१६ जेठ, कञ्चनपुर । कञ्चनपुरका तीनसय भन्दा बढी सर्वसाधारण प्राणघातक मानिएको एचआइभी एड्सबाटसङ्क्रमित भएका छन् । जिल्लामा पहिलो पटक पाँचवर्ष अघि मात्र देखिएको यो रोगबाट बर्सेनि सङ्क्रमित हुनेको सङ्ख्या वृद्धि हुँदै गइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा सन् २००६ मा पहिलो पटक एचआइभी सङ्क्रमणका बिरामी पत्ता लागेका थियो । जनस्वास्थ्य कार्यालयका अनुसार पाँचवर्षको अवधिमा जिल्लामा ३१६ जनालाई एचभाइभी सङ्क्रमण भएको छ । एचआइभी सङ्क्रमण देखिएकामा पुरुष बढी छन् । एकसय ६५ मा एचआइभी सङ्क्रमण देखिएको छ भने १३५ जनामा एड्स देखिएको छ । एड्स देखिएकामध्ये २४ जनाको मृत्यु भइसकेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भवानी जोशीले रोजगारीका लागि भारत गएर र्फकनेहरुबाट सङ्क्रमण फैलिएको बताए । भारतमा मजदुरी गर्न जाने क्रम नरोकिएसम्म एचआएभी सङ्क्रमणलाई रोक्न नसकिने जोशीको भनाई छ ।
by onlinekhabar
0 commentaires