बैंकर केकी


स्मृति ढुंगाना, काठमाडौं, जेठ १२- म्युजिक भिडियोको सुटिङमा धेरै भेटिने अभिनेत्री केकी अधिकारी मंगलबार अत्तरखेलस्थित नबिल बैंकको ‘कस्टमर सर्भिस'मा भेटिइन्। कुनै कथाले मागेको दृश्य थिएन त्यो। उनी ग्राहकहरूको चेक तयार गर्दै थिइन्। अर्की सहकर्मीले उनलाई एउटा फाइल देखाउँदै केही इशारा गरिरहेकी थिइन्।

हल्लैहल्लामा नेपाल बन्द भए पनि बैंकमा ग्राहकको भीड बाक्लै थियो। एउटी अधबैंसे महिला एक्कासी केकी बसिरहेको डेक्सअघि उभिएर टोलाइरहेकी थिइन्। केकीले झट्ट सोधिन्, ‘तपाईंलाई केही सहयोग गरौं?'

बैंकको शाखामा फिल्मी काममा होइन कलेजबाट प्रशिक्षार्थीको रूपमा उनी यी सब काम गर्दै थिइन्। ‘बन्द भए पनि व्यस्त छु,' उनीसँग बोल्ने फुर्सद थिएन। सुटिङमा जस्तो भद्दा मेकअप उनको अनुहारमा पोतिएको थिएन। बैंकमा काम विशेषले पुग्ने मानिसलाई केकीको अनुहारले झुक्याउँथ्यो।
बन्दले गर्दा मार्केटिङमा जान नपाएकोले ‘कस्टमर सर्भिस'को जिम्मेवारी मिलेको उनले बताइन्। घरबाट करिब १० मिनेटमा पुग्ने भएकोले बन्दले समस्या नपारेको उनले बताइन्।
प्राइम कलेजमा बिआइएम आठौं सेमेस्टरमा अध्ययनरत् केकीले ‘इन्टर्न'मा जान थालेको आठ दिन भएको जानकारी दिइन्। ‘असारभर म यहीँ व्यस्त हुन्छु,' उनले भनिन्।
केकीलाई भलादमी र कामप्रति जिम्मेवार भेेटेको बताए शाखा प्रमुख दिकेन्द्र चन्दले। ‘मलाई उनी को हुन् र के गर्छिन् भन्ने थाहा थिएन। छनोट भएपछि भने बल्ल उनी मोडल र अभिनेत्री हुन भन्ने थाहा पाएँ,' चन्दले भने।
मूल पेशाभन्दा फरक भए पनि काममा रमाइलो लागिरहेको बताइन् केकीले। दुई महिनाको ‘इन्टर्न'मा मार्केटिङ, क्यास रिसिभिङ, आइटीलगायत क्षेत्रमा काम गर्नुपर्ने उनले बताइन्। ‘एक हप्तामै झन्डै साढे दुई दर्जन ग्राहक बनाइसकेकी छु,' साथीसँग मार्केटिङको सिलसिलामा आरूबारी, बेसीगाउँ, जग्डोल र सुन्दरीजल घुमेको उनले बताइन्। ‘ग्राहकलाई विश्वास दिलाउन धेरै मेहनत गर्नुपर्ने रहेछ,' उनले अनुभव सुनाइन्।
उनीहरूलाई निर्देशन दिने विदुर लिम्बु भने केकी अधिकारीमा फ्यान रहेछन्। ‘केकी हाम्रो मार्केटिङको निम्ति प्लस प्वाइन्ट भएकी छिन्। उनीको बोल्ने शैली राम्रो भएकाले हामीलाई ग्राहकको संख्या बढाउन सहयोग पुगेको छ,' लिम्बुले भने। केकीको लगनशीलताको प्रशंसा समेत गरे उनले।
‘आइटी'को विद्यार्थी भएकाले बैंकमा प्रयोग हुने विभिन्न सफ्टवेयरबारे जान्न पाउँदा उत्साहित छिन् केकी। अचेल उनी बिहान साढे १० देखि साँझ ५ बजेसम्म बैंककै काममा व्यस्त हुन्छिन् उनी। ‘वैंकमै जागिर खाने विचार त छैन?' नागरिकको प्रश्नमा उनले भनिन्, ‘पढाइ नसकी कामबारे सोच्दिनँ।'


via  nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login