उजेली थारू [कथा]

राजेश नतांश जीवनको यो उत्तराद्र्धमा आइपुग्दा मलाई खुशीका स–साना बुँदहरुले पनि पारलौकिक आनन्द प्रदान गरेका छन् । बाल्यावस्थामा जब म ताते–ताते गर्दै पिताजीको हात समाउँदै हिँड्ने गर्थेँ, पिताजीले मलाई अक्सर काँधमा बोक्ने गर्नुहुन्थ्यो अनि बडहरको घुम्ती पसलमा लगेर सुन्तला चकलेट किनिदिनुहुन्थ्यो तब मलाई परम खुशी अनुभूत हुने गर्दथ्यो  । जब म यौवनावस्थामा प्रवेश गरेँ । मेरा शरीरका सम्पूर्ण अवयवहरुमा यौवन झ्यागिँन थाल्यो तब म प्रियसीको समीप्यमा चरम आनन्दको महसुस गर्न थाले । उसले आफ्नो प्रेमालिङ्गनमा कसेर मेरो अनुहारमा चुम्बन बर्साउँथी । तब म आफूलाई एउटा प्रागऐतिहासिक युगको नायक सम्झन्थेँ । जब समयका कलरव ध्वनीहरु मेरा जीवनमा गुञ्जदै गए । मेरो विश्वविद्यालयको अध्ययन सकियो । फेरि उही प्रियसीसँग भव्य विवाह भयो । त्यसपछि झन् अभूतपूर्व खुशीका बजार लाग्न थाले । म धनाढ्य भएँ, जीवनबाट मैले मनग्य मुनाफा लिएँ । अहिले म दुई छोराछोरीका बाबु छु । जब अफिसबाट फर्किएर उनीहरुसँग समय व्यतित गर्छु तब मलाई एउटा परमसन्तुष्टि प्राप्त हुन्छ । उनीहरुसँग बच्चा बन्दै खेल्दा ती मेरा बाल्यकालका आदिबासी सम्झनाहरु मानसपटलमा नाच्न थाल्छन् । ब्याडमिन्टन, क्रिकेट र फुटबलका कोरा सम्झनाहरु झलझली देखिन्छन् । हामी घाममा तात्तिएर बेहद खेल्ने गर्दथ्यौँ ।   जब सानी छोरी प्रेरणा `बाबा !' भन्दै मसँग झ्याम्मिन्छे तब मेरा दिनभरिका थकान र आलस्य निमेषभरमा निर्मूल हुन्छन् । जब छोरा प्रसन्न आफ्नो अध्ययनका लागि चाहिने सामग्रीहरुका सूची मेरो हातमा थमाउँछ । तब म व्यग्र भएर उसका आवश्यकताहरु पूरा गरिदिन्छु । यौटा नूतन खुशी प्राप्त हुन्छ । छोराछोरीका इच्छा आकांक्षाहरु पूरा गरिदिएर उनीहरुको अनुहारमा कोरिने सन्तुष्टि कैद गर्ने कुनै यन्त्र भएको भए म तपाईलाई देखाइदिने थिएँ ।   जीवनको यो परिधिभित्र मिलेका, मेरा सुक्ष्म अनुभूतिहरु यिनै हुन् । मैले अहिलेसम्म भोगेको अनि देखेको जीवन यही हो । यही काफी छ मलाई । प्रसन्नबाट बालसुलभ आदेश आयो, "बाबा ! मलाई जस्टिनको जस्तै साइकल ल्यादिस्यो । मलाई साइकल कुदाउन आउँछ ।" –"हुन्छ बाबु ! भरे अफिसबाट फिर्दा साइकल पसल छिरूँला ।" म भन्छु । "मलाई नि टेडी बियर ल्यादिस्यो है बाबा हजुर !" काखकी छोरी आफ्नो माग राख्छे । –"हुन्छ छोरी ! अनि तिमीचाहिँ साइकल सिक्दिनौ ?" म भन्छु । "नाइँ ! मलाई त डर लाग्छ ।" ऊ भन्छे । उनीहरुको बालमनोविज्ञान बुझेर म बोझिल हुन्छु । नारी र पुरुष बराबरी भनेर जति नै निर्विकार विचार राखिए पनि प्रकृतिले नै उनीहरुलाई अलग गरिदिने रहेछ । नारी–पुरुषोचित व्यवहार निमिट्यान्न पार्न नसकिने रहेछ । हामीले यिनीहरुका बीचमा असमनताका बीजहरु रोपिदिएका छैनौँ । यिनीहरुले गर्ने काम, कर्तव्य, अधिकार र दायित्व समानरुपले प्रतिस्थापन गरेका छौँ । तर खै कहाँ कैफियत रह्यो ?छोरो प्रसन्न ल्यापटप बोकेर अफिस गएजस्तो नक्कल गर्छ । छोरी प्रेरणा आमाको पछ्यौरीलाई साडी बनाएर भन्छे, "बाबा मलाई कस्ती देखियो नि ?"   साँझ साइकल पसलमा छिरेको थिएँ । प्रसन्नले आदेश दिएको थियो, "मलाई जस्टिनको जस्तै साइकल ल्याइदिस्यो है !" साइकल पसलको अगाडि हरियो चोली, हल्का आकाशे रंगको खुइलिएको साडी लगाएर उनी एउटा बाकसमा तम्तयार भएर बसेकी थिइन् । उनका हातमा टायर रिमुभर र पिलास थियो । उनको अनुहार हेरेँ, चाउरिँदै गएका गाला अनि ओठको छेउमा कालो कोठी । हेर्दा ३५/३६ नाघेकी जस्ती देखिन्थिन् । साँझ चर्को घाम लागेको थियो, लाग्थ्यो आगाका लप्काहरु जमिनमा बर्सिएका छन् । सायद `ग्लोबल वार्मिङ'को दुष्चक्र हुनुपर्छ । वातावरण सबै उजाडिएका छन् । प्रदूषित वातावरण अनि धुलो, धुवाँले सेरोफेरो विकृत, दुर्गन्धित भएको छ । जमिनमा गगनचुम्बी महलहरु ठडिएका छन् । सम्पूर्ण मानिसहरु भौतिकवादी भएका छन् । वातावरण सम्बद्र्धनमा को चाहिँ लाग्ला र ? दाताहरुले डलर पठाइहाल्छन्, सहयोगी हातहरु मनग्य छन्, कसलाई चिन्ता छ र !   