साउदीमा ३५ नेपालीको बिचल्ली


सुनसरी/१२ जेठ, रोजगारका लागि साउदी अरब गएका करिब ३५ नेपाली युवा सम्झौताअनुसार काम नपाएपछि बिचल्लीमा परेका छन् । मोरङ बेलबारी निवासी विमल गौतमद्वारा सञ्चालित नेपाल गेट ओभरसिजमार्फत साउदी गएका उनीहरूलाई सहरभन्दा टाढा मरुभूमिमा लगेर राखिएको छ । 
अधिकांश युवाहरू झापा र मोरङका हुन् । प्रतिव्यक्ति ९० हजारभन्दा माथि रकम लिएर कम्पनीले साउदी पठाएको थियो । काठमाडौंस्थित कम्पनीको कार्यालयमा सागर निरौला भनिने विमलका भान्जालाई युवाहरूले पैसा बुझाएका थिए । 
नेपाली युवाहरू साउदी जाँदा सुपरमार्केट तथा अफिस क्लिनरका लागि भनेर सम्झौता भएको थियो । तर उनिहरूलाई साउदी पुर्‍याएर जोखिमपूर्ण काममा लगाएको पीडित शुक्र देवानले फोनमार्फत बताएका छन् । जोखिमपूर्ण काम गर्न नमान्दा कुटपिट गर्ने गरेको उनले गुनासो गरे । उनीहरूलाई भोकभोकै काममा लगाएपछि स्वास्थ्यमा पनि समस्या परेको छ । युवाहरूले आफूलाई घर फर्काउने व्यवस्था मिलाउन फोनमार्फत परिवारसँग आग्रह गरेका छन् । कम्पनीका कर्मचारी सागर निरौलालाई फोन गर्दा उल्टै गाली-गलौज तथा हप्की-दप्की गरेको फोनमार्फत मोरङका विशाल राईले बताए ।
घटनाबारे साउदीमा रहेका कम्पनीका प्रमुख विमल गौतमसँग सम्पर्क राख्दा उनीहरूलाई नेपाल फर्काउने प्रयास भइरहेको बताए । तर, उनी अहिलेसम्म पीडितहरूको सम्पर्कमा आएका छैनन् । यता पीडितका आफन्तले भने कम्पनी तथा त्यसका सञ्चालकविरुद्ध श्रम कार्यालयमा मुद्दा दर्ताका लागि तयारी गरिरहेको बताएका छन् ।

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login