विद्यालय छाडेर धामीझाँक्री विद्या

१२ देखि १६ वर्ष उमेरका सात छात्रा चार महिनादेखि धामीझाँक्री विद्या सिक्दै  नयाँ पत्रिका  उदयपुर, १६ जेठ  ओखलढुंगाको बिलन्दु गाविसस्थित कल्पेश्वर माविका सातजना छात्रा विद्यालय छाडेर चार महिनादेखि धामीझाँक्री विद्या पढ्न थालेका छन् । विद्यालयको पढाइभन्दा धामीझाँक्री विद्या प्रभावकारी हुने भन्दै उनीहरूले झाँक्री विद्या सिक्न थालेका हुन् ।  बिलन्दु १ र २ का १२ देखि १६ वर्ष उमेरका छात्राले विगत चार महिनादेखि धामीझाँक्री विद्या सिक्न थालेका छन् । कक्षा ५ मा अध्ययनरत संगीता गुरुङ, कक्षा ७ की सुनिता गुरुङ, रुकमाया गुरुङ, शिवमाया गुरुङ, गोमा गुरुङ, तुलसा गुरुङ र कक्षा १० की मिना गुरुङले विद्यालय छोडेर धामीझाँक्री विद्या सिकिरहेको विद्यालयका प्रधानाध्यापक रामजी दाहालले बताए ।  गुरुङ समुदायका यी सबै छात्रा धामी बनेपछि ३ महिनासम्म विद्यालयको पठनपाठन अवरोध भएको प्रधानाध्यापक दाहालले बताए । 'गत वर्ष विद्यालयमा  अचानक बिरामी परेका छात्रा अभिभावकले कुलपूजा गरेपछि ठीक भएका थिए । त्यही समयदेखि उनीहरू धामीझाँक्रीको विद्यातिर आकषिर्त भएका हुन्,' उनले भने, 'गाउँमा धामीझाँक्री विद्या सिक्ने लहर चलेपछि विद्यायलको पढाइमा असर परेको छ ।'  बिरामी परेका किशोरीलाई स्थानीय धामी दीलिप गुरुङले झारफुक गरेर ठीक बनाएको स्थानीय कमला मगरले बताइन् । अहिले पनि उनीहरूलाई दीलिपले झाँक्री विद्या सिकाउँदै आएका छन् । 'पोहोर साल कसैले निको नपारेको समस्या धामीले ठीक पार्‍यो, त्यसपछि हामीले धामी विद्या सिक्न थालेका हौँ,' किशोरी धामी सुनिता गुरुङले भनिन् ।  ती किशोरीमा छुट्टाछुट्टै देवी, जंगली देवी र वन झाँक्री उत्पन्न भएको र सोहीअनुसारको विद्या आफूले सिकाइरहेको धामी दीलिपले बताए । किशोरी धामीहरू अहिले धान्यपूणिर्मा, हरिवोधनी एकादशी, शिवरात्री, बालाचतुर्दशीलगायत चाडपर्वको अवसर पारेर नजिकैको देवीस्थानमा मेला लाग्दा आफ्ना गुरु दीलिप गुरुङका साथमा सामूहिक रूपमा नाच्दै दर्शन गर्न जाने गरेका छन् । गाउँमा कोही बिरामी भएर झारफुकका लागि बोलाउन आउँदा किशोरी धामीहरू गुरुसँगै गएर झारफुक गर्ने गरेको शिक्षिका ताराकुमारी खतिवडाले बताइन् । 'उनीहरूले आप\mनो गुरुसँगै गएर सिक्ने गरेका छन्,' उनले भनिन् ।


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login