हात्ती छेक्न रातभर जाग्राम

रोशन साँवा, झापा, जेठ ५ - सामान्यतया किसानहरु खेतबारीबाट साँझतिर घर फर्कछन्, घरधन्दा गर्छन् र खानपिन गरेर ओछ्यानतिर लाग्छन्। भारतीय सीमासँग जोडिएको बाहुनडाँगीका किसानहरुको चाहिँ दिनचर्या बेग्लै छ। अपरान्ह पाँच बजेतिर उनीहरु कामबाट फर्कन्छन्, हतार-हतार खाना खान्छन् र छ बज्दानबज्दै मेची नदीको बगरमा पुग्छन्।      सीमापारिको जङ्गलबाट आउने हात्तिको हुलले मकै बाली नष्ट गरेर र घर भत्काएर हैरान पार्न थालेपछि सीमानामै रोक्न युवाहरु मेची नदीको बगरमा हरेक साँझ भेला हुने गर्दछन्। 'रातभर जाग्राम बस्छौं। हात्ति आएको सुइको पाउनासाथ अरु साथीहरुलाई बालाउँछौं। अनि भेला भएर हात्ति धपाउँछौ,' राम सापकोटाले भने।  नेपालपट्टि हात्ति छिर्ने १५ वटा नाका छन्। ती सबै नाकामा युवाहरु बाँडिएर बस्छन्। एउटा नाकामा हात्ति आउँदै गरेको थाहा पाउनासाथ अरु नाकाका साथी र प्रहरी तथा वन कर्मचारीलाई खवर गर्छन्। '५० भन्दा बढीको हुलमा हात्ति हरेक रात यतापट्टि आउँछन्। हात्तिको हुल जुनसुकै नाकाबाट आउन सक्ने भएकाले सबै नाकामा बाँडिएर बस्नुपर्छ,' पुजन पन्तले भने।  जङ्गली हात्तिको गन्ध टाढाबाटै थाहा पाइने हुनाले साथीहरुलाई खवर गरेर बोलाउन सकिने उनीहरुले बताए। प्रकृति संरक्षण समाजले खवर गर्न मोबाइल फोन किनिदिएको छ। हात्ति आएपछि सबै युवा भेला भएर टर्चलाइट, गाडी र पटाकाको भरमा उतै फर्काइदिन्छन्।  हात्तिले दुःख दिन थालेपछि युवाहरु तीन साताअघिदेखि जाग्राम बस्न थालेका हुन्। 'राम्ररी सुत्न पाइएको छैन। दिनभर काम नगरी हुँदैन। राति बगर धाउनैपर्‍यो,' सापकोटाले भने।  खदुनावारीबाट हात्ति छिर्न पायो भने शान्तिनगर, बुधबारे, शनिश्चरे, अर्जुनधारा र खुदुनाबारी गाविससम्म पुगेर क्षति पुर्‍याउँछ। हात्तिको आक्रमणबाट बैशाख २२ गते शान्तिनगरका लालबहादुर मगरले ज्यान गुमाएका थिए।  प्रकृति संरक्षण समाजका अध्यक्ष अर्जुन कार्कीले वैशाखमा दुई पटक हात्ति छिर्दा बाहुनडाँगीमा २० विगाहा मकै, १५ विगाहा धान नष्ट गरेको र सुमित्रा महत तथा लालबहादुर तामाङको घर भत्काइदिएको जानकारी दिए। सीमानामै छेक्न थालेपछि हात्तिले अरु क्षति पुर्‍याएको छैन। मेची नदीको बगरका विभिन्न नाकामा नियमित जाग्राम बस्ने न्युनतम एक सय ४६ युवा हुन्छन्। 'रातभर जागा बस्नुपर्छ। भुसुक्कै निदाइयो भने ज्यान रहँदैन,' गणेश सुव्वाले भने, 'यसरी नरुँघे घोगा लाग्दै गरेको मकै बाली पनि रहँदैन।'  त्यस क्षेत्रमा मकै फलेको बेला करिव दुई महिना हात्तिले धेरै दुःख दिन्छ। हात्ति साँझ परेपछि झापा छिर्छन् र रातभर बाली नष्ट गरेर उज्यालो नहुँदै बासस्थान टुक्रे फारस फर्कन्छन्।  अनिदै रात कटाउने युवाहरुले पारिश्रमिक पाउने कुरै भएन। 'उनीहरुको जीवन विमा चाहिं गर्ने योजना बनाइरहेका छौं,' समाजका अध्यक्ष कार्कीले भने। समाजका अनुसार भारतबाट आउने जंगली हात्तिको आक्रमणबाट झापामा पछिल्लो २४ वर्षमा २७ जनाले ज्यान गुमाइसकेका छन्। तीमध्ये बाहुनडाँगीका १५ जना छन्।  अध्यक्ष कार्कीले सरकारले नै सशस्त्र, जनपद प्रहरी र वन कर्मचारीको संयुक्त टोली बनाएर नाकामा नियमित सुरक्षा गरिदिए किसानलाई राहत मिल्ने बताए। हात्तिले दिएको दुःख र त्यसको समाधानका लागि नेपाल र भारतका सरकारी तथा गैरसरकारी निकाय र स्थानीय समुदायबीच खुदुनाबारीमा जेठ १० र ११ गते छलफल हुँदैछ।


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login