पिपलडालीटोलमा खानेपानी योजना सम्पन्न पोखरा

 खानेपानी समस्याले पिरोलिएका पिपलडालीबस्ती सराङ्गकोट ( ९ मा खानेपनीको समस्या समाधान भएपछि स्थानियबासी हर्षित भएकाछन । बिभिन्न जिल्लाबाट सो स्थानमा बसोबास गर्दै आएका करिब १८० घरधुरी रहेको भुमिहिन, सिमान्तकृत बर्गलाई बिभिन्न निकायबाट आर्थिक तथा भौतिक सहयोग प्राप्त भएपछि खानेपानीको समस्या समाधान भएको हो । करिब ७ किमी टाढा मुहान रहेको ठोटनेखोलाबाट ल्याइएको खानेपानी योजनाका लागी बेलायती नागरिक मिसाल स्पेन्जबाट रु ३ लाख ५० हजार,सराङ्गकोट गाबिसबाट रु २ लाख ५० हजार , नगर बिकासका निर्बतमान सदस्य ललित गुरुङ्गको सहयोगमा भौतिक मन्त्रालयबाट रु १ लाख पचास हजार, त्यसैगरि गोनेसा लगायतका संस्थाले ४० हजार  लिटर बराबरको पानी टयाङ्गकी  गरि जम्मा ६ लाख ३४ हजार खर्च भएको, खानेपानीको पाईप खरिद गर्दा स्थानियबासीबाट रु चार लाख संकलन गर्नुका साथै श्रमदान समेत गरिएको र १ लाख ३० हजार सिमेन्ट र छडको हार्डवयर पसलमा र्तिन बांकी रहेको पिपलडाली समाजका सचिब आश बहादुर गुरुङ्गले जानकारी दिएका छन ।  सो खानेपानी योजनाको बुधबार एक समारोहका बिच बेलायती नागरिक मिसाल स्पेन्जबाट उदघाटन गरिएको थियो । कार्यक्रममा वहांले नेपालका बिभिन्न स्थानहरुमा सहयोग गर्नेक्रममा सो स्थानमा समेत सहयोग गर्न पाउंदा आफुलाई खुशी लागेको बताउनुभयो । त्यसैगरि नेपाली कांग्रेस कास्कीका जिल्ला सदस्य गिरिराज गौतमले समयमै संबिधान बनाएर मुलुकभरका खानेपानी,शिक्षा स्वास्थ्य, सडक निर्माण लगायत सामाजिक,आर्थिक क्रान्ति तर्फ आफनो पार्टी अग्रसर रहेको बताउनुभयो । नेपाल पत्रकार महासंघ कास्कीका उपसभापति राजबहादुर गुरुङ्गले बिदेशी नागरिकभइकन पनि खानेपानी योजना सम्पन्न गर्न बेलायती नागरिक मिसाल स्पेन्जले महत्वपुर्ण भसमिका खेलेकोमा प्रशंसा गर्नुभयो । कार्यक्रममा जग्गादाता प्रेम तुलाचन, नेपाली कांग्रेसका इकाइ सभापति शम्शेर बहादुर थापा, माओबादीका भरतमणी पराजुली, गाबिस सचिब बिष्णु पौडेल , पुर्ब एसपी श्रीबहादुर घले, समाजसेबी रामबहादुर थापा लगायतले खानेपानकिो समस्या समाभानका लागी स्थानियबासीकै सकृयताका कारण देशी बिदेशी सहयोग प्राप्तभई योजना सम्पन्न गर्न सफल भएकोमा प्रशंसा गरेका थिए ।  पिपलडाली समाजका अध्यक्ष होमबीर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिबिध सांस्कृतिक कार्यक्रमका साथै सो योजना सम्पन्न गर्न सहयोग गर्ने बिभिन्न दाताहरु लाई सम्मान गरिएको थियो । 
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login