पुस्तक प्रदर्शनीमा साहित्यिक पुस्तक बढी बिक्री


पन्ध्रौँ शैक्षिक एवम् पुस्तक प्रदर्शनीमा विषेष गरी साहित्यिक पुस्तकमा पाठकको आकर्षण बढेको छ । गत वैशाख ३१ गतेदेखि ग्लोबल एक्सोडिसन एन्ड म्यानेजमेन्टद्वारा काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको प्रदर्शनीमा साहित्यका करिब एक हजार ८०० शीर्षकका विभिन्न साहित्यिक कृति बिक्री भएको जानकारी दिइयो ।
प्रदर्शनीमा भेटिनुभएका रत्नराज्यलक्ष्मी क्याम्पसका प्रमुख गोपालचन्द्र पोखरेलले प्रदर्शनीका कारण आफूले चाहेको सबै किताब किन्न पाइएको बताउनुभयो ।उहाँले साहित्यकार मञ्जुलद्वारा लिखित सबै पुस्तक नबिराइ किन्नुभयो र भन्नुभयो- मलाई साहित्यकार मञ्जुल सबैभन्दा मनपर्ने साहित्यकार हुन्, त्यसैले उहाँको किताब किन्न म छुटाउँदिन ।
प्रदर्शनीमा भेटिनुभयो अनेरास्ववियुका उपाध्यक्ष नवराज पौडेल । उहाँ साहित्यकार महेशविक्रम शाहको छापामारको छोरो कथासङ्ग्रह खोज्दै हुनुहुन्थ्यो । कथाकार शाहका प्रत्येक कथामा समाजका कारुणिक व्यथा र आम जनमानसको मार्मिक भावनालाई समेट्ने गरिएकाले आफूले सो पुस्तक किनेको पौडेलले जानकारी दिनुभयो ।
राजनीतिक नेताको थोरैमात्र उपस्थिति रहेको सो प्रदर्शनीमा सबैभन्दा बढी उपन्यास बिक्री भएको आयोजकले जनाएको छ ।
प्रदर्शनीमा साहित्यकारको हस्ताक्षर भएको पुस्तक किन्नका लागि विषेष गरी नेपाली साहित्यका विद्यार्थी लालायित देखिन्थे ।”एकै दिन विभिन्न साहित्यकारद्वारा रचिएका करिब दुईसय शीर्षकका पुस्तक बिक्री भए, यो सबैभन्दा धेरै बिक्री भएको दिन हो”- पैरवी पुस्तक प्रकाशनका हरि शर्माले भन्नुभयो ।
बिहीबार र शुक्रबार सबैभन्दा धेरै दैनिक करिब ८०० को हाराहारीमा पुस्तक बिक्री भएको छ । यी बार पुस्तक बिक्री बढ्नामा साहित्यकारले प्रत्यक्षरूपमा प्रदर्शनी भ्रमण गर्नुरहेको हो- आयोजक संस्थाका केशव खत्रीले भन्नुभयो ।
सो प्रदर्शनीमा ११० वटा स्टल छन् । बेलायत, चीन, बङ्गलादेश,अमेरिका, भारत, अस्टे्रलिया, जापानलगायतका कलेज र विश्वविद्यालयका एजेन्टले समेत स्टल राखेका छन् ।
शैक्षिक, साहित्य, बाल सामग्री र विज्ञान प्रविधिसम्बन्धी पुस्तक समेत प्रदर्शनीमा राखिएको छ भने रु २४ देखि नौ हजारसम्मका पुस्तक बिक्रीका लागि राखिएको छ । प्रदर्शनीबाट पाठकमा पुस्तकप्रतिको रुचि बढाउन सहयोग मिल्नेछ, खत्रीले भन्नुभयो-नेपालका चर्चित पुस्तक प्रकाशक पैरवी, रत्न पुस्तक, मण्डलादेखि विदेशका एकता, क्याम्बि्रज र अक्सफोर्डको समेत स्टल छन् ।
अहिलेसम्म करिब रु एक करोड ८० लाख बराबरको पुस्तक बिक्री भएको सो प्रदर्शनीको करिब ४२ हजार व्यक्तिले अवलोकन गरेका छन् ।
करिब रु तीन करोडको हाराहारीमा पुस्तक बिक्री हुने र एक लाख अवलोकनकर्ताले अवलोकन गरिने अपेक्षा राखिएको छ । प्रदर्शनी शनिबारसम्म चल्नेछ । रासस
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login