चुरेभावरको भोलीदेखि दुई दिन आमहडताल


 संविधानसभा घेराउ, सभासदमाथि भौतिक आक्रमणको कार्यक्रम
काठमाडौ, १२ जेठ । चुरे भावर क्षेत्रमा दह्रो संगठन भएको चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले भोली जेठ १३ गतेबाट दुई दिनसम्म आमहडताल गर्दै संविधानसभा भवन घेराउ गर्ने भएको छ ।  सो पार्टीले संविधान बनाउन नसक्ने संविधानसभा विघठन गरेर सहमतिको राष्ट्रिय सरकार गठन गरी संविधान निर्माण गर्न दवाव दिने उद्देश्यले भोली र पर्सीकोलागी आम हडताल सहित संविधानसभा घेराउको कार्यक्रम राखेको महासचिव बद्री न्यौपानेले जानकारी दिए ।  अर्का महासचिव भूमिराज निरौलाले दिएको जानकारी अनुसार आमहडताल र संविधान सभा घेराउ कार्यक्रम सफल बनाउन पार्टीको २० हजार शान्ति सेनालाई राजधानीमा भित्र्याईएको छ । शान्ति सेनाले बन्द अवज्ञा गर्ने र संविधानसभा घेराउ अभियानमा अवरोध गर्नेको प्रतिकार गर्ने निरौलाले जानकारी दिए ।  सो पार्टीले संविधानसभा घेराउको क्रममा सरकारले निर्धारण गरेको निषेधित क्षेत्र तोडदै संविधानसभाको गेटैमा पुगेर धर्ना बस्ने र सभासदहरुमाथि भौतिक आक्रमण गर्ने कार्यक्रम समेत बनाएको छ । महासचिव न्यौपानेले भेटेसम्मका सभासदहरुलाई जनताको करको पैसा खाएको असुली गर्ने योजना गरेको जानकारी दिए । त्यसैगरी सो पार्टीले आफ्नो संगठन भएको झापा देखिको मकवान पुर सम्मको जिल्लामा पनि बन्द गर्ने बताईएको छ ।
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login