लुम्बिनीमा लट्ठिएका जापानी


भैरहवा, जेष्ठ ८ - जापानी नागरिक नोबुओ कासाई हरेक बुद्धजयन्तीमा लुम्बिनी आएकै हुन्छन् । नियमित आउने तीर्थालु अरू पनि धेरै होलान् । तर उनको आगमन अरूकोभन्दा निकै फरक छ ।उनी बुद्धजयन्ती समारोहमा सरिक हुन वा लुम्बिनीको दर्शन गर्न मात्र आउने होइनन् । पाँच वर्षदेखि उनले बुद्धजयन्तीका दिन लुम्बिनी आउने हजारौं सर्वसाधारण दर्शनार्थीलाई लाखौं रुपैयाँ खर्चेर निःशुल्क भोजन गराउँछन् । 'म रहेसम्म हरेक बुद्धजयन्तीमा लुम्बिनी आएर सर्वसाधारणलाई खाना खुवाइरहने छु,' जापानको टोकियो निवासी ६५ वषर्ीय कासाईले भने ।
जापानमा गएको भूकम्प र सुनामीका बेला महिनौंसम्म उद्धार र घाइतेको सेवामा समर्पित कासाईले यस वर्ष लुम्बिनीमा आएर मृतकको चीरशान्तिको कामना र घाइतेको शीघ्र स्वास्थ्यको प्रार्थना गरे ।
त्यति मात्र कहाँ हो र ? जापान बुद्धिस्ट फेडरेसनका केन्द्रीय सदस्य कासाईले ३७ करोड रुपैयाँ खर्चेर लुम्बिनीमा तीनतारे स्तरको 'होटल कासाई' सञ्चालनमा ल्याएका छन् । यो व्यापारका लागि होइन । यसले कमाएको मुनाफा स्थानीयवासीको खुसी र लुम्बिनीको विकासमा समर्पण गर्ने उनले घोषणा गरेका छन् । 
बीस वर्षअघि लुम्बिनी आउँदा बस्ने होटल नपाएपछि रिक्साबाट फर्केर भैरहवा पुग्नुपरेको थियो उनले । 'त्यही भएर लुम्बिनीमा होटलको सबैभन्दा ठूलो आवश्यकता महसुस गरी
सञ्चालन गरेको हुँ,' उनले भने । यहाँ होटल निर्माण गर्ने संकल्प पूरा गर्न कासाईले जापानमा व्यक्तिगत सम्पत्तिसमेत बेचेका थिए । 'यो होटल लुम्बिनीका निम्ति मेरो उपहार हो,' कासाईले भने ।


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login