६ जेठ, बुटवल । ब्राम्हण समाजले आयोजना गरेको बन्दका कारण पश्चिम नेपालका गण्डकी, लुम्बिनी र धवलागिरी अञ्चलको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण तीनवटै अञ्चल अन्तर्गतका जिल्लाहरुमा बिहानैदेखि यातायता, बजार-पसल, शिक्षणसंस्था र कलकारखाना ठप्प छन् । यातायात नचल्दा सयौं यात्रु पैदल हिँडेर गन्तव्यमा पुग्न बाध्य भएका छन् । भारतमा रोजगारी गरेर घर फर्किएका सयौं सर्वसाधारण सुनौली र भैरहवामा अलपत्र परेका छन् ।
बन्दमा शव वाहन, प्रेस, परीक्षाका विद्यार्थी बोकेका सवारी साधन, एम्बुलेन्स र पर्यटक बाहनमा भने अवरोध नपुर्याउने समाजले जनाएको छ ।
नयाँ बन्ने संविधानमा ब्राम्हणलगायत नेपालमा बसोवास गर्ने सबै जात जातीलाई आदिवासीका रुपमा उल्लेख गर्न तथा जातीय आधारमा कसैलाई पनि भेदवाव नगर्न माग गर्दै समाजले बन्द आहृवान गरेको हो ।
समाजका कार्यकर्ताले बिहानैदेखि सडक तथा चोकचोकमा भेला भएर नारावाजी र प्रदर्शन गरिरहेका छन् ।
0 commentaires