बालबालिकाको निधनले शोकाकुल

शंकर आचार्य नौकाटोला -पर्सा, जेष्ठ १०  - गाउँका चार बालबालिकाको निधनले न्ाौकाटोला शोकमा डुबेको छ । करिब ५५ घरधुरी रहेको जीतपुरमा अहिले सन्नाटा छ ।
चार दिनदेखि बेपत्ता बालबालिकाको शव आइतबार बिहान गाउँदेखि दक्षिण-पश्चिमको बगैंचाछेउ बालुवाको खाल्डोमा फेला परेपछि यो टोलमा शोक छाएको हो । बिहीबार बिहान बेपत्ता स्थानीय छठु दासकी ६ वषर्ीया छोरी अनिसा, परमेश्वर दासका ५ वषर्ीय छोरा राजकुमार र वृजलाल चौधरीका ५ वषर्ीय छोरा दीपनारायण र ७ वषर्ीया छोरी दीपमालाको शव त्यहाँ फेला परेको थियो । अपहरण आशंकामा उनीहरूको खोजी गरिएको थियो । त्यस क्रममा गाउँनजिकै शव भेटिएपछि आफन्त मर्माहत छन् । आइतबार स्थानीय विद्यालय बन्द थियो । प्रायः सबै गाउँलेले आइतबार छाक छाडे । अधिकांश गाउँलेको आइतबारको रात अनिँदो रहेको स्थानीय वृद्ध एवं घटनामा ज्यान गुमाएका दुई बालबालिका दीपमाला र दीपनारायणका हजुरबुबा वासुदेव चौधरीले भने ।


'मैले एकसाथ तीन नातिनातिना गुमाएँ, म मात्र होइन अधिकांश गाउँले रातभरि सुत्न सकेनौं,' उनले भनेे । ज्यान गुमाएका राजकुमार भतिजाका छोरा हुन् । एकै परिवारका ३ बालबालिकाले ज्यान गुमाउँदा परिवार मर्माहत बनेको हो । मृत बालबालिकामध्ये अनिसाको हातमा केही लिची फेला परेकाले नजिकमा रहेको लिचीको रूखबाट झरेको लिची टिप्न ती बालबालिका त्यहाँ गएका र संकलन भएको लिची खाल्डोमा बसेर खाँदै गर्दा बालुवाको ढिस्को भासिएको हुन सक्ने प्रहरीको शंका छ । प्रहरी नायब निरीक्षक विष्णुप्रसाद सापकोटाले भने, 'स्यालले खोस्रेको र काग झुम्मिएको नदेखेको भए बालबालिका हराएको घटना रहस्यमै रहने थियो ।' बालुवाको ढिस्को पहिलेदेखि चर्केको र खाल्डो करिब ५ फिट गहिरो भएकाले वयस्क १०/१५ जना व्यक्ति पनि उक्त दुर्घटनामा एकै चिहान हुन सक्ने अवस्था रहेको उनले बताए । बालुवाको ढिस्को ठूलो भएकाले त्यो ढिस्को फुटाउन प्रहरी र स्थानीय बासिन्दालाई अप्ठ्यारो परेको थियो । घटनाको समयमा सबै बालबालिका अभिभावकसँग जंगलमा दाउरा लिन गएका थिए ।



वृजलाल चौधरीले छोरा दीपनारायण र छोरी दीपमालालाई गुमाए । ३ सन्तानमध्ये उनका अब १० वषर्ीया छोरी गीतमाला मात्र छिन् । उनकी पत्नी सरस्वती टोलाएर मात्र बस्छिन् । उनी पटकपटक मूच्छिर्त हुने गर्छिन् । छठु दास र रितादेवीको अवस्था पनि सरस्वतीको जस्तै छ । ४ छोरा र १ छोरी गरी ५ सन्तानकी आमा मानमतीले पनि छोरा गुमाइन् । उनीसँग पनि बोल्ने कुनै शब्द छैन ।


via kantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login