रंगमञ्चमा स्कुले केटाकेटी


प्रेम बास्तोला  मञ्चमा धुलोले कुरूप बनेको एउटा ठूलो ग्लोब देखिन्छ । पर्दा पछाडिबाट एकहोरो धुन बजिरहेको छ । एकैछिनमा एकहुल केटाकेटी मञ्चमा देखिन्छन् । हुलका सबै केटाकेटी मिलेर कुरूप बनेको ग्लोबलाई सफा गर्छन् आ-आफ्नै तरिकाले । केहीबेरमा ग्लोब सफा हुन्छ । त्यसमा नेपालको नक्सा स्पष्ट देखिन्छ । त्यही नेपालको नक्सामाथि केटाकेटीले चन्द्र र सूर्यअंकित नेपालको झन्डा फहराउँछन् र खुसी हुन्छन् । जब केटाकेटी खुसी हुन्छन् अनि मञ्चमा आइपुग्छन् प्रा.डा. अभि सुवेदी र सुनाउँछन् आमा शीर्षकको कविता । त्यसपछि सुरु भएको स्कुल थिएटर तीन दिनसम्म चल्यो इटहरीमा । 
नेपालको नक्सामाथि केटाकेटीले चन्द्र र सूर्यअंकित नेपालको झन्डा फहराउँछन् र खुसी हुन्छ
लामो समयपछि इटहरीवासीले मञ्चमा नाटक हेर्न पाए, त्यो पनि बाल कलाकारमार्फत । विगत एक दशकदेखि इटहरीमा स्थानीय कलाकारले नाटक मञ्चन गर्न छाडिसकेका थिए । मञ्चीय नाटक अभावमा कलालयको प्रयासमा तीन दिनसम्म मञ्चन भएका विभिन्न नाटकले इटहरीका नाटकप्रेमी दर्शकलाई केही हदसम्म नाटकको तृष्णालाई मेटाउने काम स्कुल थिएटरले गर्‍यो भन्दा फरक पर्दैन । नजिकैको गुरुकुल विराटनगरमा नाटकको कुम्भमेला नै लागिरहेका वेला प्रतिभाशाली बालकलाकारले लेखेको, निर्देशन गरेको र अभिनय गरेको नाटक कम थिएनन् । 
उनीहरूको नाटक प्रदर्शनले मञ्चीय नाटक क्षेत्रमा लागेको पूर्णविरामले पुनः नयाँ सोच र अवधारणाअनुसार नयाँ यात्राको थालनी गरेको छ । आजभन्दा १०/१५ वर्षअघि इटहरीमा नाटक गरेको भन्दै यतिवेला ब्याज खोज्ने आफूलाई महान् नाटककार भन्दै समाजलाई ढाँट्ने कलाकार भनाउँदालाई पनि बालबालिकाको स्कुल थिएटरले राम्रै झापड हान्यो । नाटक क्षेत्रमा के-के न गरे भनी फुइँ लडाउने, तर वषर्सम्म नाटकका कुनै गतिविधि नगर्ने, पूर्णविराम लागेको इटहरीको नाटक यात्रालाई डोर्‍याउन नसक्नेलाई आफ्नो पढाइ छाडेर बालबालिकाले तीन दिनसम्म मञ्चमा नाटक मञ्चन गर्नु सानो काम पनि होइन । 
 विभिन्न पात्रका रूपमा मञ्चमा देखिएका कलाकार उमेरले ६ देखि १३ वर्षसम्मका मात्र थिए । आफ्नै लेखन र निर्देशनमा नाटक पस्किएका उनीहरूको क्षमता स्थापित रंगकर्मीको भन्दा कम देखिँदैन थियो । सात वषर्ीया मानुषी खुलालले बालबालिकाको चाहनामा आधारित नाटक 'वनभोज'को लेखन र निर्देशनमात्र गरिनन्, नाटक मञ्चनमा समेत सफल भइन् उनी । त्यस्तै नाटक निर्देशनमा दमदार प्रस्तुत भए- टंक विक । उनको शीर्षकविहीन नाटकले सबै दर्शकको मन छोयो । वर्तमान राजनीतिक र सामाजिक परिवेशलाई उनको नाटकले सलक्कै उतारेको थियो । गीता भेट्टइिन्, मूर्तिलगायतका अरू एक दर्जन नाटक तीन दिनमा मञ्चन गर्न भ्याए बालबालिकाले । मन्जिल खुलाल, अनुजा पौडेल, पूजा कार्की, पुजन थापा, वषर्ा केसीलगायतले लेखन तथा निर्देशन गरेका नाटक पनि उत्तिकै हेर्नलायक थिए । 
बालबालिकाको सानो मस्तिष्कले समाजमा देखेका विकृति विसंगतिलाई नाटकको विषयवस्तु बनाए प्रायले । शारीरिक रूपमा अशक्तप्रति गरिने भेदभाव, सामाजिक असमानता, राजनीतिक अस्थिरता, शिक्षामा देखिएका विकृतिलगायतका विषयवस्तु नाटकले समेटेका थिए । 
बिहीबारदेखि शनिबारसम्म चलेको नाटक हेर्न इटहरी र आसपासबाट रंगमञ्चपे्रमीका लागि बालबालिकाले मनग्य मनोरञ्जन दिलाएका थिए । कलालय इटहरीले एक महिना लामो कार्यशालामा सहभागी गराएर बालबालिकालाई नाटक लेख्न र निर्देशन गर्न सक्ने बनाएको हो । 
नयाँ कलाकार जन्माउन र बालबालिकालाई सानैदेखि कलाप्रति समर्पित गर्न विद्यालयसँग सहकार्य गरेर कार्यक्रम आयोजना गरिएको कलालयका सचिव हेमन यात्रीले जनाए । उनले भावी पुस्तालाई रंगमञ्चको ज्ञान दिनसमेत कार्यक्रम फलदायी हुने दाबी गरे । यो पहिलो चरणको कार्यक्रम भएको र पुनः यस कार्यक्रमलाई निरन्तरता दिँदै अन्य विद्यालयका नयाँ विद्यार्थीलाई समेत कार्यक्रममा सहभागी गराएर लैजाने उनको भनाइ थियो । 
तीन दिनसम्म बालबालिकाले मञ्चन गरेका नाटक हेरेर प्रा.डा. सुवेदीले बालबालिकाको अभिनयको प्रसंशा मात्र गरेनन् उनीहरूलाई अवसर दिने हो भने राष्ट्रका लागि भोलि होनहार कलाकार उत्पादन हुने बताए । 
नाटक मञ्चनको पहिलो दिन कलालय इटहरीले कला र साहित्य क्षेत्रमा योगदान पुर्‍याउने यस क्षेत्रका विभिन्न व्यक्तित्वलाई समेत सम्मान गरेको थियो । सम्मानितमा प्रा.डा. बद्रीविशाल पोखरेल, कृष्णविनोद लम्साल, गायत्री लम्साल, चूडा वसन्त लम्साल, कृष्ण अधिकारी, टीका आत्रेय, केशव कार्की, वेधनिधि तिवारी, रोशन राणा, बाबुराम प्रधान, भाइसन बर्देवालगायत छन् । 
त्यसै अवसरमा कवि मनु मन्जिलले आफूले साहित्य क्षेत्रमा योगदान गरेबापत पाएको पुरस्कारको १० हजार रुपैयाँ अनाथ आश्रम इटहरीलाई प्रदान गरेका थिए । कवि मन्जिलले एक महिनाअगाडि ८० हजार रुपैयाँको सार्क युवा कवि पुरस्कार पाएका थिए । 


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login