काठमाडौ, वैशाख ३ - तपाईं आफ्ना बालबालिकालाई ठूलो भएपछि रोग लाग्ने आशंका छ/छैन भन्ने जान्न चाहनुहुन्छ भने उनीहरूको नाडीको मोटाइ ख्याल गर्नुस् । मोटो नाडी भएका बालबालिकालाई उमेर वृद्धिसँगै रोग लाग्ने सम्भावना पनि बढी हुन्छ ।
अनुसन्धानकर्ताहरूका अनुसार बालबालिकाको नाडी जति मोटो हुन्छ, उनीहरूमा इन्सुलिन प्रतिरोधक क्षमता बढी हुन्छ । शरीरमा इन्सुलिन प्रतिरोधक क्षमता जति बढी हुन्छ रोग लाग्ने आशंका त्यति नै बढी हुन्छ ।
यो अनुसन्धानका लागि रोमको सैपिनाज विश्वविद्यालयमा पाँच सय यस्ता बालबालिकाको विश्लेषण गरे, जसको तौल धेरै बढी थियो । उनीहरू धेरै मोटा थिए । अनुसन्धानकर्ताहरूले एमआरआई स्क्यान र टेपको उपयोग गर्दै उनीहरूको नाडी नापे । स्क्यानमा के देखियो भने नाडीको हाड बढी चौडा भएका बालबालिकामा इन्सुलिन प्रतिरोधक क्षमता अन्य बालबालिकाको दाँजोमा २० प्रतिशत बढी थियो ।
source:-kantipur


0 commentaires