अज्ञात रोगले परिवारै थलिए

मुगु, जेष्ठ ८ -  फोतु गाविसस्थित रावलबाडा गाउँका ४८ वषर्ीय बिर्जन दमाईं रोगले थला परेको करिब ५ महिना बित्यो तर सञ्चो भएको छैन । घरमा उनीमात्र नभएर अन्य ७ जना पनि त्यसै गरेर थला परेका छन् । के रोग लागेको हो कसैलाई थाहा छैन ।   ३८ वषर्ीय दानसिंह, ४३ वषर्ीय बदमकला, ३१ वषर्ीय बेलसरा, २९ वषर्ीय लोकजंग, २४ वषर्ीय साउनी दमाई र अन्य २ बच्चासहित ७ जनालाई ५ महिनादेखि अज्ञात रोगले ओछ्यानमै सुताएको हो । घरमा सबै परिवार बिमारले थला पारेपछि चुलो चौको र धारो पँधेरोमा वल्लो पल्लो घरकाले सहयोग पुर्‍याएका छन् । बिर्जन दमाईका कान्छा छोरा बिर्खलाई रोगले नछोए पनि उनी औषधि खोज्दै र देवीदेवताको मन्दिर धाउँदै हैरान भइसकेका छन् ।   गत पुसदेखि एकै घरका आठ परिवारलाई शरीरको प्रत्येक जोर्नी नराम्रोसँग दुख्ने, बस्न र यताउता हिंडडुल गर्न नमिल्ने भए पनि आर्थिक समस्याका कारण ५ महिनादेखि ओछ्यानमै रहेको बिरामी बिर्जन दमाईले बताइन् । 'गरिब र दलित भनेर हो कि अचम्मको रोग लाग्यो, सन्तानै थलिए' उनले भनिन् ।  'औषधि पाए सञ्चो हुन्थ्यो कि,' उनले भनिन्, 'घरमा पैसा छैन सहयोग माग्दा कसैले दिंदैनन् । कसरी ज्यान बचाउने ? परिवारै थलियांै, खेतीपातीको बेला गाउँका दाजु भाइलाई कति दुःख दिनु ।'   फोतु गाविसको स्वास्थ्य केन्द्रमा औषधि अभावले एक चक्की सिटामोल पनि नपाएपछि सञ्चो हुने आशामा कुलदेवता भवानीसहित वल्लो पल्लो गाउँका देवी देवतालाई ८ वटा बोका बली चढाएको बिरामीका परिवारजनले बताए । 'स्वास्थ्य केन्द्रमा जाँदा केही औषधि छैन भन्छन् । घरमा भएको २/४ हजारले केही औषधि किन्दै सकियो । ऋण सापट गरी देवतालाई ८ वटा बोका बलि चढाउँदा पनि सञ्चो भएन' बिरामी बिर्जन दमाईका छोरा बिर्ख दमाईले कान्तिपुरलाई भने । करिब पाँच महिनादेखि अज्ञात रोगले रावलबाडा गाउँका एकै घरका ८ जना थला परेको भन्ने कुनै जानकारी नभएको सिअहेब पर्शुराम नेपालीले बताए । 'त्यस्तो घटना हो भने उपस्वास्थ्य चौकीमार्फत रिपोर्ट जिल्लामा आउनुपर्ने हो । कमजोरी कसको हो भन्ने थाहा भएन' उनी भन्छन् ।  जिल्ला पुग्न करिब २ दिन लाग्ने र ८ जना बिरामीलाई बोकेर ल्याउन पनि नसकिने र गाविसमा रहेको स्वास्थ्य चौकीमा औषधि र स्वास्थ्यकर्मीको समस्याले गाउँघरको परम्परागत चलनअनुसार बैजी बोलाएर झारफुकले केही सुधार नहँुदा पूरै गाउँ चिन्तित छ ।   बिमारी दुःख र पीडालाई सम्झेर कहिलेकाहीं सञ्चो भइहाल्छ कि भनेर सातासम्म पुरानो चलनअनुसार झारफुक गरियो,' स्थानीय भक्त शाही भन्छन्, 'परिवर्तन देखिएन ।'   मुगुमा क्षेत्र, विभाग र जिल्लाबाट खरिदअनुसार बर्सेनि १ करोडभन्दा बढी रकमको औषधि ढुवानी हुने गरे पनि उक्त औषधि सदरमुकाम वरपरका हेल्थपोस्टमा उपलब्ध हुने र विकट गाविस फोतु सुकाढिक ह्याङलु   मुगु पुलु डोल्फु गाविसका   हेल्थपोस्टमा उपलब्ध नहँुदा त्यहाँका बिरामीले ओछ्यानमै छटपटिनुपरेको हेल्थपोस्टमा कार्यरत स्वास्थ्यकर्मीको भनाइ छ । 



via kantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login