उनले साडीको आँचलले आफ्नो शिर ढाकेकी छिन् । मेरो आँखा उनको शरीरभरी दौडियो । शरीरमा मांसको प्रतिशत दिनानुदिन घट्दो देखिन्थ्यो । सार्है कमजोरजस्ती देखिन्थिन् । उनले मलाई एकोहोरो हेरेको देखेर हठात् भनिन्, "के भयो भाइ ?" –"यो बास्केट साइकलमा जोडिदिनुपर्यो ।" आफूलाई सन्तुलनमा राख्दै मैले भनेँ । उनी स्क्रु ड्राइभर लिएर साइकलमा बास्केट जोड्न थालिन् । मैले उनको शरीरलाई एकचोटी सर्सर्ती नियालेँ । दिनहुँ साइकल मर्मत गर्न घाममा बसेर डढ्दै गएका काला छाला देखिन्थे । सुकेका वक्षमा कुनै आर्कषण थिएन । मानौं, उनका वक्षका उभारलाई घामका विकिरणले चुसेका छन् । म उनको यस्तो परिस्थिती देखेर व्यथित हुन्छु । मभित्रको मानवीय संवेदना नराम्ररी हुँडलिन्छ । कहाँ–कहाँ भित्री मुटुको कुनामा स्नेह पलाएर आउँछ ।  सोच्छु, पक्कै उनको जीवनमा ठुलै घटना घटेको हुनुपर्छ । उनको जीवनको कथा सुन्न व्यग्र हुन्छु । आफूले गर्न सक्ने सहयोग गर्न मनलाग्छ । उनको त्यो भयावह स्थिति देखेर मेरो हृदय बोझिल हुन्छ । अनि फेरि सोध्छु– "दिदी तपाईंको नाम के हो ?" –"किन नि ?" "त्यसै सोध्या । तपाई महिला भएर पनि साइकल मेकानिक हुनुहुन्छ नि ! मलाई साँच्चै उदाहरणीय लाग्यो ।" –"के महिला साइकल मेकानिक हुन सक्दैनन् र ?" "सक्छन् नि ! किन तपार्इंले सक्नुभएको छैन र ?" मेरो प्रतिप्रश्न थियो । –"तपाईं पत्रकार हो ?" "होइन । म एउटा एनजिओमा काम गर्छु ।" –".............................." "मेरो कोठा नजिकै छ । केही सहयोग चाहिए मलाई भेट्नु होला ।" –"आश्वासनको लागि धन्यवाद ! विहान १० बजे उही बासी घाम लागेको थियो । बाहिर निस्कन सक्ने अवस्था थिएन । त्यसो त शनिबार अफिस विदा थियो । म विदाको दिन अध्ययन गर्न रुचाउँछु । अरु दिन 'प्रोजेक्ट प्रिपरेसन' गरेरै समय बित्ने गर्छ । भर्खरै बजारबाट आएको बहुचर्चित नोरा रोबर्टस्को उपन्यास 'चेजिङ फायर'लाई सिनित्त पारेर, म ‘मेरी हिगिन्स क्लार्क'को उपन्यास 'आई विल् वाक अलोन' पढ्न सुरुवात गरेको थिएँ । कथा अपराध र अपहरणको सेरोफेरोमा घुमेको थियो । अहिलेको वर्तमान परिस्थितीसँग ठ्याक्कै मेलखाने कथावस्तु लाग्यो । अचानक, श्रीमतीजीको भान्साबाट आवाज आयो, "हजुरलाई कोही भेट्न आउनुभएको छ !" म अध्ययन कक्षबाट बाहिर निस्किएँ । भित्री शयनकक्षतर्फ लम्किएँ । मेरो एकाग्रता भंग भएकोमा रीस उठ्यो । शयनकक्षमा उही `नोस्टाल्जिक' अनुहार थियो । साँझमा भेटिएकी साइकल मर्मत गर्ने दिदी । उनी उही पोशाकमा मकहाँ आएकी थिइन् । मैले उनलाई सोफामा बस्न भनेँ । श्रीमतीजी  चिया/चमेनामा लाग्नुभयो । उनले गला साफ गर्दै भनिन्, "सुनेकी छु, तपाईँको संस्थाले एकल महिलालाई आर्थिक सहयोग गर्दैछ रे । मलाई नि सहयोग गर्नुपर्यो है सर !" –"हाम्रो प्रोजेक्ट भनेको एकल महिलाहरुको चौतर्फी विकासका लागि हो । त्यसका निम्ति तपाईंले आफ्ना बारेमा मलाई बताउनुपर्ने हुन्छ । यसै अनुरुप 'केस–स्टडी' तयार भएर हेडअफिस पुयाइन्छ । अनि सहयोगबारे निर्णय हुन्छ ।" मैले प्रक्रियागत शैलीमा भनेँ । "हवस्, म सबै कुरा भन्छु ।" उनले स्वीकारोक्ति जनाइन् । –०–०–०   "मेरो कस्तो पन्क्चर जिन्दगी जसलाई मैले टाल्नै सकिनँ । जीवनमा दिनप्रतिदिन ठुला भ्वाङ परिरहे । साइकलको टायर–ट्युब टालेर पोख्त भएकी म आफ्नो जिन्दगीलाई किञ्चित् टाल्न सकिन । रिस, द्वेष, पीर, वेदनाले टालेँ, तर टालिएन । आशा, भरोसा अनि प्रेमले टाल्न खोजेँ, अहँ टाल्न सकिनँ । दिनानुदिन फाट्दै गए जीवनका धाँजाहरु । जीवन विकृत बन्यो । कस्तो दारुण नियतिको सामना गर्नुपर्यो मैले । लाग्थ्यो, भावीले छैठीका दिन यही नियति कोरिदिएका रहेछन् ।"   