रेष्टुराँको नाम लोभीबुद्ध राखेपछि लण्डनमा हंगामा

नेपालीमाथि बुद्धको छवि शोषण गरेको आरोप-
चिरन शर्मा, लण्डन, जेठ ७- पूर्व गोर्खाहरुको पक्षमा अभियान चलाएर नेपालीमाझ लोकप्रिय भएकी बेलायती अभिनेत्री जोहान्ना लुम्लेको मनपर्ने रेष्टुराँलाई शान्तिदूत गौतम बुद्धको अपमान गरेको आरोप लागेको छ। फुलहामस्थित द ग्रिडी बुद्धका मालिक राम थापालाई विश्वभरिका बौद्धमार्गीबाट आक्रोसयुक्त इमेल र पत्रहरु प्राप्त भएका छन्। ग्रिडी बुद्धको अर्थ लोभी वा लालची बुद्ध भन्ने हुन्छ । 


इभिनिङ स्टान्डर्ड दैनिकका अनुसार रेष्टुरेन्टको नामप्रति असन्तुष्टि जनाउने अभियान लन्डनस्थित श्रीलंकाली उच्चायुक्तको कार्यालय (राजदूताबास) ले सुरु गरेको  हो। उसले धार्मिक र सांस्कृतिक संस्थाहरुलाई रेस्टुरेन्टको नामप्रति चासो राख्न सुझाव दिएको छ। नेपालमा जन्मेका रेष्टुराँ मालिक थापाले परिस्थिति गम्भीर हुँदै गएकाले रेष्टुराँ बन्द हुने खतरा बढेको बताए। पान्डुला रणतुंगाद्वारा हस्ताक्षरित पत्रमा रेष्टुराको नाम घृणा पैदा गर्ने खालको रहेको र त्यसलाई अल्पवुद्धिको उपज भएको उल्लेख छ।



श्रीलंकाली राजदूताबासको पत्रमा भनिएको छ, 'भगवान बुद्धको छवि त्यस्तो संवेदनहीन तरिकाले प्रयोग भएको देख्नु प्रतिष्ठाबिपरीत मात्र नभएर निन्दक पनि छ।' 
'मेलहरु यति घृणा र आक्रोशले भरिएका हुन्छन् कि मैले त पढ्नै छाडिसकेँ। केहीमा त भौतिक कारवाहीको चेतावनी पनि हुन्छ। मलाई थाहा छ यो नाम अरुलाई नराम्रो लागे पनि म मन पराउँछु। मेरी श्रीमती बुद्धमार्गी हुन् र पनि यो नाम मन पराउछिन्।'

'हामीले नामको विषयमा सोचिरहँदा दुई विपरीत शब्दलाई एकसाथ प्रयोग गर्न चाह्यौं। हामीले ग्रिडी याक र ग्रिडी यति नामबारे पनि सोच्यौं। मान्छेले यति गम्भीर रुपमा लिन्छन् भनेर हामीले सोचेनौं।' वान्सस्वर्थ ब्रिज रोडमा रहेको उक्त रेष्टुराँ टेलिभिजन प्रस्तोता बेन शेर्फड जस्ता सेलिब्रेटीहरुमाझ लोकप्रिय छ।
इएस म्यागजिनमा सो रेष्टुराकी नियमित ग्राहक तथा गोर्खाहरुको पक्षमा अभियान चलाएकी हिरोइन लुम्लेले भनेकी छिन् 'त्यहाँ खाएको तरकारी मैले लन्डनमा खाएकोमध्ये सबैभन्दा उत्तम खाना थियो।'
श्रीलंकाली दूताबासले गत फेब्रुअरीमा थाइल्यान्ड, म्यानमार र नेपाली दूतावासका अधिकारीलाई बोलाएर बेलायतमा बुद्धको छविलाई व्यापारिक प्रयोजनमा शोषण गरेको विषयमा छलफल गरेपछि रेष्टुराँविरोधी अभियान सुरु भएको थियो ।


दूताबासका सांस्कृतिक तथा शैक्षिक मामिला सचिव समन एकानायके भन्छन् 'बुद्धमार्गी भएको नाताले हामी उसले जिसस क्राइस्ट र अल्लाहलाई अपमान गरेजस्तै नराम्रो ठान्छौं। यदि उसले लोभी अल्लाह भनेको भए परिणाम कस्तो हुन्थ्यो होला तपाई आफैं कल्पना गर्न सक्नुहुन्छ ।'



धेरै ठूलो दवाब परेपछि रेष्टुराँ सञ्चालक थापा नाम नबदल्ने पक्षमा छन्। भन्छन् 'यदि मैले नाम परिवर्तन गरेँ भने मलाई उनीहरुले जितेको अनुभूति हुनेछ ।'



Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login