हिन्दुवादीको बन्दले मध्यपश्चिम आजपनि प्रभावित


१२ जेठ, दाङ । विश्व हिन्दू महासंघ लगायत विभिन्न ८ वटा हिन्दुवादी संगठनले आहृवान गरेको मध्यपश्चिमाञ्चल बन्दको दोस्रो दिन आजपनि त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । ।
बन्दकर्ताले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने, धर्म परिवर्तन बन्द गरिनुपर्ने, अज्ञात ग्रन्थहरु बिक्री वितरणमा रोक लगाइनु पर्नेलगायत माग राखेर हिजो र आज दुई दिन बन्द आहवान गरेका हुन् ।
बन्दका कारण मध्यपश्चिमका बाँके, बर्दिया, दाङ, सुर्खेतलगायत जिल्लामा बिहानैदेखि लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् । बन्दका कारण ती जिल्लाका शिक्षणसंस्था बजार-पसल, उद्योगधन्दा र कलकारखाना ठप्प छन् ।
बन्द आहृवान गर्नेमा विश्व हिन्दू महासंघ, विश्व हिन्दू युवा संघ, नेपाल शिव सेना, अर्जुन शक्ति केन्द्र, श्रीराम शक्ति दल, राष्ट्रिय धर्म जागरण अभियान, हिन्दु संरक्षक संघ र नेपाल जनता पार्टी छन् ।


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login