पढ्ने काम छोडेर मैले ठिकै गरेछु । म उनको कण्ठबाट एउटा बीभत्स जीवन पढ्दै थिएँ । तपाईंले पक्कै थाहा पाउनुभयो होला उनी कति शक्तिशाली कथाकार रहिछन् । उनले आफ्नो यथार्थ जीवन–कथा मलाई भन्दै थिइन् । उनी जीवनको रणभूमिमा अनायासै परास्त भएकी एउटी अरक्षित महिला थिइन् जसलाई म व्यथित हुदैँ सुन्दै गएँ–   –"म सानैदेखी फुपुसँग हुर्किएकी एउटी थारू केटी हुँ । म पाँच वर्षको हुँदा मेरा बाबा क्षयरोगले ग्रस्त भएर बित्नुभयो । उहाँ अचाक्ली रिक्सा कुदाउने गर्नुहुन्थ्यो । नकुदाएर पनि के चाहिँ गर्नु र ? बुवाको मृत्युपछि आमा एक्ली हुनुभयो । घरका सम्पूर्ण जिम्मेबारीहरु उहाँमाथि थोपरिए । घरमा आर्थिक संकट आएपछि उहाँ घर निर्माण व्यवसायको कुल्ली काममा जान थाल्नुभयो । एकदिन उहाँ इट्टाहरु बोकेर ५ तलामाथि जाँदै हुनुहुन्थ्यो । अचानक बाँसको भ¥याङबाट चिप्लिएर उहाँ लड्नुभयो  । माथिबाट झरेका इट्टाहरु उहाँका टाउकोमा बजारिए । उहाँको घटनास्थलमै ज्यान गयो । आमाबाबाको मृत्युपछि म नितान्त एक्ली भएँ । मेरी एकमात्र सहारा, मेरी फुपूको घरमा बस्न थालेँ । मैले बाल्यकालका धेरै समय फुपूसँगै बिताएँ । ममा यौवनावस्था चढ्दै थियो । मलाई फुपूले सात कक्षासम्म मात्र पढाउन सक्नुभयो । उहाँको जीवन पनि गरिबीले ग्रस्त थियो । उहाँ आफैँ निर्धो हुनुहुन्थ्यो । फुपाजु गाउँकी एउटी थरूनीलाई टिपेर भारत भासिएका थिए । उनलाई फुपूको कहिल्यै चिन्ता भएन र थिएन पनि । फुपू आफ्ना साना दुई छोराछोरीलाई पाल्दै हुनुहुन्थ्यो । उहाँ पनि गाउँकी अन्य महिलाजस्तै घर निर्माणमा काम गर्नुहुन्थ्यो । गाउँका सबै तरुनी केटीहरु घर निर्माणमा काम गर्दथे । म पनि काम गर्न हौसिएँ । म फुपूले काम गरेतिर जान थालेँ । हामी गाउँका १०/१५ जना केटीहरु मिलेर साइकलमा साइटतिर जाने गर्दथ्यौँ ।   केलाल ठाकुरलाई मैले पहिलोचोटि यौटा साइकल पसलमा देखेकी थिएँ । ऊ त्यहीँ साइकल मेकानिक थियो । हामी दिनहुँ उसको पसलमा पम्प हालेर साइटतर्फ लाग्थ्यौँ । । केलाल खालि पान चपाइरहन्थ्यो । उसका दाँत पानले गर्दा राता भएका थिए । उसको अनुहार विरुप थियो । शरीरमा मयल ढाडिएको देखिन्थ्यो । महिनादिन ननुहाएकोजस्तो देखिन्थ्यो । कपाल जिङग्रिङ्ग थियो, मानौ उसको कपालले लामो समयदेखि काइँयो र तेलको सामिप्यता पाएको थिएन । मलाई झट्ट हेर्दा उसको अनुहार घीन लाग्थ्यो ।   कहिलेकाँही उसले मेरो साइकल मर्मत गर्दा पैसा लिदैथ्यो । ऊ भन्थ्यो, "तुम मेरी सहेली हो । सहेली से पैसा लेना पाप है ।" अक्सर म एक्लै हुदाँ ऊ मलाई पानीपुरी अनि आलुनिम्की खुवाउँथ्यो । कुल्फी, आइसक्रिम खान नमान्दा हदैसम्म गर्दथ्यो । मेरो साइकलमा चाबी लगाएर आफ्नो गोजीमा राख्थ्यो । खोस्न पनि सक्दिन थिएँ । ऊ सयका पाँचवटा हरिया नोट निकाल्दै भन्थ्यो, "तुम बहुत सुन्दर हो । यिसे अपनी पास रखना । जरुरत पडे तोह खर्च करना ।" उसले जे भन्छ मैले त्यो मान्नुको विकल्प थिएन । म एकप्रकारले थिचिएकी/किचिएकी थिएँ तर मलाई यौटा नूतन अनुभूति हुन्थ्यो । एउटा प्राप्ती ! खै कहाँ के नपुगेको !   एकदिन त अनौठो भयो । मलाई फुपूले आफ्नो कोठामा बोलाउनुभयो । म फुपूको कोठामा गएँ । ताज्जुब लाग्यो । ऊ फुपूको छेऊ बसेको रहेछ । फुपूले मलाई कुर्सीमा बस्न इसारा गर्नुभयो । उहाँले भन्नुभयो, "यिनले तँलाई मन पराउँछन् रे ! तँलाई सुखसँग राख्छु भन्छन् । मलाई नि तेरो जीवन सुखी भएको हेर्न मन छ । यस्तो श्रमजीवी कहीँ पनि पाइँदैन । तेरो जीन्दगी हाँसखेल गर्दै बित्छ । के भन्छेस् तँ ?" फुपूको त्यो प्रश्नमा यौटा अभिभावक दायित्वको पृष्ठभूमि मिसिएको थियो । मैले स्वीकारोक्तीमा टाउँको हल्लाए । ऊ खुशीले ओतप्रोत भएर भन्यो, "मैँ तुमको खुश रखुँगा । तुमको जिन्दगीभर साथ दुङ्गा ।"   