घुस दिनखोज्ने भिओआइपी गिरोहका इन्जिनियर पक्राउ

छापा मार्न गएका प्रहरीलाई प्रकाशकुमार पवनले पाँच लाख घुसको प्रस्तावसमेत गरेका थिए, प्रहरीले रकमसहित उनलाई पक्राउ गरेको हो     

नवराज मैनाली  काठमाडौं, ११  जेठ   अवैध भिओआइपी सञ्चालक गिरोहसँग सम्बन्ध रहेको आरोपमा प्रहरीले एक इन्जिनियरलाई मंगलबार पक्राउ गरेको छ । कुपण्डोलस्थित फ्युचर बिजनेस एन्ड इन्भेस्टमेन्ट कम्पनीका सञ्चालक इलेक्ट्रोनिक इन्जिनियर सप्तरीका प्रकाशकुमार पवन पक्राउ परेका हुन् ।   पछिल्लो समयमा कल बाइपास बढेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो -सिआइबी) ले सुराकीका आधारमा पवनको कार्यालयमा छापा मारेको थियो । छापा मार्न गएका प्रहरीलाई पवनले पाँच लाख घुसको प्रस्तावसमेत गरेका थिए । प्रहरीले रकमसहित उनलाई पक्राउ गरेको हो । छापा मार्न सिआइबीका प्रमुख डिआइजी राजेन्द्रसिंह भण्डारीसमेत गएका थिए ।  प्रहरीले पवनको कार्यालयबाट टेलिफोन कल बाइपासमा प्रयोग हुने सामानसमेत ठूलो परिमाणमा बरामद गरेको छ । 'कमोडिटी'सम्बन्धी तालिम तथा व्यवसाय सञ्चालन गर्दै आएका पवनको धेरै भिओआइपी सञ्चालक गिरोहसँग सम्पर्क रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । भिओआइपी सञ्चालकका उपकरण उनले मर्मत गर्दै आएको प्रहरी अनुसन्धानमा खुलेको छ ।   पवनको कार्यालयबाट प्रहरीले कल बाइपासमा प्रयोग हुने ४५ वटा गेटवे मेसिन, ७८ वटा जिएसएम एन्टेना, सिडिएमए सिमबक्स, चार पोर्टको राउटर २६ वटा र एक पोर्टको राउटर ३१ वटा बरामद गरेको छ । त्यसैगरी युटिएलका एक सय ६९, नेपाल टेलिकमका १२ र एनसेलका ५८ वटा सिमकार्ड पनि बरामद गरिएको सिआइबीका इन्सपेक्टर अनुपशमशेर राणाले जानकारी दिए ।   पक्राउ परेका पवनलाई दुरसञ्चार ऐनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ । उजवेकिस्तानबाट इलेक्ट्रोनिक्स इन्जिनियरिङ गरेका उनले लामो समयदेखि भिओआइपी सञ्चालकलाई सहयोग गर्दै आएको प्रहरीको दाबी छ । प्रहरीले उनीसँग निकट भिओआइपी सञ्चालकहरूको पनि पहिचान गरिसकेको जनाएको छ ।   सिआइबीले अपरेसन फक्स कार्यक्रमअन्तर्गत अवैध भिओआइपी सञ्चालकलाई कारबाही गरिरहेको छ । सिआइबीका डिआइजी भण्डारीका अनुसार प्रहरीको अपरेसनपछि करिब ८० प्रतिशत कल बाइपास नियन्त्रणमा आएको छ । निरन्तर रूपमा अनुसन्धान गरी भिओआइपी सञ्चालकहरूलाई पक्राउ गरिने उनले बताए ।

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login