषणात्मक रूपमा काठमाडौंको सेरोफेरोको कथालाई र परिवर्तन हुँदै गएको नेपाली समाजको चित्रण गरेका छन् । उपन्यास दमयन्ती, उसको परिवार र ऊ बसेको सेरोफेरोमा घुमेको छ । काठमाडौं अहिलेको स्वरूपमा आउनुभन्दा केही दशकअगाडिको चित्रण गरिएको उपन्यासमा थोरै त्यहाँको तत्कालीन चालचलन, संस्कृति तथा बनावट र रहनसहनका कुरालाई जोडिएको छ । यी सबै कुराहरू थ्ाोरै मात्र चित्रण गरिएकाले उपन्यासलाई पूर्णतः आञ्चलिक भन्न पनि सकिँदैन । त्यसो त उपन्यासमा चित्रण गरिएको काठमाडौंको काठ क्षेत्रको भाषा तथा अन्य स्थानीय पहिचानको विषय भने उठेको नै छैन । पुरुष भएर मुख्य पात्र महिलाको मनोविज्ञान तथा अन्य शारीरिक हाउभाउको चित्रण गर्न नेपाल सफल भएका छन् । तैपनि उनका चित्रणहरू पढ्दा-पढ्दै अधुरा लाग्छन् । विशेषगरी महिलाको यौन मानसिकता तथा शारीरिक सम्बन्धलाई नै चित्रण गरिएको यस उपन्यासमा दमयन्तीलाई असहज किसिममा यौनकुण्ठाले ग्रस्त भएको पात्रका रूपमा देखाउन खोजिएको छ । तर, आधुनिकतालाई थोरै जोडेर त्यसबाट आवश्यकताभन्दा पनि बढी व्याख्या र पात्रहरूलाई भगाउने गरिएको छ । यस अर्थमा उपन्यासमा चयन गरिएको मुख्य पात्रमाथि तथा अन्य पात्रहरूमाथि आवश्यक न्याय नगरिएको भान हुन्छ । दमयन्ती उसको बुढेसकालमा उसका बाल्यकाल, युवावस्था तथा उसको विवाहपछि एउटा महिलामा भएका आफ्ना परिवर्तनलाई भन्दै जान्छे । कयौँ ठाउँमा उसका भनाइहरू पत्यार गर्न सकिए पनि धेरै ठाउँमा बल गरेर उसका सम्झनाहरूलाई लम्ब्याइएको भान हुन्छ । उपन्यासको चरित्रगत चयन तथा विषयवस्तुमा प्रस्ट रूपमा नेपाल पसेका छन्, तर उनले क्रमिकतामा भने खासै ध्यान दिएका छैनन् । दमयन्तीले पहिला आफ्नो बाल्यकाल तथा स्कुलेजीवन घरको परिवेश सबै भनिसकेर मात्र घरमा उनको दिदी र दाइ भएको प्रसंग निकाल्छे । के उसको जीवनको बालअवस्थामा तथा स्कुलेजीवनमा नै पनि उनीहरूको केही भूमिका थिएन ? अचानक दाइ र दिदी भएको प्रसंगले प्रवेश पाउनुजस्ता केही घटनाले उपन्यास पढ्दै जाँदा उपन्यासलाई अति नाटकीय बनाइएको आभाष हुन्छ । आख्यानको पहिलो चरणमा दमयन्ती एउटा गाउँकी सहर नडुलेकी र पढ्न पनि ढिलो पठाइएकी पात्रको रूपमा उभ्याइएकी छे, तर त्यही समय उसको मनमा खेल्ने कुराहरू भने उच्च शिक्षा हासिल गरिसकेकी एउटा महिलाको जस्तो बनाइएको छ । यसले उपन्यासमा सहजता प्रकट गर्दैन र वाक्य तथा कथावस्तु लम्ब्याउनका लागि बढी बल गरेको पाइन्छ । तर, त्यही दमयन्तीमा छोटो समयमा आएको परिवर्तन, उसको विचार र परिवारमा उसलाई विश्वासपात्रका रूपमा हेर्न थालिएका घटनाले आख्यानलाई सजीवता प्रदान गरेका छन् । बालसुलभ चरित्रहरू सूक्ष्म रूपमा चित्रण नगरिए पनि नेपालले विभिन्न दायरा भने ओगट्न सफल भएका छन् । केही समयदेखि नेपाली आख्यानमा प्रयोग गर्न थालिएको एउटै विषयको लम्ब्याइ मात्रै भने यसमा छैन । समाजमा तथा एउटा व्यक्तिको जीवन विकासक्रममा आउने