चालकसहित मोटरसाइकलमा पेट्रोल छर्केर आगजनी

बुटवल, जेठ १० - बन्दमा मोटरसाइकल चलाएको भन्दै मातृका माओवादीका कार्यकर्ताले बुटवलमा एक शिक्षकमाथि पेट्रोल छर्केर आगो लगाएका छन्। मोटरसाइकलमा पेट्रोल छर्कने क्रममा मोटरसाइकल चालक सञ्जय नापितमाथि पनि आन्दोलनकारीले पेट्रोल छर्केका हुन्।      पेट्रोल छर्केर घाइते भएका नापितको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ। उनको खुट्टा तथा दाँया हात जलेको छ। रुपन्देहीको शंकरनगरबाट बुटवलको ट्राफिकचोकतर्फ आउँदै गरेका नापितलाई कालिकानगरमा चार युवाले मोटरसाइकल रोक्न लगाएर एक्कासी पेट्रोल छर्केका थिए। 'उनीहरुले मलाई मोटरसाइकलबाट झर्न पनि दिएनन्' घाइते नापितले भने, 'बन्द अवज्ञा गर्ने भन्दै एक्कासी पेट्रोल छर्के र सलाई कोरेर आगो लगाए।'  मोटरसाइकलसहित शरिरमा आगो लागेपछि चिच्याएका उनको शरीरको आगो स्थानीय बासिन्दाले पानी र बालुवाले छेपेर निभाइदिएका थिए।  ग्यालेनमा पेट्रोल लिएर बसेका युवालाई आफूले मोटरसाइकल रोकेर चापिँदा पनि उनीहरुले आक्रोशित हुँदै एक्कासी पेट्रोल छर्केर आगो लगाएको नापितले बताए। स्थानीय बासिन्दा र प्रहरीको सहयोगले ज्यान बचेको उनको भनाई छ। लगत्तै घटनास्थल पुगेको प्रहरीले घाइते नापितलाई उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल पुर्‍याएको थियो।  घाइतेको अवस्था खतरामुक्त रहेको र केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने लुम्बिनी अञ्चल अस्पतालले जनाएको छ। नवलपरासीको रामग्राम नगरपालिकाका स्थायी बासिन्दा २५ वर्षीय नापित बुटवल एभिनेष्ट बोर्डिङ स्कुलका शिक्षक हुन्।  प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने रुपन्देहीको केरवानीका गोविन्द पंगेनी र टिकाराम भण्डारी हुन्।  यसैगरी घटनाको निन्दा गर्दै इन्सेक र उपभोक्ता हित संरक्षण मञ्चले विज्ञप्ती निकालेका छन्। उनीहरुले लगातारको बन्दले जनजीवन कष्टकर भएको जनाउँदै जिउँदै पेट्रोल छर्केर मान्छेमाथि आगो लगाउनु बर्बरतापूर्ण काम भएको भन्दै निन्दा गरेका छन्।

 via nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login