हराएकी २० वर्षकी युवतीको एक हप्तापछि खेतमा लाश फेला पर्‍यो


कञ्चनपुर, जेठ ५- घरबाट बेपत्ता भएको एक हप्तापछि २० वर्षकी एक युवतीको शव फेला परेको छ। कञ्चनपुरको कालिका गाविस-९ की २० वर्षीया समुद्रा रानाको रहस्यमय मृत्यु भएको हो।     गत वैशाख २९ गते राति घरबाट बेपत्ता भएकी समुद्राको शव अंशुवर्मावस्ती-६ बस्ने दानबहादुर चौधरीको खेतमा फेला परेको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले जनाएको छ। युवती बेपत्ता भएपछि परिवारका सदस्यहरु खोजतलासमा लागेका थिए। मृत अवस्थामा फेला परेकी युवतीको हत्या वा मृत्यु के भएको हो भन्नेबारे कारण खुल्न नसकेको प्रहरीको भनाइ रहेको छ।  दानबहादुर चौधरीको खेतमा शव फेला परेपछि इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले अनुसन्धानका लागि भन्दै चौधरीलाई हिरासतमा लिएको छ।  परिवारका सदस्यले हालसम्म सत्यतथ्य पत्ता नलागेको भन्दै महिला मानवअधिकार रक्षक सञ्जालमा निवेदन दिएको सञ्जालकी अध्यक्ष भारती सिंहले बताउनुभयो। घटनाको वास्तविकता पत्ता लगाई दोषीमाथि कारबाहीको मागसमेत पीडितका आफन्तजनले गरेका छन्।  मृतक महिला राति अपरिचित व्यक्तिको मोटरसाइकल चढेर जाँदै गरेको देखेको गाउँलेहरुले बताएका छन्। रासस
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login