१७ जेठ, काठमाडौँ । गितकार डा. राममान तृषितको आज बिहान निधन भएको छ ।
तृषितको राजधानीको चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । तृषितको स्वास्थ्यमा खरावी देखिएपछि केही दिनअघि अस्पताल भर्ना गरी उपचार गराइएको थियो ।
यसैबीच तृषितको पार्थीव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ९ देखि १२ बजेसम्म कमलादीस्थित प्रज्ञा भवनमा राखिने भएको छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।
तृषितले दर्जनौंको संख्यामा चर्चित नेपाली गितहरु लेख्नु भएको छ । उहाँका श्रीमती र एक छोरा छन् ।
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires