मौसम' सजाउँदै मल्लिका

स्मृति ढुंगाना, काठमाडौं, जेठ १०- गायिका मल्लिका कार्की आफूलाई 'रोमान्टिक' केटीको रूपमा चिनाउन चाहन्छिन्। आफ्नो यो विशेषता नयाँ आउने एल्बममा देखिने बताउँछिन् उनी। उनको 'मौसम' नामक एल्बम बजारमा छिट्टै आउँदैछ।      

 २०६२ सालबाट संगीतमा लागेकी मल्लिकाले पहिलोपटक 'नेपाली तारा'को अडिसनमा सहभागी भएकी थिइन्। अडिसनको पहिलो राउन्डबाटै बाहिरिएकी उनले 'तिम्रो सुर मेरो गीत'मा समेत भाग लिन छुटाइनन्। 'जब यो कार्यक्रममा पनि सफलता हात पार्न सकिनँ त्यसपछि औपचारिक प्रशिक्षणमा जुटेँ,' मल्लिकाले नागरिकसँग भनिन्, 'नेपाली तारामा भाग लिँदा मेरो ध्यान गीतमा भन्दा स्टेजमा राखिएको तारामा थियो। त्यसैले खासै राम्रो गीतसमेत प्रस्तुत गर्न सकिनँ। प्रशिक्षणपछि संगीतको महत्व बुझेँ।'  उनलाई जीवनको पहिलो गीत रेकर्ड गर्ने मौका जुटाइदिए संगीकार आलोकश्रीले। गायक उदितनारायण झासँग 'उपमा' एल्बमको 'लाजको लाली' नामक गीतमा स्वर दिन पाएपछि उनको गायनले सफल मोड लियो। जानुका भनेर सानो समुदायमा चिनिने यिनलाई मल्लिकाको नाममा ठूलै परिचय दिलायो गीतले।  'पहिलोपटक गीत रेकर्ड गर्न पाउनुको खुसी त थियो नै उदितनारायणजस्तो हस्तीसँग गाउन पाउँदा म निकै उत्साहित थिएँ,' यो गीतको प्रतिक्रियासँगै आत्मविश्वास बढ्दै गएको उनले बताइन्।  'मल्लिका' नामक एल्बमको 'यत्ति धेरै मान्छेहरूको भीडमा' बोलको गीतलाई पनि उनी स्थापित र आम्दानी दुवै गराउने गीत मान्छिन्। नर्सिङ अध्ययन गर्न काठमाडौं आएकी मल्लिका नर्स हुन नसकेकोमा भने दुःखी छिन्। 'नर्स भएर समाजसेवा गर्ने इच्छा पूरा हुन नसके पनि गीत गाएर समाजसेवा गरिरहेकी छु,' उनले भनिन्।  कान्छी छोरी भएकै कारण संगीतमा लाग्न पारिवारको सहयोग मिलेको जस्तो लाग्छ उनलाई। 'पहिला रहरै रहरमा संगीतमा लागियो। आफैँले एल्बम निकाल्नुपर्ने झमेलाले गर्दा कहिलेकाहीँ दिक्क लाग्छ,' करिब एक सयवटा गीत गाएपछि उनलाई यस्तो लाग्न थालेको छ।  उनी आफ्नो आवाज राम्रो भएको कुरा दावी गर्दिनन्। रजिना रिमाल र अञ्जु पन्तको स्वर उनलाई मनपर्छ। 'रोमान्टिक' गीत सदाबहार हुनसक्ने अड्कल गर्दै उनी 'मौसम'को निर्माणमा जुटेकी हुन्। एल्बममा सात गीत राखिएको छ।  आलोकश्रीले संगीत दिएको एल्बममा कालीप्रसाद रिजाल, श्रीपुरूष ढकाल, एसपी कोइराला र मनोज श्रेष्ठले गीत रचना गरेका छन्।


via  nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login