उनको दारुण कथाले म विष्फोटित भएँ । म टुक्रा–टुक्रामा विभाजित भए । जसरी एउटा सीसा ढुङ्गामा परेर टुक्रिन्छ । मैले जीवनभर नदेखेको/नभोगेको दुःख उनले भोगेकी रहिछिन् । म अद्र्धमुच्र्छित हुन्छु, मेरो चेतना गुम्छ । उनलाई हेर्छु, उनी पसिनाले भिजेकी छिन् ।  उनी साडीको आँचलले आफ्नो गाम्भीर्य अनुहार पुस्छिन् । उनको अनुहार मरुभूमिको बालुवाजस्तो सुख्खा प्रतीत हुन्छ । निस्सार !   –”विवाहपछिका हाम्रा दिनहरु सुखपूर्वक बित्न थाले । हाम्रो प्रेम बढ्ता भएर पोखिएको थियो । उनी विहान खाना खाएर साइकल पसल जान्थे । म कोठामा एक्लै बस्थेँ । सधैजसो काममा काम गरिरहने म, काम नगर्दा कस्तो अनुभूति हुन्छ भन्ने कुरा तपाईलाई थाह होला । उनका कोही आफन्त थिएनन् । जससँग म गफ गर्न सकूँ । उनि भारतबाट काम सिकेर नेपाल छिरेको बताउँथे । मेरो न्यास्रोपना मेट्न म पनि उनिसँग पसल जान थाले । आफूलाई काम सिकाउन आग्रह गरेँ । उनले मलाई सिकाए । केही महिनाको दौरानमा मैले टायर/ट्यूब/पन्चर टाल्न सिकेँ । पाङ्ग्राका भाँचिएका स्पोक बदल्न, साइकलको ब्रेक कस्न/बदल्न मैले सिकेँ । लगातार ६ महिनाको कठोर परिश्रमबाट म निपूर्ण मेकानिक बनेँ । अब हामी दुवैजनाई सजिलो भयो । दुवैजना मिलेर कमाउन थाल्यौँ । सबै ग्राहकहरु हामीतिर सोहरिए ।   तर जीवन कहाँ धाराप्रवाह बग्दो रहेछ र ! तेरो जीवनको पाङ्ग्रामा ठुलो दुलो पर्यो, टाल्नै नसकिने गरी । उनि रक्सी खाइरहन्थे । मैले नखान स्वास्थ्यलाई हानी गर्छ भनेकी थिएँ  । तर उनि मबाट लुकेर रक्सीको शोखी नै बनेछन् । एकदिन उनि विषम बिरामीमा परे । डाक्टरलाई देखाउँदा उनलाई क्षयरोग भएको रहेछ । अझै उनले रक्सी खान छोडेनन् । क्षयरोगको उपचार गराएँ । उनलाई अलि बिसेक हुदैथियो । लगत्तै उनलाई जण्डिस् लाग्यो । क्षयरोग र जण्डिस्ले उनि कामै गर्न नसक्ने भए । त्यसपछि उनको शरीरमा पत्थरी पनि देखा पर्यो । क्रमैसँग पत्थरीपछि उनको पेटमा पानी जम्यो । मैले चन्दा उठाएर इलाज गरेँ । त्यैपनि उनलाई सन्चो भएन । हस्पीटलबाट उनलाई घरमा ल्याएर राखेँ । घरको आर्थिक संकट् र उनको उपचारको लागि म साइकल मर्मत गर्न निस्किए ।  उनलाई मैले पूर्ण हेरचाह गर्न सकिनँ । म काममा दौडिनुपथ्र्यो । त्यतिखेर मलाई आफन्त नभएको पीडा महसुस भएको थियो । मैले कसैको आड, भरोसा पाइन त्यसबेला । त्यसलगत्तैको उनको पेटमा पानी जम्यो । मैले केही पैसा खोजखाज गरेर उनको अप्रेसन गराएँ । अप्रेसन पछाडि उनको जीउ पूरै सुन्नियो । मसँग एकपैसा थिएन । त्यसपछि आफ्ना सम्पूर्ण गरगहना, मंगलसुत्र बेचेर हस्पीटलमा उनलाई आकस्मिक कक्षमा राखेर उपचार गराएँ । त्यतिखेर हस्पीटलमा मलाई औषधी किन्ने समेत पैसा भएन । सार्है लाचारीको नियति भोग्नुपर्यो मैले । अन्तः एक विहानी उनले मलाई एक्लै छोडी यस संसारबाट गए ।   म तिनताका एकदमै विव्हल भएँ । भेट्नो चुडिएको फल जसरी खस्दै गएँ । नियतिले मेरो लागि हृदयमा पुर्न नसकिने खाडल पारिदियो । उनको देहान्तपछि म पुनः काममा फर्किए । काखको सानी छोरी रेखाको पालनपोषण समय व्यतित थर्न थाले । के गर्नु भाइ ! जतिसुकै ठुलो व्यथा भए पनि हामी नारीले थामिनुपर्ने रहेछ । अहिले रेखा १० वर्षकी भइसकेकी छे । अब यसलाई गतिलो शिक्षा प्रदान गरेर मेरो जीवनलीला समाप्त पार्ने निष्ठुर रहर छ । मलाई दिनप्रतिदिन बुढ्यौलीले छुदैछ । पहिलाजस्तो काम गर्न पनि सक्दिन । श्रीमान्को उपचारका लागि लिएको ऋण अझै ५० हजार तिर्न बाँकी छ । तपाईंको आड पाएँ भने यौटा किराना पसल खोलेर अबको जीवन काट्ने थिएँ ।   म उनको दारुण कथा सुनेर पूर्णतः व्यथित हुन पुग्छु । मेरा आँखाबाट बलीन्द्र आँसुका धारा टलपल गदै बग्न थाल्छन् । श्रीमतीजी टाउको निहुँर्याएर सुकसुकाउन थालिछन् । उनी कतिखेर आइन्, थाहै पाइनँ । अनि म वाष्पकण्ठले उनको लागि फारम भर्न थालेँ– "तपाईंको नाम ?" –"उजेली थारु ।"