नेताद्वारा हतियार देखाएर १२ वर्षीया बालिकालाई 'बलात्कार’

रामनारायण विश्वास  सप्तरी, १४  जेठ : जिल्लाको कमलपुर-२ का जगदीश यादवले भरुवा बन्दुक देखाएर मार्ने धम्की दिँदै एक बालिकाको बलात्कार गरेका छन् । यादवले कमलपुर-२ की एक १२ वर्षीया दलित बालिकालाई घरमै गएर बलात्कार गरेका हुन् । ३१ वषर्ीय यादव एकीकृत माओवादीका जिल्ला संगठन समितिको सदस्य रहेको पीडित परिवारको दाबी छ ।  आमाबुबा घरमा नभएको मौका छोपी मार्ने धम्की दिँदै बलात्कार गरेको पीडित बालिकाले बताइन् । '६ जेठ राति कमलपुर-२ का जगदीश यादव र प्रभु खानले मलाई पाँच सय रुपैयाँ दिएर यौनसम्पर्क गर्न प्रस्ताव गरे, मैले नमानेपछि जगदीशले बन्दुक देखाउँदै जबर्जस्ती गरे,' शुक्रबार राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि आएकी बालिकाले भनिन्, 'पछि जगदीशलाई उनका सहयोगी प्रभुले त्यहाँबाट लिएर गयो, घरमा पाँच सय रुपैयाँ फ्याँकिदियो ।' घटनाबारे कसैलाई भने मार्ने धम्की दिएको उनले बताइन् । 'कसैलाई भनिस् भने मार्छु भनेका छन्,' उनले भनिन् ।  बलात्कृत बालिकाको शुक्रबार मात्रै उपचार गराइएको छ । स्वास्थ्यस्थिति गम्भीर बन्दै गएपछि स्थानीय केही व्यक्तिको सहयोगमा उनको उपचार गराइएको हो । 'यादवले घटनाबारे कसैलाई भनिस् भने तेरो बिहे हुने ठाउँसम्म पुगेर मारिदिन्छु भनेका छन्,' 'उनले भनिन्, 'जगदीशले आफू र आफ्नो परिवारका सदस्यलाई समेत घटना ढाकछोप नगरे ज्यान मार्ने धम्की दिँदै आएको छ ।'  बलात्कृत बालिकाका बुबाले आफूहरू आफन्तको बिहेमा गएको मौका छोपी जगदीशले छोरीलाई हतियार देखाएर ज्यान मार्ने धम्की दिँदै बलात्कार गरेको बताए । उनले जगदीश र प्रभुविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनपुरमा जबर्जस्ती करणी र शान्ति-सुरक्षासम्बन्धी उजुरी दिएको बताए । आफन्तको घरबाट घटना भएको तीन दिनपछि मात्रै आएकाले ढिलो प्रहरीमा उजुरी दिएको उनले बताए । 'गाउँकै प्रधानपञ्च नेमनारायण यादवले तीन दिनसम्म पञ्चायती बोलाए पनि पीडकहरू नआएपछि बिहीबार इलाका प्रहरी कार्यालय कञ्चनपुरमा घटनाबारे जानकारी गराएको र शुक्रबार चेक जाँच गराउन अस्पताल ल्यायाँै,' उनले भने ।   यसैबीच, पीडक यादव एकीकृत माओवादी सप्तरीका जिल्ला संगठन समितिका सदस्य रहेको पीडित परिवारको दाबी छ । उनीविरुद्ध प्रहरीमा उजुरी दिए पनि पीडक गाउँमा खुलेआम घुमिरहेको बालिकाका बुबाले बताए । इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक रमेश तामाङले घटना गम्भीर प्रकृतिको भएकाले आवश्यक अनुसन्धान थालिएको बताए ।        'मेरो बिहेमै आएर मार्छु भनेका छन्’  पीडित बालिका  जेठ ६ गते बुबाआमा बिहानै बिहेमा जानुभयो । घरमा म र मभन्दा कान्छा दुईजना भाइबहिनी मात्र थियौँ । हाम्रो गाउँतिर चोरले बाख्राबाख्री चोरेर लैजान्छ । बुबाआमा पनि घरमा नभएर म गोहाली -गोठ)मा बाख्राबाख्रीको सुरक्षाका लागि त्यहीँ सुत्ने भनेर गयौँ । सुत्नुअगाडि म गुन्द्री -चटाई) बनाउन लागँे ।   राति करिब १० बजेको थियो । जगदीश यादव र प्रभु खान मेरो घर आए । र, मसँग के छ ? तिम्रो खबर ? भनेर कुरा गर्दै म बसेको ठाउँमै टाँसिएर बस्यो । 'ठीकै छ, तपाइर्ंहरू किन आउनुभएको ? बुबाआमा हुनुहुन्न,' मैले भनेँ । त्यत्तिकैमा जगदीशले आफ्नो प्याकेटबाट पाँच सय रुपैयाँको नोट झक्िदै मलाई दिन थाल्यो र भन्यो, 'मलाई यौनसम्पर्क गर्न देऊ ।' मैले नमानेपछि मलाई जबर्जस्ती मुख थिचेर बन्दुक देखाउन थाल्यो । यदि, नाइँ भन्छ्यौ भने मार्छु भन्यो । उनले जबर्जस्ती गर्‍यो । त्यसपछि जगदीशलाई उनीसँगै आएका प्रभुले लिएर गयो र मेरो घरमा पाँच सयको नोट फ्याँकिदियो । यस्तो भएर म डरले काप्न थालेँ । रातभरि सुतिनँ । तीन दिनपछि बुबाआमा आएपछि मैले सबै कुरा भनेँ । बुबाले गाउँको प्रधानपञ्च -गाविसका निवर्तमान अध्यक्ष) नेमनारायण यादवलाई घटनाबारे जानकारी गराउनुभयो ।  प्रधानपञ्चले पनि तीन दिन पञ्चायती बालाए, तर उनीहरू पञ्चायतीमा आएनन् । त्यसपछि बुबाले गाउँकै केही व्यक्तिको सहयोगमा शुक्रबार इलाका प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दियो । मलाई अहिले पनि जगदीशले ज्यान मार्ने धम्की दिइरहेको छ । जगदीशले मलाई तिम्रो बिहे हुने ठाउँसम्म पनि पुगेर तिम्रो हत्या गरिदिन्छु भनेर धम्की दिँदै आएको छ । उनले मेरो बुबाआमालाई पनि मार्ने धम्की दिइरहको छ । घटना भएदेखि नै मेरो घर रहेको टोलका बासिन्दाले रातभरि उनकै डरले सुत्न पाएका छैनन् । 


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

1 commentaires

  1. JANTALE PALEKO SADE TA HO TYASO TA GARI HALCHHA NI

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login