५ जेठ, पर्वत । कास्की र पर्वत जिल्लाको सङ्गमस्थल हाईजुङ्गमा लगाइएको महायज्ञबाट रु एक करोड सङ्कलन भएको छ । सो महायज्ञ वृद्धाश्रम स्थापनाका लागि लगाइएको हो । महायज्ञमा सबैभन्दा बढी महायज्ञ मूल आयोजक समितिका संयोजक जीवनाथ शर्मा शङ्करले १५ लाख पाँच हजार रुपैयाँ प्रदान गर्नुभएको छ ।
त्यस्तै महायज्ञ आयोजक समितिका आर्थिक संयोजक नारायणबहादुर केसीले रु. १० लाख र कोषाध्यक्ष ठमबहादुर गुरुङले रु. १० लाख नगद प्रदान गर्नुभएको छ ।
त्यस्तै कास्कीको सल्यान गाविसका गमनसिंह केसीले रु.२ लाख ५१ हजार, पर्वत भुकदेउरालीका ओमराज पौडेलले रु. एक लाख ६० हजार, लुम्ले गाविस-४ का वीरबहादुर पुनले रु. एक लाख ५१ हजार प्रदान गर्नुभएको छ ।
त्यस्तै सल्यान नयाँ पुलका दुर्गाप्रसाद ढुङ्गानाले रु. एक लाख ५५ हजार ५५५ लगायतका दर्जनौँ व्यक्तिले लाखभन्दा बढी रुपैयाँ दान गर्नुभएको संयोजक शर्माले बताउनुभएको छ ।
सानो रकमसँगै धान, चामल, सुन र जग्गा लगायतका वस्तुसमेत सङ्कलन भएको छ । भुकताङले-१ मोहरियाका भीमबहादुर घले र भद्रबहादुर घलेले दुई रोपनी खेत, सोही स्थानका कलाधर जैसीले एक रोपनी दुई आना जग्गा, स्थानीय कृष्णप्रसाद चापागाईंले नौ आना खेत, गोमान सिंह क्षेत्रीले रु.दुई लाख बरारबरको जग्गा र लिलबहादुर क्षेत्रीले रु.६० हजारको जग्गा प्रदान गर्नुभएको छ । महायज्ञमा युवा पण्डित गिरीधर आचार्यले कथा, प्रवचन गर्नुभएको छ । रासस
0 commentaires