क्षेत्री समाजको बन्दले उपत्यका ठप्प


८ जेठ, काठमाडौँ । क्षेत्रीहरुलाई आदिवासी जनजातिमा सूचीकृत गर्न तथा जातीय आधारमा संघीय राज्य निर्माण नगर्न माग गर्दै खस क्षेत्री राष्ट्रिय समाजले आहृवान गरेको उपत्यका बन्दका कारण उपत्यकाका तीनवटै जिल्लाका जनजीवन पूर्णपमा प्रभावित भएको छ ।
बन्दका कारण सवारी साधन चलेका छैनन् भने बजार-पसल, शिक्षणसंस्था र कलकारखाना ठप्प भएका छन् । पैदल हिँडेर गन्तब्यमा जानु पर्ने बाध्यताका कारण उच्च माध्यामिक शिक्षा परिषद् अन्तर्गत कक्षा ११ का परीक्षार्थी, सर्वसाधारण, कर्मचारी र व्यवसायीहरु मर्कामा परेका छन् ।
बन्दकर्ताहरु बिहानैदेखि सडकका चोकचोकमा जम्माभएर नारावाजी तथा पैदर्शन गरिरहेका छन् ।
प्रहरीले थानकोट, कलंकी र सातदोबाटोबाट पचास भन्दा बढी बन्दकर्तालाई नियन्त्रणमा लिएको छ । बन्दकर्ताहरुले ललितपुरको बालकुमारीस्थित एक अस्पतालको गाडी तोडफोड गरेका छन् । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका चोकचोकमा उल्लेख्य संख्यामा सुरक्षाकर्मी खटाइएको छ ।
फाट्टफुट्ट चलेका ट्याक्सीहरुले मनपरी भाडा असुल्ने गरे पनि सम्बन्धित निकायले नियन्त्रणमा चासो नदिएको सर्बसाधारणको गुनासो छ ।
संघीयतामा जाँदा जातीयताको आधारमा प्रदेश विभाजन गर्न नहुने, बाहुन-क्षेत्रीहरुलाई पनि आदिवासीको सूचीमा सूचीकृत गर्नुपर्ने, जेठ १४ भित्रै कम्तीमा नयाँ संविधानको एकीकृत मस्यौदा जारी गर्नुपर्नेलगायतका माग राख्दै खस क्षेत्री समाजले चरणवद्ध आन्दोलन गर्दै आएको छ ।

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login