पर्सा, १६ जेठ : गएको हप्ता पर्साको बिजबनिया गाविसबाट अपहरित १२ वर्षीय बालक विजय यादवको अवस्था अझै अज्ञात रहेको छ । ट्र्याक्टर पसलमा आफ्नो हजुरबुबासँगै सुतेका विजयलाई सशस्त्र समूहले गएको सोमबार अपहरण गरी लगेको भएपनि हालसम्म उनको अवस्था अज्ञात रहेको उनका बाबु हरेन्द्र यादवले बताए । आफूलाई कसैले पनि फोन गरेर कुनै रकम माग नगरेका कारण पनि आफू झनै आत्तिएको पीडित यादवले बताए । घटनाको विषयमा लिखितरुपमा कुनै उजुरी नपरेका कारण कारवाही गर्न समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता भीमकिरण बोगटीले बताएका छन् । बालकको सकुशल रिहाइका लागि बाल अधिकारवादी संस्थाहरुले पनि अपिल गरेका छन् । उनलाई कसले र किन अपहरण गरेका हुन् भन्ने कुरा भने खुल्न सकेको छैन ।
समाचार
»
बालकको अवस्था अझै अज्ञात अपहरित
बालकको अवस्था अझै अज्ञात अपहरित
Tags:
समाचार
0 commentaires