हतियार राज्यलाई बुझाउ, संविधानसभाको म्याद छ महिना थपः नागरिक समाज

 काठमाडौ, १२ जेठ । नागरिक समाजका अगुवाहरुले क्यान्टोनमेन्टमा रहेका हतियार र  ाज्यलाई बुझाएर मात्र संविधानसभाको म्याद थप्न सुझाव दिएका छन् ।  
शान्ति र संविधानको अभियान अन्र्तगत रिपोर्टर्स क्लब नेपालले बिहीबार राजधानीको  शान्ति बाटिकमा गरेको बृहद नागरिक दवाव सभामा बोल्दै नागरिक समाजका अगुवाहरुले  हतियार राज्यलाई नवुझाएसम्म जति पटक संविधानसभाको म्याद थपे पनि संविधान  नबन्ने भएकोले तत्काल कन्टेनरको चावी सरकारलाई बुझाएर संविधानसभाको  म्याद छ महिना थप्नु पर्ने बताएका हुन ।  उनीहरुले हतियार अझै माओवादीले आफ्नो नियन्त्रणमा राखिरहने हो भने  कालान्तरमा त्यसले नै माओवादीलाई सक्ने चेतावनी पनि दिए ।  सभामा बोल्दै मानवअधिकारबादी सुवोधराज प्याकुरेलले पार्टीमा गुण्डा र बाउन्सर  हरुलाई राख्दा उपाध्यक्ष डा बाबुराम भट्टराईलाई मार्ने सम्मको धम्की  आएको उदाहरण दिदै अझै हतियार राखिराखे त्यसले माओवादीलाई नै सक्ने चे  तावनी दिए ।  उनले अहिलेसम्म उधारो सम्झौता मात्र भएको भन्दै अब यस्तो सम्झौताले  भन्दा पनि तत्काल शान्ति प्रक्रिया टुङग्यान कन्टेनरमा रहेका हतियारको चावी सरकार  लाई बुझाउनु पर्ने धारणा राखे । उनले माओवादीका हतियारहरुलाई सडकमा राखेर  रोलरले पेलेर नष्ट पार्नु पर्ने बताए ।  सभासदहरु दाम्लोले बाधिएका भेडा जस्तो भएको भन्दै उनले २९ दलका शिर्ष ने  ताले गरेको निर्णय अनुसार नै हुने भए सभासदहरुको औचित्य समाप्त भईसकेको दावी  पनि गरे । उनले भने–अब सभासदहरुले आफ्नो औचित्य पुष्टि गर्नुपर्छ ।  अर्का मानवअधिकारवादी सुशिल प्याकुरेलले हतियार भएको दल र हतियार विहीन नेपाली  जनता सँगै जानै नसक्ने भन्दै माओवादी निशस्त्र नभएसम्म जतिपटक संविधानसभाको  म्याद थपिए पनि संविधान बन्न नसक्ने ठोकुवा गरे ।  उनले आफै राज्यमा बसेर हतियार राज्यलाई बुझाउँदा आत्मसर्पण हुन्छ  भन्ने माओवादी तर्क कुर्तक भएको दावी गर्दै भने– सरकारको नेतृत्व लिने, सरकार  चलाउने, संविधानसभामा सबैभन्दा ठूलो पार्टी हुने अनि दुश्मन चाही को नी ?  नेपाल बार एसोसिएसनका अध्यक्ष प्रेमबहादुर खड्काले बृहद शान्ति सम्झौ  ताको पालना गरेर हतियार राज्यलाई बुझाएर शान्ति प्रक्रिया निश्कर्समा पुग्ने  सुनिश्चितता गर्नु पर्ने भन्दै गरेका सम्झौताबाट दलहरु पछाडि हडे नेपाली  जनता सडकमा आउने चेतावनी दिए । पछिल्लो पटक थपिएको संविधानसभाको म्याद  असम्बैधानिक भएको भन्दै अब संविधानसभाको म्याद नथपिए पनि केही नहुने ठो  कुवा गरे । उनले भने–हामि सबै ठिक ठाँउमा बसे जेठ १४ गते पछि केही हुने वाला छै  न।  पत्रकार कनकमणी दिक्षितले शान्ति प्रक्रिया निश्कर्समा नपुगेसम्म, लडाकुका शिविर  भंग नभएसम्म कुनै पनि हालतमा लोकतान्त्रिक संविधान निर्माण हुन नसक्ने ठो  कुवा गर्दै भने– लोकतान्त्रिक संविधान निर्माणमा अहिले एउटै अवरोध छ । कन्टे  नरको साँचो विशेष समितिलाई बुझाउनुहोस । जेठ १४ पछिको अवस्था भयावह नहुने  उल्लेख गर्दै शान्ति प्रक्रिया टुङगोमा पुर्याउने राष्ट्रिय सहमतिको सरकार गठन गने र्  सर्तमा संविधानसभाको म्याद थपिनु पर्ने उनको धारणा थियो ।  अर्का बरिष्ठ पत्रकार हरिहर विरहीले अहिलेको निकासको मुख्य चुरो शान्ति प्रक्रिया  भएको भन्दै संविधान निर्माण गर्ने हो भने माओवादीले हतियार राज्यलाई  बुझाउनु पर्ने बताऐ । 

