बन्दले उपत्यकाको जनजीवन प्रभावित


१३ जेठ, काठमाडौँ । संविधानसभाको म्याद थप्न नहुने तथा जातीय आधारमा संघीय राज्य निर्माण नगर्न, तथा हिन्दुराज्य घोषणाको माग गर्दै चुरेभारव राष्ट्रिय एकता पार्टी, विश्वहिन्दु महासंघ लगायतका समूहहरुले आहृवान गरेको उपत्यका बन्दका कारण उपत्यकाका तीनवटै जिल्लाका जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण राजधानीका सडकमा बिहानैदेखि निजी तथा सार्वजनिक सवारीका साधन निकै कम मात्रामा चलेका छन् भने बजार-पसल, शिक्षणसंस्था र कलकारखाना ठप्प छन् ।
पैदल हिँडेर गन्तब्यमा जानु पर्ने बाध्यताका कारण सर्वसाधारण, कर्मचारी र व्यवसायीहरु मर्कामा परेका छन् ।
बन्दका कारण राजधानीबाट बारिहने तथा भित्रिने कुनैपनि सवारी साधन चलेका छैनन् । बाहिरबाट राजधानी भित्रन लागेका सयौं सवारी साधन नागढुंगा नाका र धादिङ्को नौबिसेमा अलपत्र परेका छन् ।
बन्दकर्ताहरु भने सडकमा देखिएका छैनन् । बन्दकर्ताले बिहानै कान्तिपुर दैनिकको बा५च ९३७५ नम्बरको गाडीमा बनस्थलीका आगजनी गरेका छन् ।
त्यस्तै उनीहरुले बन्द अवज्ञा गरेको आरोपमा सुकेधारा, डिल्लीबजार, मनोहरा पुलमा सार्वजनिक सवारी साधानमा आगजनी र तोडफोड गरेका छन् ।अत्यावश्यक सेवाका एम्बुलेन्स, प्रेस, कुटनीतिक नियोग, दुध तथा खानेपानी ढुवानीका गाडी भने निर्वाध रुपमा चलेका छन् ।
प्रहरीले तोडफोड र आजगजनीमा संलग्न एक दर्जन बन्दकर्तालाई राजधानीका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको जनाएको छ ।
यसैबीच उपात्यकाका तीनवटै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका चोकचोकमा बाक्लो संख्यामा जनपद तथा शसस्त्र प्रहरी खटाइएको छ ।

@onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login