हिन्दूवादीको बन्दले मध्यपश्चिमको जनजीवन कष्टकर


नेपालगन्ज, जेष्ठ ११ - बिश्व हिन्दु महासंघ सहित बिभिन्न ८ संगठनले गरेको बन्दका कारण मध्येपश्चिम क्षेत्रको जनजीवन प्रभावित भएको छ । बन्दका कारण बुधबार बिहानै देखि नेपालगंजबाट छुट्ने लामो तथा छोटो दुरिका सवारी साधन ठप्प भएका छन् ।
नेपालगञ्जको बजार, उद्योग, कलकारखाना, शिक्षण संस्था खुलेका छैनन् । नेपाल हिन्दु राष्ट्र हुनु पर्ने, गौबध पूर्ण रुपमा बन्द हुनुपर्ने, धर्म परिर्बतन बन्द गरिनुपर्ने र अज्ञात ग्रन्थहरु बितरणमा रोक लगाउनु पर्ने मागहरु राख्दै बिश्व हिन्दु महासंघ लगायत बिश्व हिन्दु युवा संघ, नेपाल शिव सेना, अर्जुन शक्ति केन्द्र, श्रीराम शक्ति दल, राष्ट्रिय धर्म जागरण अभियान, हिन्दु संरक्षक संघ र नेपाल जनता पार्टिले बुधबार र बिहीबार मध्यपश्चिम क्षेत्र बन्दको आब्हान गरेका हुन् । 
यस अघि भएका बन्द भन्दा बुधबार बन्दको प्रभाब बढि देखिएको छ । भारतबाट कमाई गरि घर फर्किएका दाङ, सल्यान, रुकुम, रोल्पा, प्युठान घर भएका नेपालीहरु नेपालगंजका होटेलहरुमा बस्न बाध्य भएका छन् । बन्दका क्रममा हुन सक्ने संम्भाबित घटनालाई मध्येनजर गर्दै  नेपाल प्रहरी तथा शसस्त्र प्रहरी चौक नगरमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ  ।

via  ekantipur


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login