बन्द आहृवानकर्ताद्वारा बिहानै यात्रुबाहक बसमा आगजनी

भक्तपुर,१३जेठ । नेपाल बन्द आहृवानकर्ताहरुले आज बिहानै भक्तपुरको लोकन्थलीमा एक यात्रुबाहक बसमा आगजनी गरेका छन् । कौशलटारबाट बालकुमारीतर्फजाँदै गरेको बा१ख ७३२४ नम्बरको नेपाल यातायातको यात्रुबाहक बसमा उनीहरुले लोकन्थली ओरालोमा आज बिहान पौने पाँच बजे आगजनी गरेका हुन् । सडकमा उभिएर बसेका पाँच जनाले बस रोक्न लगाएको र बस रोके लगत्तै तीन जनाले चालकसँग विवाद गर्न थालेपछि अरु दुइजना बसभित्र पसेर पेट्रोल र्छर्की आगो लगाएको बसका चालक पद्मबहादुर जिरेलले बताउनुभयो । चालक जिरेलले भन्नुभयो­ - "तीनजनाले हामीसँग विवाद गर्दै थिए, दर्ुइजना बसभित्र चढेर बोतलमा ल्याएको पेट्रोल र्छकंदै आगो लगाएर भागे, बसबाट बाहिर निस्कँदा बस मालिक राजकुमार श्रेष्ठको हात पोल्यो ।"आफूहरुलाई चुरेभावरको कार्यकर्ता बताउने उनीहरुले आगजनी गरे लगत्तै भागेका थिए । आगजनी भएको आधाघण्टापछि भक्तपुरबाट आएको दमकलले आगो निभाएको थियो । आगजनीबाट बस पूर्ण रुपमा क्षति भएको छ भने प्रहरीले बसलाई सडकबाट हटाएको छ । भक्तपुरमा बिहानैदेखि भाडाका सवारी साधन कम चले पनि निजी सवारी साधन बाक्लै चलेको थियो । आगजनीको घटनापछि एकघण्टा सडक अवरुद्ध भएपनि बिहान साँढे छ बजेपछि भने पुनः यातायातका साधन सञ्चालनमा आएका छन् । त्यस्तै भक्तपुरका अधिकांश बजार बिहानैदेखि खुलेका छन् ।
रासस
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login