झापा (काँकडभिट्टा), जेष्ठ १७ - सीमावर्ती नेपाली बजारमा हुने यौनधन्दामा ठूलो सङ्ख्यामा भारतीय युवती संलग्न छन् ।पूर्वीनाका काँकडभिट्टा नजिकै रहेको पानीटङ्कीमा भएको सीमापार ‘मानव तस्करी’ विषयक सरोकारवालाको कार्यशालामा भारतीय निगरानीकर्ताले सो जानकारी दिएका हुन् ।
पहिलो–पहिले नेपाली चेली भारतको कोठीमा बेच्न लगिन्छ भन्ने कुरा ठूलो चर्चाको विषय बन्थ्यो, अहिले भारतीय गाउँबाट नेपालतिर युवती लैजान थालिएको छ – वर्ल्ड भिजन सिलगढीका कार्यक्रम निर्देशक आमोस घिरिङले भन्नुभयो ।
घिरिङले झापाको काँकडभिट्टा, बिर्तामोड, दमक, इटहरी, धरान र इलाम तथा दार्जीलिङ क्षेत्रका युवतीले यौनव्यवसाय गरिरहेको दाबीसमेत गर्नुभयो ।
भारतीय युवतीलाई नेपालको राहदानीमा खाडी मुलुक पुर्याएर अलपत्र पार्ने धन्दा पनि चलिरहेको कञ्चनजङ्घा उद्धार केन्द्र सिलगढीका प्रमुख प्रभात पाठकले बताउनुभयो ।
सीमा क्षेत्रमा हुने मानवतस्करी रोक्न दुवै देशमा सजगता अपनाउन आवश्यक रहेको उहाँको सुझाव थियो । रासस
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires