१६ जेठ, वीरगञ्ज । पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न दुई माओवादी कार्यकर्तालाई जिल्ला अदालत बाराले सर्वस्वसहित जन्म कैदको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश बालमुकुन्द दवाडीको एकल इजलाशले सोमबरा प्रमुख पाँच अभियुक्त मध्ये इनर्वासिरा गाविस ९ का रामएकल सहनी र मेनेजर गिरीलाई सर्वस्वहरण सहित जन्मकैदको सजाय सुनाएको हो ।
हत्यापछि फरार इनर्वासिरा गाविस ७ का लालबहादुर चौधरी, हरेराम पटेल र कुन्दन फौज्दारको नाममा पक्राउ पुर्जी जारी गरिएको छ । पक्राउ गरेपछि उनीहरुलाई आजकै फैसला अनुसार निर्णय गरिने जिल्ला अदालतले जानकारी दिएको छ ।
२०६४ साल असोज १८ गते तत्कालीन नेकपा माओवादीका कार्यकर्ताको अपहरणमा परेका पत्रकार साहको शव कात्तिक २२ गते बाराको जंगलमा फेला परेको थियो ।
हत्या लगत्तै पाँचैजना मुख्य अभियुक्त फरार रहेकामा हरेराम सहनी र मेनेजर गिरीलाई एक वर्ष अघि मात्र प्रहरीले पक्रेको थियो ।
by onlinekhabar
0 commentaires