राजेश नतांश जीवनको यो उत्तराद्र्धमा आइपुग्दा मलाई खुशीका स–साना बुँदहरुले पनि पारलौकिक आनन्द प्रदान गरेका छन् । बाल्यावस्थामा जब म ताते–ताते गर्दै पिताजीको हात समाउँदै हिँड्ने गर्थेँ, पिताजीले मलाई अक्सर काँधमा बोक्ने गर्नुहुन्थ्यो अनि बडहरको घुम्ती पसलमा लगेर सुन्तला चकलेट किनिदिनुहुन्थ्यो तब मलाई परम खुशी अनुभूत हुने गर्दथ्यो  । जब म यौवनावस्थामा प्रवेश गरेँ । मेरा शरीरका सम्पूर्ण अवयवहरुमा यौवन झ्यागिँन थाल्यो तब म प्रियसीको समीप्यमा चरम आनन्दको महसुस गर्न थाले । उसले आफ्नो प्रेमालिङ्गनमा कसेर मेरो अनुहारमा चुम्बन बर्साउँथी । तब म आफूलाई एउटा प्रागऐतिहासिक युगको नायक सम्झन्थेँ । जब समयका कलरव ध्वनीहरु मेरा जीवनमा गुञ्जदै गए । मेरो विश्वविद्यालयको अध्ययन सकियो । फेरि उही प्रियसीसँग भव्य विवाह भयो । त्यसपछि झन् अभूतपूर्व खुशीका बजार लाग्न थाले । म धनाढ्य भएँ, जीवनबाट मैले मनग्य मुनाफा लिएँ । अहिले म दुई छोराछोरीका बाबु छु । जब अफिसबाट फर्किएर उनीहरुसँग समय व्यतित गर्छु तब मलाई एउटा परमसन्तुष्टि प्राप्त हुन्छ । उनीहरुसँग बच्चा बन्दै खेल्दा ती मेरा बाल्यकालका आदिबासी सम्झनाहरु मानसपटलमा नाच्न थाल्छन् । ब्याडमिन्टन, क्रिकेट र फुटबलका कोरा सम्झनाहरु झलझली देखिन्छन् । हामी घाममा तात्तिएर बेहद खेल्ने गर्दथ्यौँ ।   जब सानी छोरी प्रेरणा `बाबा !' भन्दै मसँग झ्याम्मिन्छे तब मेरा दिनभरिका थकान र आलस्य निमेषभरमा निर्मूल हुन्छन् । जब छोरा प्रसन्न आफ्नो अध्ययनका लागि चाहिने सामग्रीहरुका सूची मेरो हातमा थमाउँछ । तब म व्यग्र भएर उसका आवश्यकताहरु पूरा गरिदिन्छु । यौटा नूतन खुशी प्राप्त हुन्छ । छोराछोरीका इच्छा आकांक्षाहरु पूरा गरिदिएर उनीहरुको अनुहारमा कोरिने सन्तुष्टि कैद गर्ने कुनै यन्त्र भएको भए म तपाईलाई देखाइदिने थिएँ ।   जीवनको यो परिधिभित्र मिलेका, मेरा सुक्ष्म अनुभूतिहरु यिनै हुन् । मैले अहिलेसम्म भोगेको अनि देखेको जीवन यही हो । यही काफी छ मलाई । प्रसन्नबाट बालसुलभ आदेश आयो, "बाबा ! मलाई जस्टिनको जस्तै साइकल ल्यादिस्यो । मलाई साइकल कुदाउन आउँछ ।" –"हुन्छ बाबु ! भरे अफिसबाट फिर्दा साइकल पसल छिरूँला ।" म भन्छु । "मलाई नि टेडी बियर ल्यादिस्यो है बाबा हजुर !" काखकी छोरी आफ्नो माग राख्छे । –"हुन्छ छोरी ! अनि तिमीचाहिँ साइकल सिक्दिनौ ?" म भन्छु । "नाइँ ! मलाई त डर लाग्छ ।" ऊ भन्छे । उनीहरुको बालमनोविज्ञान बुझेर म बोझिल हुन्छु । नारी र पुरुष बराबरी भनेर जति नै निर्विकार विचार राखिए पनि प्रकृतिले नै उनीहरुलाई अलग गरिदिने रहेछ । नारी–पुरुषोचित व्यवहार निमिट्यान्न पार्न नसकिने रहेछ । हामीले यिनीहरुका बीचमा असमनताका बीजहरु रोपिदिएका छैनौँ । यिनीहरुले गर्ने काम, कर्तव्य, अधिकार र दायित्व समानरुपले प्रतिस्थापन गरेका छौँ । तर खै कहाँ कैफियत रह्यो ?छोरो प्रसन्न ल्यापटप बोकेर अफिस गएजस्तो नक्कल गर्छ । छोरी प्रेरणा आमाको पछ्यौरीलाई साडी बनाएर भन्छे, "बाबा मलाई कस्ती देखियो नि ?"   साँझ साइकल पसलमा छिरेको थिएँ । प्रसन्नले आदेश दिएको थियो, "मलाई जस्टिनको जस्तै साइकल ल्याइदिस्यो है !" साइकल पसलको अगाडि हरियो चोली, हल्का आकाशे रंगको खुइलिएको साडी लगाएर उनी एउटा बाकसमा तम्तयार भएर बसेकी थिइन् । उनका हातमा टायर रिमुभर र पिलास थियो । उनको अनुहार हेरेँ, चाउरिँदै गएका गाला अनि ओठको छेउमा कालो कोठी । हेर्दा ३५/३६ नाघेकी जस्ती देखिन्थिन् । साँझ चर्को घाम लागेको थियो, लाग्थ्यो आगाका लप्काहरु जमिनमा बर्सिएका छन् । सायद `ग्लोबल वार्मिङ'को दुष्चक्र हुनुपर्छ । वातावरण सबै उजाडिएका छन् । प्रदूषित वातावरण अनि धुलो, धुवाँले सेरोफेरो विकृत, दुर्गन्धित भएको छ । जमिनमा गगनचुम्बी महलहरु ठडिएका छन् । सम्पूर्ण मानिसहरु भौतिकवादी भएका छन् । वातावरण सम्बद्र्धनमा को चाहिँ लाग्ला र ? दाताहरुले डलर पठाइहाल्छन्, सहयोगी हातहरु मनग्य छन्, कसलाई चिन्ता छ र !   