अहिलेको अवस्थामा संविधानसभाको म्याद नथपिनुको जिम्मे  वारी सम्पूर्ण रुपमा माओवादीले लिनु पर्ने तर्क विरहीका थियो ।  उहाँले जनआन्दोलनको उपलब्धि रक्षा गर्न पनि हालसम्म गरेका सम्झौता प्रति  ईमान्दार भएर शान्ति प्रक्रिया निश्कर्समा पुर्याउँदै संविधानसभाको म्याद थपनु  पर्ने तर्क गरे ।  मानवअधिकारबादी सुदिप पाठकले पनि संविधानसभाको म्याद थप्नु अघि क्यान्टोनमे  न्टमा रहेको हतियार राज्यलाई बुझाउनु पर्ने भन्दै जनतालाई शान्ति कायम  हुन्छ भन्ने विश्वास दिलाएमात्रै संविधानसभाको म्याद थप्न जनताले मन्जुरी दिने  दावी गरे । उनले भने–जनताको अविश्वासलाई विश्वासमा बदल्नु पर्यो । 
त्यसकोलागी  शान्ति प्रक्रियालाई निश्कर्समा पुर्याउनु पर्यो ।  चिकित्सक केदारनरसिह केसीले १२ बुँदे सम्झौताको ईमान्दर कार्यान्वयन  नभएकोले नै अहिलेको विकृति आएको दावी गर्दै सम्झौता अनुसार छिटो हतियारको  ब्यवस्थापन गरेरमात्र संविधान निर्माण गर्न सकिने बताए ।  उनले भने– बाँकी दिनमै हतियारको टुङगो लगाऔ र संविधान निर्माणमा लागौ  । संविधान नबने फेरि नेपाली जनता सडकमा आउछन ।  केसीले हतियारको ब्यवस्थापन गरेरमात्रै संविधानसभाको म्याद थपेर संविधान निर्माण  गर्नु पर्ने तर्क गरे उनले नागरिक समाजलाई पनि पार्टीभन्दा माथि उठन आब्हान  गरे । 

 नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष सुरेस बस्नेतले सहमतिमा मुलुकको अन्यौलता  हटाउन दलहरुसँग आब्हान गर्दै बन्द हडतालबाट जनता आजित भएको बताए ।  नेपाल बारका पूर्व उपाध्यक्ष शेरबहादुर केसीले सर्वोच्च अदालतको फैसलाले  संविधानसभाको म्याद थप्ने बाटो बन्द भएको भन्दै दलहरुले हतियार ब्यवस्थापन  गरेर राजनीतिक सहमतिको आधारमा संविधानसभाको म्याद थपेर संविधान निर्माण गर्नु  पर्ने बताए ।  मानवअधिकारबादी चरण प्रसाईले म्याद नथप्दा केही नहुने भन्दै त्यसको धेरै  विकल्प रहेको धारणा राखे ।  कलाकार जितु नेपालले संविधान बन्ने नबन्ने ग्यारेन्टी गरेर मात्रै संविधानसभाको  म्याद थपिनु पर्ने भन्दै डर र त्रासको बातावरणको अन्त्य गरेर संविधान निर्माण  गर्नुपर्ने बताए ।  कलाकार किरण केसीले नेताहरुले जिम्मेवारी पुरा नगर्दा मुलुक अप्ठ्यारोमा परेको  भन्दै नेताहरुलाई दलगत स्वार्थभन्दा माथि उठन आग्रह गरे ।  शिक्षक संघका मोहन ज्ञावलीलाई लडाकुको हतियार राज्यलाई बुझाएर प्र  धानमन्त्री झलनाथ खनाललाई हटाएर सहमतिको सरकार गठन गरेर संविधानसभाको  म्याद थप्नु पर्ने धारणा राखे ।  द्धन्द्धपीडित सेना प्रहरीका तर्फबाट सुर्य घिमिरेले द्धन्द्धको घाउ नभरि  एसम्म संविधान निर्माण गरे पनि कसैले नस्विकार्ने चेतावनी दिए ।  धर्मगुरु रामप्रपपन्नाचार्य ऋषि गुरुले बुद्धका सन्तान नेपाली जनताले हतियार र हिंसा  नचएको दावी गर्दै देश नीतिमा चल्नु पर्नेमा अहिले दलहरुको रुचिमा चलिरहेको  बताए।  अभिभावक संघका अध्यक्ष सुप्रभात घिमिरेले जनताले शान्ति र संविधान चाहेको भन्दै  माओवादीको हतियार राज्यलाई बुझाएर तीन महिना संविधानसभाको म्याद थप्नु  पर्ने सो अवधीमा संविधान नबने ताजा जनादेशमा जानु पर्ने धारणा राखे ।  सभाका सभापति एवम् रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले दलहरुलाई  पूर्व सहमति कार्यान्वयन गर्दै सहमतिमा संविधानसभाको म्याद थपेर नयाँ संविधान  निर्माण गर्नु पर्ने धारणा राखे । उनले दलहरुलाई ठिलो नगरी छिटो सहमति गरेर  नेपाली जनतामा बढ्ेको अन्यौलता र अनिश्चितता तत्काल अन्त्य गर्न आग्र पनि गरे ।
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login