जीउँदै भएको प्रमाण दिन एक वर्षदेखि प्रशासन धाउँदै


पर्सा । आफू जीवित भएको प्रमाणित गर्न कोही विगत एक वर्षदेखि जिल्ला प्रशासन कार्यालयमा धाइरहेको सुन्दा जो कसैलाई पनि पत्याउन गाह्रै होला ।
तर यो सत्य हो । भारत बनारसमा जागिर खान गएका ७४ वषर्ीय डाक्टर राजनारायण तिवारीलाई जग्गाको लालचमा उनकै नातेदारले गाविस सचिवको मिलेमतोमा मृत तथा निःसन्तान प्रमाणित गरेपछि आफू जीवित भएको प्रमाणित गर्न उनी विगत एक वर्षदेखि जिल्ला प्रशासन कार्यालय पर्सामा धाइरहेका छन् ।
तीन छोरा र एक छोरीका पिता डाक्टर तिवारीको नाममा पर्साको झखरामसियानी गाविस-१ मा रहेको करिब चार बिघा जग्गा नातामा भाइको छोरा पर्ने स्थानीय प्रकाश तिवारीले डाक्टर तिवारीलाई गाविस सचिवको मिलेमतोमा मृत तथा निःसन्तान प्रमाणित गराई जग्गा आफ्नो नाममा गरेपछि ७४ वषर्ीय वृद्ध तिवारी न्याय पाउनका लागि जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दर्ता गराई एक वर्षदेखि धाइरहेका छन् ।
पर्साको झखरामसियानीमा रहेको करोडौँ मूल्य बराबरको तीन बिघा सात कठ्ठा १७ धुर जग्गा नातामा भाइ पर्ने श्रीप्रकाश तिवारीका छोरा प्रकाश तिवारीले तत्कालीन गाविस सचिव अवधेश मिश्रलाई मिलाई फुत्काएका थिए ।
भारत सरकार तथा स्थानीय व्यक्तिले प्रमाणित गरेको सम्पूर्ण कागज पत्रसहित जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी गर्न आएको डाक्टर तिवारीले बताउनुभयो ।
भारतमा आफू जागिरे रहेको मौकाको फाइदा उठाउँदै प्रकाश तिवारीले आफ्नो अंशमा रहेको जग्गा हडप्न गाविस सचिवको सहयोगमा झूठो मृत्यु दर्ता प्रमाण पत्र बनाई कीर्ते गरेको पीडित तिवारीको भनाइ छ ।
यस सम्बन्धमा पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झासँग बुझ्दा उहाँले डाक्टर तिवारीलाई बुधबार बयानका लागि जिल्ला प्रशासन कार्यालय पर्सामा बोलाइएको र अब दुवै पक्षलाई राखी सर्जमिनबाट चाँडै छिनोफानो गरिने बताउनुभयो ।
उहाँले डाक्टर तिवारीले आफ्ना सम्पूर्ण प्रमाण पेस गरिसके पनि प्रतिवादी जिल्ला प्रशासन कार्यालयले दिएको तारेखमा उपस्थित नभएका कारण कानुनबमोजिम म्याद दिँदै आउँदा अलि समय लागेको प्रजिअ झाले बताउनुभयो । रासस
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login