उनले साडीको आँचलले आफ्नो शिर ढाकेकी छिन् । मेरो आँखा उनको शरीरभरी दौडियो । शरीरमा मांसको प्रतिशत दिनानुदिन घट्दो देखिन्थ्यो । सार्है कमजोरजस्ती देखिन्थिन् । उनले मलाई एकोहोरो हेरेको देखेर हठात् भनिन्, "के भयो भाइ ?" –"यो बास्केट साइकलमा जोडिदिनुपर्यो ।" आफूलाई सन्तुलनमा राख्दै मैले भनेँ । उनी स्क्रु ड्राइभर लिएर साइकलमा बास्केट जोड्न थालिन् । मैले उनको शरीरलाई एकचोटी सर्सर्ती नियालेँ । दिनहुँ साइकल मर्मत गर्न घाममा बसेर डढ्दै गएका काला छाला देखिन्थे । सुकेका वक्षमा कुनै आर्कषण थिएन । मानौं, उनका वक्षका उभारलाई घामका विकिरणले चुसेका छन् । म उनको यस्तो परिस्थिती देखेर व्यथित हुन्छु । मभित्रको मानवीय संवेदना नराम्ररी हुँडलिन्छ । कहाँ–कहाँ भित्री मुटुको कुनामा स्नेह पलाएर आउँछ ।  सोच्छु, पक्कै उनको जीवनमा ठुलै घटना घटेको हुनुपर्छ । उनको जीवनको कथा सुन्न व्यग्र हुन्छु । आफूले गर्न सक्ने सहयोग गर्न मनलाग्छ । उनको त्यो भयावह स्थिति देखेर मेरो हृदय बोझिल हुन्छ । अनि फेरि सोध्छु– "दिदी तपाईंको नाम के हो ?" –"किन नि ?" "त्यसै सोध्या । तपाई महिला भएर पनि साइकल मेकानिक हुनुहुन्छ नि ! मलाई साँच्चै उदाहरणीय लाग्यो ।" –"के महिला साइकल मेकानिक हुन सक्दैनन् र ?" "सक्छन् नि ! किन तपार्इंले सक्नुभएको छैन र ?" मेरो प्रतिप्रश्न थियो । –"तपाईं पत्रकार हो ?" "होइन । म एउटा एनजिओमा काम गर्छु ।" –".............................." "मेरो कोठा नजिकै छ । केही सहयोग चाहिए मलाई भेट्नु होला ।" –"आश्वासनको लागि धन्यवाद !" ०–०–० विहान १० बजे उही बासी घाम लागेको थियो । बाहिर निस्कन सक्ने अवस्था थिएन । त्यसो त शनिबार अफिस विदा थियो । म विदाको दिन अध्ययन गर्न रुचाउँछु । अरु दिन 'प्रोजेक्ट प्रिपरेसन' गरेरै समय बित्ने गर्छ । भर्खरै बजारबाट आएको बहुचर्चित नोरा रोबर्टस्को उपन्यास 'चेजिङ फायर'लाई सिनित्त पारेर, म ‘मेरी हिगिन्स क्लार्क'को उपन्यास 'आई विल् वाक अलोन' पढ्न सुरुवात गरेको थिएँ । कथा अपराध र अपहरणको सेरोफेरोमा घुमेको थियो । अहिलेको वर्तमान परिस्थितीसँग ठ्याक्कै मेलखाने कथावस्तु लाग्यो । अचानक, श्रीमतीजीको भान्साबाट आवाज आयो, "हजुरलाई कोही भेट्न आउनुभएको छ !" म अध्ययन कक्षबाट बाहिर निस्किएँ । भित्री शयनकक्षतर्फ लम्किएँ । मेरो एकाग्रता भंग भएकोमा रीस उठ्यो । शयनकक्षमा उही `नोस्टाल्जिक' अनुहार थियो । साँझमा भेटिएकी साइकल मर्मत गर्ने दिदी । उनी उही पोशाकमा मकहाँ आएकी थिइन् । मैले उनलाई सोफामा बस्न भनेँ । श्रीमतीजी  चिया/चमेनामा लाग्नुभयो । उनले गला साफ गर्दै भनिन्, "सुनेकी छु, तपाईँको संस्थाले एकल महिलालाई आर्थिक सहयोग गर्दैछ रे । मलाई नि सहयोग गर्नुपर्यो है सर !" –"हाम्रो प्रोजेक्ट भनेको एकल महिलाहरुको चौतर्फी विकासका लागि हो । त्यसका निम्ति तपाईंले आफ्ना बारेमा मलाई बताउनुपर्ने हुन्छ । यसै अनुरुप 'केस–स्टडी' तयार भएर हेडअफिस पुयाइन्छ । अनि सहयोगबारे निर्णय हुन्छ ।" मैले प्रक्रियागत शैलीमा भनेँ । "हवस्, म सबै कुरा भन्छु ।" उनले स्वीकारोक्ति जनाइन् । –०–०–०   "मेरो कस्तो पन्क्चर जिन्दगी जसलाई मैले टाल्नै सकिनँ । जीवनमा दिनप्रतिदिन ठुला भ्वाङ परिरहे । साइकलको टायर–ट्युब टालेर पोख्त भएकी म आफ्नो जिन्दगीलाई किञ्चित् टाल्न सकिन । रिस, द्वेष, पीर, वेदनाले टालेँ, तर टालिएन । आशा, भरोसा अनि प्रेमले टाल्न खोजेँ, अहँ टाल्न सकिनँ । दिनानुदिन फाट्दै गए जीवनका धाँजाहरु । जीवन विकृत बन्यो । कस्तो दारुण नियतिको सामना गर्नुपर्यो मैले । लाग्थ्यो, भावीले छैठीका दिन यही नियति कोरिदिएका रहेछन् ।"   