युवाहरुको धेरै फोन आएको भन्दै श्रीमतीको हत्या

शिव शर्मा कास्की, जेष्ठ १० - प्रेमविवाह गरेकी श्रीमतीलाई अरु युवाले धेरै फोन गरेको भन्दै श्रीमानले हत्या गरेका छन् । छिमेकी जिल्ला तनहुँ मनपाङका २३ वर्षीय माधव गुरुङले २० वर्षीया अनु मल्लको हत्या गरेका हुन् ।  गुरुङ्ले पोखरा सिमलचौरस्थित आफ्नै डेरामा घाँटी थिचेर हत्या गरेका हुन् । पक्राउ परेका गुरुङले चार दिन अघि श्रीमतीको हत्या गरी डेरामै कम्मल ओढाएर राखेका थिए ।  ‘केटाहरुको धेरै फोन आउन थालेपछि झगडा भयो’ प्रहरी हिरासतमा रहेका गुरुङले भने, ‘रीसको आवेगमा घाटी थिचेर हत्या गरिदिएँ ।’  उनी परपुरुषसंग लागेको आशंकामा रीस थाम्न नसकेर आफूले हत्या गरेको उनले बताएका छन् ।      लास सढेर गन्ध आउन थालेपछि श्रीमतीको शब डस्नामा पोको पारेर आईतबार साँझ गाड्नका लागि ट्याक्सीमा लिएर रामघाटमा लैजादै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।    श्रीमतीको ह्दयघातका कारण मुत्य भएकाले शब गाड्न लैजान लागेको भन्दै केही अत्तालिएको जस्तै उनलाई देखेपछि ट्याक्सी चालकले वडा प्रहरी कार्यालय रामबजारलाई खबर गरेको थियो ।    प्रहरी निरीक्षक सुनिल मल्लको कमाण्डमा खटिएको टोलीले शबको प्रकृति हेर्दा कर्तव्य ज्यान जस्तो देखेपछि गुरुङलाई नियन्त्रणमा लिएका थिए । आफूले हत्या गरेको अस्वीकार गरेका उनले प्रहरीले सजाय मिनाहा गराई दिने प्रलोभन देखाएपछि आफैले हत्या गरेको रहस्य खोलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक यादवराज खनालले बताए । 'निकै चलाखी पूर्ण तरिकाले हत्या गरेर लास नै गायब पारेर उम्कने तयारीमा थिए', खनालले भने, ‘ट्याक्सी चालकको  सहयोगले उनी पक्राउ परे ।’  चार दिन बितिसक्दा समेत हत्या गरेको घटना परिवार जनलाई समेत कुनै जानकारी छैन । लाहुरे बन्ने सपनासहित लाहुरे तालिमका लागि आएका गुरुङ लाहुरे बन्न नसकेपछि होटल रेष्टुरेण्टमा काम गदै आएका थिए । त्यही सिलसिलामा म्याग्दी पिप्लेकी मल्लसंग भेट भएपछि उनीहरु बीच प्रेम भएको थियो । सात महिनाको प्रेम पछि उनीहरुले चार वर्ष अघि विवाह गरेका थिए । उनको डेढ वर्षीया एक छोरी पनि छिन् । उनलाई जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखी कर्तव्य ज्यानको मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।


via ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login