बोक्सोको आरोपमा मलमूत्र खुवाइयो

पीडित घस्कु
मोहन भट्टराई  मोरङ, १४  जेठ : बोक्सोको आरोपमा एक पुरुषलाई मलमूत्र खुवाइएको छ । रंगेली-४ की एक महिलालाई काम्ने बिमार लागेपछि उनको परिवारले छिमेकी चम्पा मण्डललाई बोक्सोको आरोप लगाउँदै मलमूत्र ख्वाएका हुन् ।    स्थानीय मण्डललाई बोक्सा लागेको भन्दै सोही गाउँका धामीझाँक्री गर्दै आएका ५५ वषर्ीय घस्कु मण्डललाई चम्पाका श्रीमान् वीरेन्द्र मण्डल र छिमेकीले मलमूत्र ख्वाएका हुन् ।   दुई साताअघि स्थानीय धीरेन्द्र मण्डल टाउको दुख्ने समस्या र काम्ने बिरामी भएपछि घस्कुलाई बोलाएर झारफुक गर्न लगाएका थिए । त्यसपछि मण्डल झन् बिरामी भएपछि घस्कुलाई बोक्साको आरोप लगाइएको हो । धीरेन्द्रको शरीरमा देवता सवार भई काम्ने बिराम घस्कुकै कारण भएको भन्दै बक्न थालेपछि बिहीबार बिहान पञ्चानन्द मण्डल, वीरेन्द्र मण्डल, धीरेन्द्र मण्डल, सुरेश मण्डल र विशनदेव मण्डलसमेतको समूहले मलमूत्र खुवाएको घस्कुले बताए ।   मानसिक बिरामी भएका व्यक्तिलाई उपचार गर्नुको साटो घस्कुलाई बोक्साको आरोप लगाउँदै रंगेली चोकमा रहेको कालीमन्दिरमा कसम खान लगाउँदा पनि चित्त नबुझेपछि उनीहरूले  मण्डललाई बिरामीको घरमा लगेर बोक्सा मलमूत्र खुवाएका थिए ।  पीडित घस्कुले आफूमाथि अन्याय भएको भनी रंगेली थानामा जाहेरी दिएपछि सोही आधारमा इलाका प्रहरी कार्यालय रंगेलीले पीडक भनिएका  पञ्चानन्द र वीरेन्द्र मण्डललाई नियन्त्रणमा लिएको छ । अन्य अभियुक्तको खोजी भइरहेको र पक्राउ परेका मलमूत्र खुवाउनेहरूलाई कारबाही गर्ने इप्रका रंगेलीका प्रहरी निरीक्षक राजेश थापाले बताए ।


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login