पढ्ने काम छोडेर मैले ठिकै गरेछु । म उनको कण्ठबाट एउटा बीभत्स जीवन पढ्दै थिएँ । तपाईंले पक्कै थाहा पाउनुभयो होला उनी कति शक्तिशाली कथाकार रहिछन् । उनले आफ्नो यथार्थ जीवन–कथा मलाई भन्दै थिइन् । उनी जीवनको रणभूमिमा अनायासै परास्त भएकी एउटी अरक्षित महिला थिइन् जसलाई म व्यथित हुदैँ सुन्दै गएँ–   –"म सानैदेखी फुपुसँग हुर्किएकी एउटी थारू केटी हुँ । म पाँच वर्षको हुँदा मेरा बाबा क्षयरोगले ग्रस्त भएर बित्नुभयो । उहाँ अचाक्ली रिक्सा कुदाउने गर्नुहुन्थ्यो । नकुदाएर पनि के चाहिँ गर्नु र ? बुवाको मृत्युपछि आमा एक्ली हुनुभयो । घरका सम्पूर्ण जिम्मेबारीहरु उहाँमाथि थोपरिए । घरमा आर्थिक संकट आएपछि उहाँ घर निर्माण व्यवसायको कुल्ली काममा जान थाल्नुभयो । एकदिन उहाँ इट्टाहरु बोकेर ५ तलामाथि जाँदै हुनुहुन्थ्यो । अचानक बाँसको भ¥याङबाट चिप्लिएर उहाँ लड्नुभयो  । माथिबाट झरेका इट्टाहरु उहाँका टाउकोमा बजारिए । उहाँको घटनास्थलमै ज्यान गयो । आमाबाबाको मृत्युपछि म नितान्त एक्ली भएँ । मेरी एकमात्र सहारा, मेरी फुपूको घरमा बस्न थालेँ । मैले बाल्यकालका धेरै समय फुपूसँगै बिताएँ । ममा यौवनावस्था चढ्दै थियो । मलाई फुपूले सात कक्षासम्म मात्र पढाउन सक्नुभयो । उहाँको जीवन पनि गरिबीले ग्रस्त थियो । उहाँ आफैँ निर्धो हुनुहुन्थ्यो । फुपाजु गाउँकी एउटी थरूनीलाई टिपेर भारत भासिएका थिए । उनलाई फुपूको कहिल्यै चिन्ता भएन र थिएन पनि । फुपू आफ्ना साना दुई छोराछोरीलाई पाल्दै हुनुहुन्थ्यो । उहाँ पनि गाउँकी अन्य महिलाजस्तै घर निर्माणमा काम गर्नुहुन्थ्यो । गाउँका सबै तरुनी केटीहरु घर निर्माणमा काम गर्दथे । म पनि काम गर्न हौसिएँ । म फुपूले काम गरेतिर जान थालेँ । हामी गाउँका १०/१५ जना केटीहरु मिलेर साइकलमा साइटतिर जाने गर्दथ्यौँ ।   केलाल ठाकुरलाई मैले पहिलोचोटि यौटा साइकल पसलमा देखेकी थिएँ । ऊ त्यहीँ साइकल मेकानिक थियो । हामी दिनहुँ उसको पसलमा पम्प हालेर साइटतर्फ लाग्थ्यौँ । । केलाल खालि पान चपाइरहन्थ्यो । उसका दाँत पानले गर्दा राता भएका थिए । उसको अनुहार विरुप थियो । शरीरमा मयल ढाडिएको देखिन्थ्यो । महिनादिन ननुहाएकोजस्तो देखिन्थ्यो । कपाल जिङग्रिङ्ग थियो, मानौ उसको कपालले लामो समयदेखि काइँयो र तेलको सामिप्यता पाएको थिएन । मलाई झट्ट हेर्दा उसको अनुहार घीन लाग्थ्यो ।   कहिलेकाँही उसले मेरो साइकल मर्मत गर्दा पैसा लिदैथ्यो । ऊ भन्थ्यो, "तुम मेरी सहेली हो । सहेली से पैसा लेना पाप है ।" अक्सर म एक्लै हुदाँ ऊ मलाई पानीपुरी अनि आलुनिम्की खुवाउँथ्यो । कुल्फी, आइसक्रिम खान नमान्दा हदैसम्म गर्दथ्यो । मेरो साइकलमा चाबी लगाएर आफ्नो गोजीमा राख्थ्यो । खोस्न पनि सक्दिन थिएँ । ऊ सयका पाँचवटा हरिया नोट निकाल्दै भन्थ्यो, "तुम बहुत सुन्दर हो । यिसे अपनी पास रखना । जरुरत पडे तोह खर्च करना ।" उसले जे भन्छ मैले त्यो मान्नुको विकल्प थिएन । म एकप्रकारले थिचिएकी/किचिएकी थिएँ तर मलाई यौटा नूतन अनुभूति हुन्थ्यो । एउटा प्राप्ती ! खै कहाँ के नपुगेको !   एकदिन त अनौठो भयो । मलाई फुपूले आफ्नो कोठामा बोलाउनुभयो । म फुपूको कोठामा गएँ । ताज्जुब लाग्यो । ऊ फुपूको छेऊ बसेको रहेछ । फुपूले मलाई कुर्सीमा बस्न इसारा गर्नुभयो । उहाँले भन्नुभयो, "यिनले तँलाई मन पराउँछन् रे ! तँलाई सुखसँग राख्छु भन्छन् । मलाई नि तेरो जीवन सुखी भएको हेर्न मन छ । यस्तो श्रमजीवी कहीँ पनि पाइँदैन । तेरो जीन्दगी हाँसखेल गर्दै बित्छ । के भन्छेस् तँ ?" फुपूको त्यो प्रश्नमा यौटा अभिभावक दायित्वको पृष्ठभूमि मिसिएको थियो । मैले स्वीकारोक्तीमा टाउँको हल्लाए । ऊ खुशीले ओतप्रोत भएर भन्यो, "मैँ तुमको खुश रखुँगा । तुमको जिन्दगीभर साथ दुङ्गा ।"   