धेरैभन्दा धेरै विषय र परिवेश यस उपन्यासमा प्रवेश पराइएको छ । नेपालले उपन्यासमा वर्णन गरेको यो सहर परिवर्तन भएको स्थिति भने अत्यन्तै मार्मिक तथा वास्तविकतासँग नजिकाइएको छ । यस्ता केही पक्षहरूले उपन्यास सुरु गरिसकेपछि एउटा पाठक त्यसलाई पढ्न आतुर देखिन्छ । त्यसो त नेपाली आख्यानमा पछिल्लो समय लेख्न थालिएको परम्परको भंग गर्न नेपाल सफल भएका छन् । कथामा नेपालले अनावश्यक रूपमा बिम्ब तथा प्रतीकहरूको प्रयोग नगर्नुले उपन्यासको पढाइमा त्यति झन्झट भने मान्नुपर्दैन । अनावश्यक रूपमा पहिलो चरणमा छोरीसँग दमयन्तीले अंग्रेजी शब्दहरूको प्रयोग गरेकी छे जुन उसको बोलीचालीमा अन्य कुनै पनि ठाउँमा देखिँदैन । एउटा छोरी र छोरा जन्माएकी दमयन्ती पाँच वर्षको वैवाहिक जीवनपछि विधवा भएकी छ, तर उसले आफ्नो छोराको प्रसंग भने कुनै पनि ठाउँमा निकालेकी छैन । केही मात्रामा आधुनिक बन्न थालेका महिलाहरूले के आफ्ना सन्तानको कुरा गर्न छुटाउलान् र ? व्यावसायिक सफलतापश्चात विदेशयात्रा जाँदा आफ्नै श्रीमान्को सहयात्रीसँगको शारीरिक संसर्गले गर्दा आफू पाताल प्रवेश गरेको आभाष गर्नेगरी दमयन्तीलाई उभ्याइएको छ । परन्तु उसको पृष्ठभूमिले त्यती सहजै उसलाई पाताल प्रवेशको आभास हुनु स्वाभाविक लाग्दैन । यसले गर्दा उपन्यासको कथा छोट्याउन तथा बिट मार्नका लागि लेखक आत्तिएका हुन् कि भन्ने लाग्छ । उपन्यासमा आएका अन्य पात्रहरू भने आफ्नो उपस्थिति त्यति देखाउँदैनन् । दमयन्तीको पारिवारिक पात्रहरूबाहेक साथीसंगीहरूका घटनाले त्यति प्रवेश पाएका छैनन् जबकि दैनन्दिन संसर्गमा साथीभाइको उपस्थिति महत्त्वपूर्ण हुन्छ । यी कुराहरूमा कमजोर हुँदा-हुँदै पनि काठमाडौं क्षेत्रको सांस्कृतिक तथा भौगोलिक पक्षलाई एउटा महिलाको जीवनसँग जोडेर कलात्मक चित्रण गरिएकाले एउटा पाठकको हिसाबले यो उपन्यास पढ्ने सल्लाह म दिन्छु । पात्रहरूलाई आवश्यक ठाउँमा लगेर त्यहाँ नै एउटा परिस्थितिको सिर्जना गर्दै त्यस ठाउँमा पात्रहरूलाई कलात्मक हिसाबमा प्रस्तुत गर्न असफल रहे पनि किशोर नेपालले उपन्यासमा दमयन्तीलाई भाषाको माध्यमले धेरै विषय सोचाएका छन् । उनको व्याख्या गर्ने कला भने धेरै ठाउँमा प्रशंसा गर्न योग्य छ । दमयन्तीलाई अन्त्यमा लगेर उनको श्रीमान्को व्यवसाय गर्ने जिम्मा दिएर समाजमा महिलाले पनि केही गर्न सक्छन् र उनीहरूलाई अन्य कुराभन्दा पनि अवसरको सिर्जना गराइदिनु ठूलो भूमिका हुन्छ भन्ने कुरालाई राखिएको छ । सांगि्रला बुक्सले बजारमा ल्याएको यस उपन्यासले पक्कै पनि पाठकहरूलाई थोरै पहिलेको समय तथा छोटो समयमा भएको नेपाली समाज तथा काठमाडौंको चरम विकासको भने राम्रो झझल्को दिन्छ । यसका साथै उपन्यासले महिलाको सोचाइ तथा एउटा सफल मातृत्वका कारण पर्ने प्रभावजस्ता प्रसंगलाई भने राम्रोसँग केलाउन सकेको छ ।
June 10, 2011 at 9:56 AM
लेखकको नाम पनि राख्न पाए हामीले चिन्ने थ्यो कि ।