पर्खाल खस्दा किचिएर छोरीको मृत्यु, आमा घाइते

मिथिलेश यादव, सिरहा, जेठ १४- सिरहाको रामनगर मिर्चैया-३ स्थित एक निजी पेट्रोल पम्पको पर्खाल खस्दा शनिबार किचिएर एक बालिकाको मृत्यु भएको छ। उनकी आमासहित दुई जना घाइते भएका छन्। घटनामा टेकनारायण साहकी २ वर्षीया छोरी कविता साहको मृत्यु भएको हो।      शिला ट्रेड लिङ्क नामक पेट्रोल पम्पको पछाडिको पर्खाल खस्दा टाँसिएकै घर भएका टेकनारायाणकी छोरीसहित तीन जना च्यापिएका थिए। च्यापिएको अवस्थामा इलाका प्रहरी कार्यालय मिर्चैयाको प्रहरी टोली उद्दार गर्ने क्रममा पुगेको थियो तर बालिकाको मृत्यु भइसकेको थियो। उनकी आमा सरितादेवी र अर्की फरिदा खातुनलाई भने घाइते अवस्थामा उद्दार गरिएको प्रहरी निरीक्षक बासुदेव खतिवडाले बताए।  घाइतेको उपचार मिर्चैयास्थित निजी नर्सिङ होममा भइरहेको र अवस्था खतरामुक्त रहेको खतिवडाले बताए। बिहानदेखि परेको वर्षाका कारण पर्खाल भत्केको प्रहरीले बताए। नयाँ निर्माण गरिएको पर्खाल राम्ररी सेट नभएकाले भत्केको प्रहरीको प्रारम्भिक अनुमान छ।  अचानक आएको पानीले घरबाहिर रहेको सामान भित्र सार्ने क्रममा हेर्दाहेर्दौ पर्खाल खस्यो, काखमा रहेकी छोरीसहित मलाई पनि किचे- घाइते सरिताले भनिन्। पर्खाल खसेको देख्दादेख्दै जिउंमै आएर थिच्यो, त्यसपछि केही पत्तै पाइन्- उनले भनिन्। अस्पतालको सैय्यामा उपचार गराइरहेकी उनी, घरीघरी छोरी खोजिरहन्छिन्।  उनका पति रोजगारका क्रममा बाहिर रहेको प्रहरीले जनाएको छ। अर्की घाइते फरिदाले भनिन्- पानी पर्न थाले पनि बरन्डामा ओत लागेकी थिएँ, अचानक च्यापिएँ, केही पत्तै पाइन्।


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login