माओवादी नेताका छोराछोरीलाई बोर्डिङबाट निकाल्छौं : क्रान्तिकारी नेता

टेकनारायण भट्टराई, पाल्पा, जेठ १६- माओवादी विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले माओवादी नेताका छोराछोरीलाई निजी विद्यालयबाट निकाल्ने बताएका छन्। आफन्तले पढाइदिएका भन्दै केही नेताले बोर्डिङमै पढाउने दाउ खेलेका भए पनि उनीहरुलाई छुट नदिने उनले बताए।      'मेरा ससुराली या आफन्तले पनि छोराछोरी पढाइदिन्छौं भन्लान् तर म दिन्न', क्रान्तिकारी पत्रकार सङ्घ पाल्पाले सोमबार तानसेनमा आयोजना गरेको पत्रकार अन्तर्क्रियामा शर्माले भने- नेताका छोराछोरी पढाउन ठेकेदार र शैक्षिक माफिया पनि तयार हुन्छन्, के उनीहरुलाई पढाउन दिने ?' उनले भने- जनताका छोराछोरीले पढ्ने सरकारी विद्यालयमै नपाढाए त्यस्ता नेतालाई कारबाही गर्न पार्टीलाई सिफारिस गर्छौं।  शर्माले माओवादी नेतालाई निजी विद्यालय र क्याम्पसमा लगानी गर्न नदिने पनि बताए। गोप्यरुपमा कसैले लगानी गरेको थाह पाए भण्डाफोर गर्ने उनले बताए। निजी विद्यालयबाट छोराछोरी हटाउन र निजी विद्यालयमा लगानी नगर्न पार्टीमा एजेण्डाकै रुपमा छलफल चलेको शर्माले बताए। उनले पार्टीकै नेताले भातृसङ्गठनको अभियानमा नसघाए अन्य दल र सरकारी कर्मचारीलाई बाध्य पार्न नैतिकरुपमा अप्ठेरो पर्ने भएकाले पहिले पार्टीमा यस्तो नीति लागू गराउने बताए।  सार्वजनिक विद्यालयलाई कमजोर बनाएर निजी विद्यालयलाई फैलाउँदै शिक्षालाई चरम निजीकरण गर्ने योजना सफल हुन नदिने शर्माले बताए। त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेण्डरअनुसार समयमै भर्ना, समयमै पढाई र समयमै परिक्षा सञ्चालन गर्ने योजना कार्यान्वयन गर्न आफूहरु सफल हुने दाबी पनि उनले गरे।  एक अर्को प्रसङ्गमा शर्माले पार्टी फुट्न नदिन विद्यार्थी सङ्गठनले 'सुपर ग्लु' को काम गरेको बताए। 'नेताहरुलाई एकै ठाउँमा चप्काइराख्‍न हामीले सुपर ग्लुको पनि काम गरिरहेका छौं, पार्टी फुट्दैन, झनै मजबुत भएर अघि बढ्छ'- उनले थपे।

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login