जिउँदोलाई मरेको कागज बनाएर जग्गा हडप्ने प्रयास


मोहन भट्टराई मोरङ, १० जेठ जिउँदो मान्छेलाई मरेको कागज बनाई मोरङका एक सरकारी कर्मचारीले मोहियानी हकअनुसार पाउने जग्गा आफ्नै नाममा बनाएका छन् । विराटनगर-५ घर भई हाल काठमाडौं भूमिसुधार कार्यालयमा कार्यरत दिनेश शर्माले विराटनगर-५ को एक बिघा २ कठ्ठा जग्गाको भोगचलन गर्दै आएका मोही लक्ष्मण धानुकको मृत्यु भई परिवार नै बेपत्ता भएको कागज बनाएका हुन् । 
०२२ सालदेखि जग्गा कमाउँदै आएका धानुक मरेको र परिवार नै बेपत्ता भएको नक्कली कागजात खडा गरी मोही कट्टा गरेर सबै जग्गा हडप्ने प्रयास उनले गरेको पाइएको छ । एकताका मालपोत कार्यालय मोरङका प्रमुखसमेत भइसकेका शर्माले किर्ते गरी जग्गा हडप्न खोजेको थाहा पाई धानुक परिवारले जिल्ला भूमिसुधार कार्यालय मोरङमा मुद्दासमेत दर्ता गराएका छन् । 
भूमिसुधार कार्यालय मोरङका प्रमुख बच्चु कार्कीले शर्माले गैरकानुनी तबरले मोहीलाई दिनुपर्ने जग्गा हडप्न खोजेको पुष्टि गर्दै मुद्दाको कानुनी प्रक्रिया अगाडि बढिसकेको जानकारी दिए । 'मुद्दालाई दुवै पक्षबाट सहमति गराई टुंग्याइने प्रयास भइरहेको छ,' प्रमुख कार्कीले भने ।
भूमिसुधार कार्यालयको मिलेमतोमा मोही बेपत्ता भएको कागज बनाई सबै जग्गा आफ्नो नाममा पार्ने प्रयास गरेको पीडित परिवारको आरोप छ । 'यसमा भूमिसुधार कार्यालयको पनि संलग्नता नभई कसरी हुन सक्छ ?' धानुकका नाति सञ्जयकुमार मण्डलले भने । विराटनगर-५ वडा समितिको कार्यालयले सर्जमिन गरी लक्ष्मण धानुकका नाति सञ्जय मण्डलले सो जग्गा भोगचलन गर्दै आएको भनी प्रमाणितसमेत गरिसकेको उनले बताए । 
धानुक बेपत्ता नभएको विभिन्न सरकारी निकायले प्रमाणित गरिसकेका छन् । धानुकले ०४८ सालमा जनगणना गरेको, ०३५ सालदेखि मोरङको सरकारी विद्यालयमा अध्यापन गराउँदै आएको, ०४१ सालदेखि मोरङ जिल्लाको स्काउटको संगठन आयुक्तका रूपमा काम गरेको, नेपाल रेडक्रसमा ०४३ सालदेखि नियमित आबद्ध भई कोषाध्यक्ष पदसमेत सम्हालेको प्रमाणपत्रसहित भूमिसुधार कार्यालयमा मुद्दा दर्ता गर्दा पनि कार्यालयले मुद्दाको फैसलामा ढिलाइ गरिरहेको पीडितहरूको गुनासो छ । जग्गाधनी शर्माले पदको दुरुपयोग गरी मोरङ भूमिसुधार कार्यालयका प्रमुखसँग मिलेर घटनालाई ओझेलमा पार्ने कार्य गरिरहेको मण्डलले बताए । 

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login