उनको दारुण कथाले म विष्फोटित भएँ । म टुक्रा–टुक्रामा विभाजित भए । जसरी एउटा सीसा ढुङ्गामा परेर टुक्रिन्छ । मैले जीवनभर नदेखेको/नभोगेको दुःख उनले भोगेकी रहिछिन् । म अद्र्धमुच्र्छित हुन्छु, मेरो चेतना गुम्छ । उनलाई हेर्छु, उनी पसिनाले भिजेकी छिन् ।  उनी साडीको आँचलले आफ्नो गाम्भीर्य अनुहार पुस्छिन् । उनको अनुहार मरुभूमिको बालुवाजस्तो सुख्खा प्रतीत हुन्छ । निस्सार !   –”विवाहपछिका हाम्रा दिनहरु सुखपूर्वक बित्न थाले । हाम्रो प्रेम बढ्ता भएर पोखिएको थियो । उनी विहान खाना खाएर साइकल पसल जान्थे । म कोठामा एक्लै बस्थेँ । सधैजसो काममा काम गरिरहने म, काम नगर्दा कस्तो अनुभूति हुन्छ भन्ने कुरा तपाईलाई थाह होला । उनका कोही आफन्त थिएनन् । जससँग म गफ गर्न सकूँ । उनि भारतबाट काम सिकेर नेपाल छिरेको बताउँथे । मेरो न्यास्रोपना मेट्न म पनि उनिसँग पसल जान थाले । आफूलाई काम सिकाउन आग्रह गरेँ । उनले मलाई सिकाए । केही महिनाको दौरानमा मैले टायर/ट्यूब/पन्चर टाल्न सिकेँ । पाङ्ग्राका भाँचिएका स्पोक बदल्न, साइकलको ब्रेक कस्न/बदल्न मैले सिकेँ । लगातार ६ महिनाको कठोर परिश्रमबाट म निपूर्ण मेकानिक बनेँ । अब हामी दुवैजनाई सजिलो भयो । दुवैजना मिलेर कमाउन थाल्यौँ । सबै ग्राहकहरु हामीतिर सोहरिए ।   तर जीवन कहाँ धाराप्रवाह बग्दो रहेछ र ! तेरो जीवनको पाङ्ग्रामा ठुलो दुलो पर्यो, टाल्नै नसकिने गरी । उनि रक्सी खाइरहन्थे । मैले नखान स्वास्थ्यलाई हानी गर्छ भनेकी थिएँ  । तर उनि मबाट लुकेर रक्सीको शोखी नै बनेछन् । एकदिन उनि विषम बिरामीमा परे । डाक्टरलाई देखाउँदा उनलाई क्षयरोग भएको रहेछ । अझै उनले रक्सी खान छोडेनन् । क्षयरोगको उपचार गराएँ । उनलाई अलि बिसेक हुदैथियो । लगत्तै उनलाई जण्डिस् लाग्यो । क्षयरोग र जण्डिस्ले उनि कामै गर्न नसक्ने भए । त्यसपछि उनको शरीरमा पत्थरी पनि देखा पर्यो । क्रमैसँग पत्थरीपछि उनको पेटमा पानी जम्यो । मैले चन्दा उठाएर इलाज गरेँ । त्यैपनि उनलाई सन्चो भएन । हस्पीटलबाट उनलाई घरमा ल्याएर राखेँ । घरको आर्थिक संकट् र उनको उपचारको लागि म साइकल मर्मत गर्न निस्किए ।  उनलाई मैले पूर्ण हेरचाह गर्न सकिनँ । म काममा दौडिनुपथ्र्यो । त्यतिखेर मलाई आफन्त नभएको पीडा महसुस भएको थियो । मैले कसैको आड, भरोसा पाइन त्यसबेला । त्यसलगत्तैको उनको पेटमा पानी जम्यो । मैले केही पैसा खोजखाज गरेर उनको अप्रेसन गराएँ । अप्रेसन पछाडि उनको जीउ पूरै सुन्नियो । मसँग एकपैसा थिएन । त्यसपछि आफ्ना सम्पूर्ण गरगहना, मंगलसुत्र बेचेर हस्पीटलमा उनलाई आकस्मिक कक्षमा राखेर उपचार गराएँ । त्यतिखेर हस्पीटलमा मलाई औषधी किन्ने समेत पैसा भएन । सार्है लाचारीको नियति भोग्नुपर्यो मैले । अन्तः एक विहानी उनले मलाई एक्लै छोडी यस संसारबाट गए ।   म तिनताका एकदमै विव्हल भएँ । भेट्नो चुडिएको फल जसरी खस्दै गएँ । नियतिले मेरो लागि हृदयमा पुर्न नसकिने खाडल पारिदियो । उनको देहान्तपछि म पुनः काममा फर्किए । काखको सानी छोरी रेखाको पालनपोषण समय व्यतित थर्न थाले । के गर्नु भाइ ! जतिसुकै ठुलो व्यथा भए पनि हामी नारीले थामिनुपर्ने रहेछ । अहिले रेखा १० वर्षकी भइसकेकी छे । अब यसलाई गतिलो शिक्षा प्रदान गरेर मेरो जीवनलीला समाप्त पार्ने निष्ठुर रहर छ । मलाई दिनप्रतिदिन बुढ्यौलीले छुदैछ । पहिलाजस्तो काम गर्न पनि सक्दिन । श्रीमान्को उपचारका लागि लिएको ऋण अझै ५० हजार तिर्न बाँकी छ । तपाईंको आड पाएँ भने यौटा किराना पसल खोलेर अबको जीवन काट्ने थिएँ ।   म उनको दारुण कथा सुनेर पूर्णतः व्यथित हुन पुग्छु । मेरा आँखाबाट बलीन्द्र आँसुका धारा टलपल गदै बग्न थाल्छन् । श्रीमतीजी टाउको निहुँर्याएर सुकसुकाउन थालिछन् । उनी कतिखेर आइन्, थाहै पाइनँ । अनि म वाष्पकण्ठले उनको लागि फारम भर्न थालेँ– "तपाईंको नाम ?" –"उजेली थारु ।"
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login