कान्तिपुर टिभीको सहित केही सवारी साधनमा आगजनी


काठमाडौ, जेष्ठ १३ - विभिन्न संघसंगठनहरुले आव्हान गरेको बन्दको प्रभाव राजधानीमा बिहानैदेखि परेको छ । बन्दकर्ताले कान्तिपुर टेलिभिजनको गाडी सहित अन्य केही सार्वजनिक सवारी साधनमा आगजनी गरेका छन् ।
वनस्थलीमा कान्तिपुर टेलिभिजनको गाडीमा आगजनी गरिएको छ । पुतली सडकबाट मोटरसाइकलमा पछ्याउँदै आएको केही तीन जनाले उक्त गाडीमा आगजनी गरेको हो । चुरे भावर राष्ट्रिय एकता पार्टी(हिमालयभक्त प्राधानाङ अध्यक्ष रहेको) ले बन्दको अवज्ञा गरेको भन्दै  केही गाडी जलाइएको जिम्मेवारी लिएको छ । संविधानसभाबाट संविधान निर्माण नभएको खण्डमा संविधानसभा विघटन गरी नागरिक समाजको नेतृत्वमा राष्ट्रिय सरकार गठन हुनेपर्ने उक्त पार्टीले माग गरेको छ । 
त्यस्तै,लोकन्थलीमा नेपाल यातायात,मैतीदेवीमा माइक्रोबस तथा बसुन्धरामा एउटा ट्याक्सीमा आगजनी गरिएको छ ।
महानगरी प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी माधव नेपालले बिहान ५ बजेको समयमा राजधानीमा तीनवटा सवारी साधनमा आगजनी गरिएको बताए । आगजनीमा संलग्न रहेको आशंकमा दुई जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ ।
कान्तिपुर टिभीको बा.५.च.९३७५ नम्बरको मारुती भ्यान,जडीबुटीमा बा.१.ख ७३२४ नम्वरको नेपाल यातायात र डिल्लीबजारमा बा.१.ज ६२५५ नम्बरको माइक्रोबसमा आगजनी भएको एसएसपी नेपालले जनाए । त्यस्तै वसुन्धरामा एउटा ट्याक्सीमा क्षति पुर्‍याइएको छ । कान्तिपुर टिभीको गाडीमा आगजनी गरिएकोमा नेपाल पत्रकार महासंघ कान्तिपुर शाखाले उक्त कार्यको बिरोध गर्दै दोषी उपर कारवाहीको माग गरेको छ ।
धनकुटा/यसैबीच ब्राम्हण समाज नेपाल र खस क्षेत्री एकता समाज आदिवासी जनजातीले गरेको बन्दको कारण पूर्वाञ्चलका सबै जिल्लाको जनजीवन प्रभावित भएको छ ।
नयाँ संविधान निर्माण गर्न र खस क्षेत्रीलाई आदिवासी जनजातीमा समेट्नु पर्ने,खसान राज्य कायम गर्न, जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व गराउन लगायत माग राख्दै खस क्षेत्र एकता समाजले आज एक दिने बन्दको आव्हान गरेको विज्ञप्ति मार्फत जनाएको छ । यसैगरी नागरिकलाई जातका आधारमा विभेद नगर्न, राज्य पुनसंरचनालाई जातिय आधारमा नबनाउन, जातिय सद्भाव र राष्ट्रिय एकता कायम गर्न, शान्ति र संविधान निर्माण लगायत १० सुत्रीय माग राख्दै बन्द आव्हान गरिएको जनाएको छ । बन्दको असर पुर्वका १६ जिल्ला सदरमुकाम तथा मुख्य बजारमा परेको छ ।
दुवै जातीय समुहले गरेको बन्दका कारण कोसी राजमार्गको धरान-धनकुटा सडक खण्ड हुँदै सञ्चालन हुने धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुममा यातायात ठप्प रहेको छ । शिक्षण संस्था, उद्योगकारखाना, बजार पसल समेत बन्द भएका छन् ।
चितवनमा पनि ब्राम्हण समाजले गराएको बन्दले जनजीवन प्रभावित बनेको छ ।


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login