गाउँलेले बनाए अस्पताल

स्याङ्जा, जेष्ठ १८ - पुतलीबजार १३, हेलुका देवबहादुर थापाले बुहारीलाई सुत्केरी व्यथाले चाप्दा रातारात पाल्पा मिसन अस्पताल पुर्‍याए र मुस्किलले ज्यान बचाए । 

गाउँमा अस्पताल नहुँदा उपचारका लागि टाढा लैजानुपर्ने र धेरैको ज्यान खतरामा पर्न थालेपछि उनीलगायत स्थानीय उपभोक्ताले गाउँमै अस्पताल बनाउने अठोट लिए । गाउँलेकै प्रयासमा अहिले सय शय्याको अस्पताल निर्माण भई सञ्चालनमा आएको छ । आँधीखोला किनारमा रहेको कालिका सामुदायिक शिक्षण अस्पताल अहिले बिनासरकारी अनुदान स्थानीय बासिन्दाकै सहयोगमा सुचारु छ ।  झन्डै बुहारी गुमाउनुपरेका थापाले अस्पतालका लागि १ लाख ५ हजार दिएर सहयोग सुरु गरेका थिए । उनको प्रयास र सपनाले साकार रूप लिँदै करिब ६ करोडको लागतमा अस्पताल निर्माण  भएको होे । यो जिल्लाकै ठूलो र स्तरीय सेवा दिने अस्पतालमा भएको छ ।   स्वास्थ्यकर्मी र अन्य कर्मचारी गरी अस्पतालमा ८१ जनाको दरबन्दी छ । त्यसमध्ये अहिले ३५ जना कार्यरत छन् । अस्पताल बने पनि स्वास्थ्य मन्त्रालयबाट सञ्चालन अनुमतिमा ढिलासुस्ती गरेकाले पदपूर्ति हुन ढिलाइ भएको अस्पताल अध्यक्ष प्रेमनारायण अर्यालले बताए । 'भर्खरै अनुमति पाइएको छ, अब धमाधम कर्मचारी थपेर सबै सेवा दिने योजनामा छौं,' उनले भने ।  'अब गाउँमै उपचार गराउन पाइने भयो, खुसी लागेको छ,' स्थानीय बासिन्दा मीन कोइरालाले भने, 'सामान्य उपचारका लागि पनि पाल्पा या पोखरा जानुपर्ने बाध्यता थियो ।' जिल्लामै सुविधासम्पन्न अस्पताल बनेपछि जिल्लावासी उत्साहित छन् । सुरुमा १५ शय्याको बनाउन भनी सुरु गरेको सम्झँदै अध्यक्ष अर्यालले थपे, 'सय शय्याको अस्पताल बनाउँदा पूर्ण रूपमा सञ्चालनमा आउन गाह्रो भयो तर अब सहज भइसकेको छ ।' स्वास्थ्य मन्त्रालयको अनुमति नपाउँदा पूर्ण रूपमा सेवा सञ्चालन गर्न अप्ठ्यारो परेको उनले बताए । अबको दुई/तीन महिनापछि भने सबै सेवा सञ्चालन हुने उनले जनाए ।  अस्पतालमा विभिन्न शल्यक्रिया, भिडियो एक्सरे, ईसीजी, आँखा, दाँतलगायत सेवा उपलब्ध छ । जिल्लाका दुई नगरपालिका र ५० गाविसलगायत छिमेकी जिल्ला पाल्पा, गुल्मी, तनहँु र पर्वतका बासिन्दालाई समेत अस्पतालले सेवा पुग्नेछ ।  २०६२ सालमा सहयोगस्वरूप संकलन गरिएको रकमबाट ८ रोपनी जग्गा खरिद गरी अस्पताल निर्माण थालिएको थियो । अस्पतालले १ लाखभन्दा बढी दिनेलाई आजीवन सदस्य बनाएको छ । त्यस्ता ३१ जना छन् । त्यस्तै, १० हजारभन्दा बढी सहयोग गर्नेलाई अस्पतालको स्थायी सदस्य बनाएको छ । स्थायी सदस्य १ हजार ३ सय जना छन् । अस्पतालका लागि स्थानीयवासीबाट चन्दा लगायत जिल्लाभित्रका सरकारी र गैरसरकारी संस्था, जिविस,  गाविस, निर्वाचन क्षेत्र विकास कोषलगायतले पनि सहयोग गरेका छन् । सञ्चालनका लागि पनि सहयोग जुटाउँदै जाने अस्पतालको योजना छ ।  


source:-ekantipur


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login