सडक पुनःनिर्माण कार्य सम्पन्न

भक्तपुर, जेठ ७ - डिभिजन सडक कार्यालयले भक्तपुरको सानोब्यासीबाट ठूलोब्यासीसम्मको सडक पुनःनिर्माण कार्य सम्पन्न गरेको छ ।भक्तपुरबाट नगरकोट जाने मुख्य पर्यटन मार्गका रूपमा रहेको उक्त सडकमा ठूल्ठूला खाल्डा तथा पानी जम्ने समस्या बढेपछि सडक पुनःनिर्माण गरिएको कार्यालयका प्रमुख कर्णबहादुर रानाभाटले बताए।      रु एक करोड ९४ लाखको लागतमा उक्त सडकको मर्मतसम्भार गरिएको जानकारी दिँदै उनले सडकको नाली तथा ढलको मर्मतसम्भारको कार्य आगामी असार मसान्तसम्म सम्पन्न गरिने बताए।  त्यसैगरी, सडक कार्यालयले ठिमी-बोडे-काठमाडौँ-मूलपानी सडकको पनि मर्मतसम्भार सुरु गरेको छ।  रु २५ लाखको लागतमा उक्त कार्य सम्पन्न गर्ने योजना रहेको प्रमुख रानाभाटले उल्लेख गरे।  यो सडकमा स्थानीय बासिन्दाले ढल र नालीसमेत बाटोमै छाडिदिनाले कालोपत्रसमेत पटकपटक बिग्रिएको स्थितिलाई ध्यानमा राखी यो सडकमा ढलान गरेर स्तरोन्नति गरिएको छ।  त्यसैगरी, नेपाल पर्यटन वर्षलाई लक्ष्यित गरी डिभिजन सडक कार्यालयले केही सडकको स्तरोन्नति गर्ने कार्यसमेत सम्पन्न गरेको छ।  कार्यालयले सल्लाघारीचोक-नगरकोट, सल्लाघारीबाट दरबारक्षेत्र जोड्ने बाटो, जगाते-कमलविनायक, देकोचा-चाँगुनारायण र चाँगुनारायण-साँखु सडक विस्तार गरेको छ। - रासस
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login